आठ अक्षरबाट बनेको ‘पोजिटिभ’ शब्दका सकारात्मक सन्देश

पोजिटिभ थिकिङ् अर्थात् सकारात्मक सोच व्यक्तिको जीवनको हरेक मोडमा आवश्यक हुन्छ । यसबाट  सफलताको मार्ग प्रशस्त हुन्छ । आठ अक्षरबाट बनेको ‘पोजिटिभ’ शब्दका हरेक अक्षरले आफ्नै हिसाबले सकारात्मक सन्देश दिन्छन् ।
पोजिटिभ थिकिङ् अर्थात् सकारात्मक सोच व्यक्तिको जीवनको हरेक मोडमा आवश्यक हुन्छ । यसबाट  सफलताको मार्ग प्रशस्त हुन्छ । आठ अक्षरबाट बनेको ‘पोजिटिभ’ शब्दका हरेक अक्षरले आफ्नै हिसाबले सकारात्मक सन्देश दिन्छन् ।
P-पेटिएन्स अर्थात् धैर्य ः धैर्य सफलताको सबैभन्दा ठूलो हतियार हो । धैर्य छ भने स्वाभाविक रूपमै नकारात्मक विचार आउँदैन । मलाई अवसर प्राप्त भएन, यदि मेरा छोराछोरी पढाइमा राम्रो भैदिएको भए ? श्रीमान्को जागिर छैन ? आदि बिलौना गरेर मात्र केही प्राप्त हुँदैन । यस्तो अवस्थामा पनि धैर्य धारण गर्ने वा परिस्थितिसित लड्ने हो भने चिन्ता घटाउन सकिन्छ ।

O-अप्टिमिस्टिक अर्थात् आशावादी ः आशावादीले नै सफलताको बाटो पहिल्याउँछ भने निराश व्यक्ति कुण्ठित हुन्छ। यसपटक अवसर मलाई नै प्राप्त हुन्छ भन्ने सोचको विकास गर्नु जरुरी छ । मेरो भाग्यमै छैन, सबैलाई मबाटै टेन्सन छ, म कुनै काम लाग्ने व्यक्ति होइन, म सबैमाथि बोझ हुँ, भन्ने सोच बनाउनु ठीक होइन । आशावादी बनेर वस्तुस्थितिलाई हेर्ने प्रयास गर्नुपर्छ, सबै कुरा सहज, सरल र सम्भावनायुक्त देखा पर्छन् ।

S-सेटिस्फेक्सन अर्थात् सन्तुष्टि ः जुन बेला आफ्नो मनमा सन्तोषको भाव जन्माइन्छ अनि तपाईं सकारात्मक सोच बनाइन्छ र अनावश्यक तनावबाट जोगिइन्छ । जे-जति प्राप्त भएको छ र जसरी प्राप्त भएको छ, त्यसमा सन्तुष्ट हुनुपर्छ, सन्तोष मान्नुपर्छ। ‘सन्तोषम् परमं सुखम्’ भनेझैं प्राप्तिबाट सन्तुष्ट भै सुखको अनुभव गर्नुपर्छ । यद्यपि सन्तोष त्यो प्राप्तिका लागि हो, अघि बढ्नु अझ आवश्यक छ भन्ने सोचलाई पनि जीवित राख्नुपर्छ । मनोचिकित्सकहरूका अनुसार अवसादको स्थितिबाट जोगिने एक मात्र उपाय सन्तोष हो ।

I-इन्स्िपरेसन अर्थात् प्रेरणा ः हरेक व्यक्ति आफ्नो जीवनमा कोही न कोहीबाट प्रेरित हुन्छ। ती व्यक्तिलाई प्रेरणाको स्रोत मान्नुपर्छ जसले जीवनलाई उत्सवका रूपमा मनाउन जानेका छन्। हरेक व्यक्तिमा केही राम्रा पक्ष हुन्छन्। कोही व्यवस्थित हुन्छन् त कोही धैर्य धारण गर्दै सकारात्मक सोच राख्छन् त कोही जागरुक हुन्छन्। आफ्ना राम्रा पक्षबाट प्रेरित भएर सकारात्मक भाव जन्माउन अग्रसर हुनुपर्छ ।

T-टार्गेट अर्थात् लक्ष्य ः यदि आफ्नो लक्ष्य निर्धारित छ भने कहिल्यै निराशा वा असफलताको मुख हेर्नु पर्दैन। आफूले के काम गर्नुपर्छ, कस्तो घर बनाउनु छ, कुन ठाउँमा बस्नु छ, भन्ने निर्धारण गर्नु आवश्यक छ । बाँकी काम सजिलै सम्पन्न हुन्छ। साथै यसको विकल्प पनि तयार राख्नुपर्छ। लक्ष्य स्पष्ट छ भने त्यसको प्राप्ति पनि सहज हुन्छ। तर म इन्जिनियर बनिन भने चिकित्सक बन्छु वा संगीतमा लाग्छु, त्यो पनि भएन भने टिचिङ गर्छु नभए घरेलु जीवन जिउँछु भन्ने खालको लक्ष्य भने बनाउनुु हुँदैन।

I-आइडल अर्थात् आदर्श ः आफ्नो व्यक्तित्वलाई यसरी निखार्नुपर्छ कि अरूका लागि त्यो एक आदर्श बनोस्। कठिन परिस्थितिमा पनि आफ्नो मानसिक सन्तुलन कायम राख्नुपर्छ । हरेक स्थितिमा खुसी रहने, अरूको सुख-दुःखमा सहयोगका लागि तत्पर रहन हो भने आफू कोही आदर्श व्यक्तिभन्दा कम भइँदैन । हामी आफ्ना गुरु, आमाबुवालाई आदर्श किन मान्छौं ? पक्कै उनीहरूमा आफूलाई प्रभावित गर्ने गुण र विशेषता छ । यस्तो हो भने आफू पनि अरूका लागि आदर्श बन्ने प्रयास किन नगर्ने ?

V- भिक्टर अर्थात् विजेता ः विजेता बन्न आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । सफलता प्राप्त नभए पनि निराश हुनु हुँदैन । पुनः पूर्ण जोस-जाँगरका साथ थप परिश्रमका साथ लक्ष्य प्राप्तिका लागि जुट्नुपर्छ । हार-जित जीवनभर चलिरहने प्रक्रिया हो। हारमा निराश हुनु तथा जितमा बढी खुसी र सन्तुष्ट हुनु उत्तिकै हानिकारक हुन्छ तसर्थ सफलता-असफलता व्यवस्थापन गर्न जान्नु आवश्यक छ ।

E-इजी अर्थात् सहज ः जो सजिलै बाँच्छन्, तिनलाई नकारात्मक विचारले कहिल्यै घेर्दैन। बनावटी जीवन बाँच्नुभन्दा वास्तविकतामा जिउने प्रयास गर्नुपर्छ । यसबाट जीवनमा आइपर्ने कठिनाइहरूको सामना गर्न सकिन्छ। घरपरिवारदेखि प्रोफेसनल जीवनसम्म सहजता आवश्यक छ। असहजता सफलताको मार्गमा बाधक मात्र होइन, यस प्रकारको व्यवहार अरूलाई समस्या हुन सक्छ र उनीहरू आफूबाट टाढिन्छन्। सामाजिक व्यवहारमा सहजता अत्यन्त आवश्यक छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.