हाम्रा नेताहरुलाई राष्ट्रिय स्वाधीन्ताको कहिले हेक्का हुन सकेन-गोपाल परियार

सन १७७३ तिर नेपालका श्री ५ माहाराजधिराज पृथ्वीनाारायण शाहले पुर्व तिर आफनो राज्यविस्तारक्रम प्ररम्भ गरेको थाहा पाईन्छ । त्यस बखत गोर्खाली फौजले पुर्वमा अरुण खोलाको किनार सम्म आफनो अधिपत्त जमाईसकेका थिए ।यसै अवसरमा श्री ५ पृथ्वीनारायण शाहको फौज पुर्वी क्षेत्रका दश लिम्वुवान प्रदेशका चौदन्डि, मोरङ्ग, इलाम आदी विजय गर्दै सन १७७४ तिर सिखिम(अंग्रेजी उच्चारणमा सिकिम्म) को पश्चिमी इलाका दाजिलिङ्ग –हालको दाजिलिङ्ग) सम्मै पुगेको कुरा ऐतिहासिक हुन आएको छ । अझ सन १७७८ सम्म –पृथ्वी नारायण शाहको मृत्य पश्चात पनि ) नहर सिंह र दामोदर पाण्डेको नेतृत्वमा गोर्खाली फौजले सिकिम्मको तथाकथित राजधानी पेमिओङ्गची माथी आक्रमण गरी त्याहाँका तत्कालीन राजा तेञ्जिङ्ग नाग्माल लगायत उनकी रानी र नावालक छोरालाई समेत ल्हासा (तिब्बत) तिर धपाएर नेपालले सिकिम्म माथी पनि आफनो अधिकार जनाएको कुरो पनि इतिहासको प्रमाणिक तथ्य हुन आएको छ । greTER यस दृष्टिले सन १७८९ को १४ जनवरी अथवा वि.सं. १८४६को माघे संकान्तिकै दिन नेपनलको भौगोलिक सीमा कालेबुङ्ग – अंग्रेजी जिब्रोले बोल्ने गरेको कालिम्पोङ्ग) छाडी टिष्टा र रङ्गित नदीका भु–भागहरुसम्म लम्मिन्छ । यसरी सन १८१५ को सुगौली सन्धि पुर्व लगभग २६ बर्ष सम्म दाजिलिङ्ग नेपालको अधिनमा रहेको थियो । सम्मवत ःयसै वावत देखि दाजिलिङ्ग मा नेपालीहरुको आगमन क्रम थालिएको अनुभव हुन्छ । अझ अर्को ऐतिहासिक आधार लाई स्वीकारौं ः जहाँ सम्म दाजिलिङ्ग नेपालको हो भन्ने प्रश्न छ । सन १८१४–१५ मा नेपाल र इष्ट इन्डिया कम्पनि – तत्कालीन ब्रिटिश भारत) बीच भएको युद्धमा नेपाल इष्ट इन्डिया कम्पनि देखि पराजित भएकोले २ डिसम्बर १८१५ ई.मा सुगौली सन्धि हुन्छ । यस सन्धिको शर्त अनुसार नेपालले सिकिम्म बाट लिएको सवै भु–भाग इष्ट इन्डिया कम्पनि सरकारलाई चढाउनु पर्ने भएकोले दाजिलिङ्ग ब्रिटिश भारतको भुगोल संग जोडिन्छ तर सन १८१७को तितालिया सन्धि –सिकिम र इष्ट इन्डिया कम्पनि वीच भएको सन्धि) अनुरुप कम्पनि सरकारले ती भु–भागहरु सिकिम लाई नै फिर्ता दिन्छ अनि दार्जिलिङ्ग पुन ः आफनै पुख्र्यौली भुमि सिकिम संग जोडिन्छ तर पछि दाजिलिङ्गका स्वास्थय र ठण्डा हिमाली जलवायु प्रति आकर्सित विस्तारवादी अंग्रेज सरकारले मधेशवादी सरकारी कर्मचारीको आरोग्यताको निम्ति यस ठाउँ लाई अत्यन्तै स्वस्थकर ठानी यहाँ एउटा सेनिटेरियम(क्बलष्तबचष्गm) बनाउने उद्देश्यले र साथै सिकिम्म, भुटान, नेपाल र तिब्बत माथि विदंगम दृष्टि फिजाउने बुर्जन –त्यधभच) को आँखी झयाल समेत हुने भएकोले अंग्रेजहरु आफनो कुटनितिक खेलको माध्यमबाट सिकिम्म अन्तर्गत दाजिलिङ्ग पुन ः लिनेवारे दिवन गर्छन फलतः सन १८२९मा कम्पनि सरकार ले सर्वप्रथम जि डस्लु ग्रान्त र क्यापटन वी.