अहमताले फुटेका विचारहरु जुटेर एकीकृत रुपमा अगाडि बढ्नु पर्छ -गोपाल सिवा

यस पटकको चुनाबी नतिजा र अघिलला चुनाबी नतिजालाई मुल्यांकन गर्नु भएको भए हजुर र मेरो अनुमान एकै हुनु पर्छ कि जनताले चुनाबी मत ठुला  ठुला आदर्शका  र सपनाको कुरामा लोभिएर हैन कि एकता  कति अपरिहार्य छ भन्ने सन्देश दिदै दिएका छन्  ।

बिगतलाई फर्केर हेर्ने हो भने २०५१ सालमा स्व. मनमोहन अधिकारी नेतृत्वको ९ महिने शासनकालको राम्रो पभाव पारेर पनि आम निर्वाचनमा २०५६ मा  एमाले विभाजित भएका कारण स्पष्ट बहुमत त् परै जाओस धेरै कम अवस्थामा खुम्चिनुपरेको थियो  । प्रजातन्त्रबादी भनिएको नेपाली कांग्रेश  भित्र पनि कोइराला परिवारवादको आन्तरिक किचलोमा रुमल्लिएर  अन्तत कुनै बेला फुटेर एकता भए पछि झन्डै एक दशक पछी ठुलो पार्टी
भएको छ  ।तराईका मुदा लिएर स्थापित भएका मधेशी पार्टीहरु सताको खेलमा फुटे पछी पपुल्यारिटी स्वात्तै तल झरेको मात्र हैन औलामा गन्न सक्ने भएका छन् !करिब एक वर्षअघि विभाजित बनेका एकीकृत माओवादी बाट परिवर्तनको जुन आशले जनताले जंगल बाट आउदा नि ठुलो पार्टी बनाएका थिए आज उसैलाई ठुलो पार्टिको अस्तित्व बचाउन समेत नसक्ने गरि सानो पार्टिमा सिमित बनाई दिएका छन् ।

प्रस्ट छ ठुला ठुला नीतिको चांग लगाए पनि जनताले स्वाभाबिक रुपमा फुटेको पार्टिको समर्थनमा आफुलाई होम्याउनु पूर्व सोच्दछन् । जसरि एमाले कांग्रेश लगायतका पार्टिहरु भित्रको फुट देखेर यिनले जनताको अधिकार सुनिश्चित गर्न सक्दैनन् भनेर नै कुनै बेला माओवादीलाई ठुलो पार्टी बनाए त्यसै गरि यस पटक चुनाबमा सर्बाहारा गरीब जनताको आवाज उठाउदै   आएका माओवादी को साथ् छोडी  दिए   । एकीकृत माओवादीको अवस्थामा मात्र हैन भविष्यमा वैकल्पिक राष्ट्रिय शक्ति बन्ने हैसियतका नेपालमा सबैभन्दा ठुलो जनसांख्यिक समुह दलित र आदिवासी जनजातिले पछिलो समयमा जसरि योजनाविहीन र असंगठित भएर एक्यबद नभई च्याउ सरि जे जति आवाजहरु  उठाएका थिए ति सबै लाई जनता ले ठाडै अस्विकार गरि दिएका छन्  अत    प्रस्ट  छ कि जहाँ   एकता हुन्न    त्यहाँ   आफ्नै बिनास निम्त्याउछ ।अत हरेक किसिमका  परिस्थितमा फुटेर भन्दा जुटेर   योजनाबद्ध र संगठित रुपमा समस्या समाधान गर्नु राम्रो हो ।  तसर्त अबको आउने दिनमा कुनै पनि समुदाय , राजनीतिक पार्टिले एकीकृत रुपमा अगाडि बढ्नुपर्ने आजको आवश्यकता देखिन्छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.