डी. हरवर्ट ( तिताक बंगालका डेपुटी समेयर जनरल) लाई हिमाली अञ्चलमा अवस्थित दार्जिलिङ्ग क्षेत्रमा सर्वेक्षण गर्न पठायो अनि सन १८३० मा तिनिहरुले कम्पनि सरकारमा पेश गरेको प्रतिवेदन अनुसार यो ठाउँ स्वास्थ्य र व्यापारका दृष्टिले उपयुक्त स्थानको रुपमा घोषित भयो । फलतः दार्जिलिङ्गको सामाजिक महत्व पनि यसैताक देखा पर्दछ । इस सन्दर्भमा तित्ताड गर्भनर जनरल विलियम वेन्टिङ्गको आदेश बमोजिम लेप्टिनेन्ट जनरल लोयड् दाजिलिङ्ग लिने बिषयलाई भुल बनाई सिकिम्म तिर प्रस्थान गर्यो । त्यस अवसरमा सिकिम्मका राजा र लेप्टिनेन्ट जनरल लोयडको वीच दार्जिलिङ्ग लिने र दिने बिषयमाथी गहिरो छलफल भएवाट १ तारिख फरवरी १८३९ तदअनुसार २९ माघ १८९२मा सिकिम्म सरकाले कम्पनि सरकारलाई मित्रताको हैसियतले दार्जिलिङ्ग एउटा भेट स्वरुप चढायो । यस प्रकार सन १८३५ देखि दार्जिलिङ्गको इतिहासमा नयाँ अध्याय थपिन्छ र नयाँ आयाम देखापर्छ । वास्तवमा दार्जिलिङ्गको इतिहास पनि सन १८३५ देखि नै प्रारम्भ हँुदा यस भन्दा अघि दार्जिलिङ्गको ईतिहासमा नयाँ अध्याय थपिन्छ र नयाँ आयाम देखा पर्दछ । बास्तवमा दार्जिलिङ्गको ईतिहास पनि सन १८३५ देखि नै प्रारम्भ हुन्छ । यस भन्दा अघि दार्जिलिङ्ग एउटा दुर्गम क्षेत्र वा भनु बन्चित इलाका – भ्हअगिमभम बचभब) को रुपमा थियो जंगलै जंगलले ढाकिएको एउटा उराठिलो पहाड थियो । तर दार्जिलिङ्ग अंग्रेजहरुको हातमा परेपछि यस ठाउँमा विभिन्न उद्योग धन्दा शुरु हुन थाल्छन जलवायु अनुकुल चिया र सिम्कोना को खेति गर्ने अभियान प्ररम्भ हुनेछ । सडकहरुको निर्माण हुन्छ पाठशाला, भवन संस्था र सरकारी कार्यालयहरुको स्थापना हुन्छ । विजुली ल्याईन्छ सानो गुन्द्रि बजार ( हालको चौक बजार) को स्थापना हुन्छ यस्तो उद्योगशिल ठाउँमा श्रमजिविको आवश्यक्ता पर्दछ जनशक्तिको खाँचो देखिन्छ यही मौकामा पूर्व नेपालका नेपालीहरु चियाको बाटो रोज्ने, स्याहार सुसार गर्ने चियापति टिप्ने जस्ता श्रमजीविको रुपमा संलग्न भई चियाको वोटहरु जस्तै मौलाउदै झारिदै बस्ति बसाएर स्थायी बसोवासहरु गर्न थाल्यो आफनै गुमेको भू–भागमा मात्र होइन भारतमा वसेका कतिपय नेपालीहरुको दुःख लाग्दो र लाज मर्दो अवस्थाको मूख्य कारण त उद्योग विहिन जिवन नै हो भन्न बाध्य हुनु पर्दछ । जब सम्म नेपाली ले आफनै खुट्टामा नउभिएर अर्काको मुख ताकछ तव सम्म नेपालीको स्थिति सुध्रिएला भन्नु कल्पनातित विषय हुन जान्छ । कुमाउ, गढवाल, दार्जिलिङ्ग विशाल नेपाल भित्र छन तर अहिले यी ठाउँमा बसने नेपालीहरु जिवनका विभिन्न गोरेटाहरुमा तित्तरवित्तर भएको नेपाली जिवनको प्रतित हुन्छ, त्यतिमात्र हैन नेपालको पुवै पश्चिम र दक्षिण गरि तिन तिर गरि एक हजार सात सय एकाउन्न किलो मिटर लामो खुल्ला सिमाना भारत संग रहेको छ । सिम्मा नेपालको २४ जिल्लाको झण्डै २ सय चालिस नदी र विभिन्न स्तम्भले छुट्याएको छ तर लामो समय देखि अन्वरत रुपमा भारतिय पक्ष एक तर्फि रुपमा सिमा स्तम्भ तोडने, गायवगर्ने नेपाल पट्टि सार्ने काम भै रहेको छ पछिल्लो तथ्याङ्क अनुसार नेपालको २२ जिल्लाको ८६ ठाउँमा सिमा अतिक्रमण भएका छन नेपाल भारत विचको सिमा समस्यालाई नियालेर हेरने हो भने ८६ मध्ये झण्डै ८५ ठाउँमा २०४६ साल पछाडी मिचिएका छन सुस्ता र कालापानी २०४६ साल भन्दा अगाडीनै अतिक्रमण भएका थिए । नवलपरासीको सुस्ता पञ्चायती कालमा नेपालले फिर्ता लिएर सर्वे र नापी गरि किसानंलाई लालपुर्जा समेत वाँडिएको थियो तर २०४६ साल पछिको अस्थिर र भारतमुखि नेपाली राजनितिको फाईदा उठाउदै नवलपरासीको सुस्ता पुनः अतिक्रमणमा परेको छ । त्यस्तै दार्चुलाको कालापानी चीन र भारतको यूद्धताका वाटै भारतिय सेनाले अतिक्रमण गरेर वसेका छन दार्चुला र नवलपरासी वाहेक कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ्ग, देउखुरी, कपिलबस्तु, रुपन्देही,बारा, पर्सा, रौतहट, सप्तरी सुनसरी,मोरङ्ग, झापा, ईलाम, पाँचथर, तापलेजुङ्ग लगायतका जिल्ला पनि सिमा अतिक्रमणमा परेका छन । सिधै सिमाक्षेत्रमा अन्तराष्ट्रिय कानुन विपरित एकतर्फी रुपमा ठुलठुला बार बनाएर नेपालको हजारौ बिघा जग्गा बर्षेनी जलाशयमा परिनत भै रहेको छ । विभिन्न रुपमा गरिएको कोशी, गण्डक, महाकाली सम्झौता पािन नेपाल र भारत विचको अर्को तितो यथार्त हो । वास्तवमा जव जव नेपालमा राजनीतिक अस्थिरता हुन्छ तव तव नेपाली राजनितीज्ञलाई सत्तामोह देखाएर आफु अनुकुल सम्झौता गर्न माहीर भारतीय पक्ष र राजनितीक अस्थिरता, सत्तामोह, अदुरदर्शिता र मुलुकमा आत्मनिर्भर सरकार बन्न नसकेको कारण नेपालको भएको भु–भाग पनि दिन प्रति दिन खुम्चिदै छ । सिमा विवाद र गुमेको भु–भागको वारेमा धेरै अगाडी देखि नेपालीहरुमा केरा चल्दै आएको छ यसको समाधानको वारेमा नेपाल भारत विभिन्न समयमा कुराकानी भैसकेको छ । तथापी यो समस्याको दिर्घकालीन समाधानको लागी सवभन्दा पहिला त नेपालमा राजनितिक स्थायित्व र स्थिर सरकार बन्न जरुरी छ । जसले सिमा अतिक्रमणको तथ्य र यथार्थ विवरण सहित भारतीय पक्ष संग छलफल पछि बैज्ञानिक सिमाङ्कन गरि विवादलाई दिर्घकालिन रुपमा टुङ्गयाउन सकोस । आफु सत्तामा पुग्दा नतमस्तक भएर लम्पसार पर्ने सत्ता बाहिर पुगे पछि बाघ जस्तो गर्जने प्रवितिले नै विसाल नेपालको भू–भागको समस्याको सहि सामाधान हुन नसकेको हो । सत्ता प्राप्तिको लागी भारत बाट हरियो झण्डा नदेखे नाङ्गलो ठटाएर हाती तर्साउन माहिर हाम्रा नेताहरुलाई ब्रिटिस साम्राज्यबाट हङकङलाई चीनले लिनसकेको राष्ट्रिय स्वाधीन्ताको कहिले हेक्का हुन सकेको छैन । अरुको एक ईन्च लिईदैन आफनो एक ईन्च दिईदैन भन्ने मुल मन्त्रका साथ राष्ट्रिय स्वाभिमान लाई आत्मसाथ गरि अगाडी बढेमा बिशाल नेपाल फेरी हुने छ । नयाँ संबिधान निर्माण, शान्ति प्रक्रिया, लडाकुको पुनस्थापना, राष्ट्रको पुर्नसंरचना, दिगो र स्थिर सरकारको निर्माण हुन अति जरुरी छ । त्यस्तै सन १९५० को असमान सन्धि, खुल्ला, सिमाना, असमान जलस्रोत सन्धि, बढदो व्यापार घाटा, भुपरिवेष्ठित राष्ट्रले पाउने सुविधा लगायतका तमाम समस्याको सामाधान कुटनीतिक रुपमा हुनु जरुरी छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.