संसार हल्लाउने विकिलिक्सका सञ्चालक जुलियन असान्ज

विकिलिक्स साइटभन्दा बढी समस्यामा छन्, त्यसका संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज । अमेरिका र उनको आफ्नै देश अस्ट्रेलियाले केबुल सार्वजनिक गरेको अभियोगमा असान्जलाई मुद्दा चलाउन सकिन्छ कि भनी विचार गरिरहेका छन् । केही महिनाअघिसम्म उनी बसेको देश स्विडेनमा त उनीविरुद्ध एउटा यौन मुद्दै चलेको छ । यसका लागि इन्टरपोलले केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय खोजी थालेको छ । त्यहाँ गत अगस्टमा दुई महिलासँग सहमतिमा तर असुरक्षित यौनसम्पर्क राखेको असान्जले स्विकारेकाछन् । तर महिलाले उनलाई आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यसैले स्विडिस अदालतले असान्जविरुद्ध वारेन्ट नै जारी गरेको त छैन तर बयान दिन आउन भनेको छ ।
असान्ज आफैं पनि साइटजस्तै लगभग असाधारण छन् । अस्ट्रेलियामा सन् १९७१ मा जन्मेका उनी स्कुल
कहिल्यै गएनन् । अमेरिकी पत्रिका न्युयोर्करका अनुसार उनकी आमा छोराछोरीलाई स्कुल पठाउँदा उनीहरुमा अधिकारप्रति अस्वस्थ सम्मान सिर्जना होला भन्ने डर मान्थिन् । असान्जका आमा र बाबु डुलिरहने भएकाले निश्चित स्कुलमा शिक्षा सम्भव भएन । घरमै, पत्राचारमार्फत र पछि विश्वविद्यालयका शिक्षकसँग अनौपचारिक रुपमा पढेका र पढ्न भनेपछि हुरुक्कै हुने असान्जले सानैदेखि विज्ञान र कम्प्युटरमा रुचि देखाए । १६ वर्षको हुदाँ उनले सक्षम ह्याकरका रुपमा स्थापित गर्दै आफूलाई ‘मेन्ड्याक्स’ नाम दिए । लगत्तै असान्जले दुई अरु ह्याकरसँग ‘इन्टरनेसनल सवभर्सिभ’ समूहखडा गरे । कम्प्युटर प्रोग्राममा असाधारण क्षमताका असान्जलाई क्यानडेडी फोन कम्पनी नोर्टेलको अस्ट्रेलियास्थित कार्यालयको कम्प्युटर सञ्जालमा अनधिकृत छिरेको आरोपमा त्यतिबेलै मुद्दा चलाइएको थियो । उनले ह्याकिङ थाल्दा इन्टरनेट या अन्य कम्प्युटर सञ्जाल सुरुवाती अवस्थामाथियो । अस्ट्रेलियामा प्रहरी पनि त्यस्तो अपराधबारे सिक्दै थिए ।निश्चित काम नगरेका र १८ वर्षमै बिहे गरे पनि केही वर्षमै छुट्टएिका असान्जले पूर्वपत्नीबाट छोरामाथिको आधिकारकालागि लामो तर सफल कानुनी लडाइँ लड्नुपर्‍यो ।
२५ वर्षमै एउटा पुस्तक लेखेका उनले सन् २००६ मा विश्वका लुकेका सूचना सार्वजनिक गरेर संसारलाई थप पारदर्शी बनाउन विकिलिक्स खोलेका थिए । साइट चलाउन उनलाई ज्ञात-अज्ञात थुप्रै मानिसले पैसा, समय र सीप सहयोग गरेका छन् । उनी आफूलाई कुनै जासुरी एजेन्सीहरुले फेला नपारुन् भन्नेमा अत्यन्त सजग छन् ।
गोप्य अमेरिकी दस्तावेजहरू प्रकाशित गर्दै आएको वेबसाइट विकिलिक्सका संस्थापक सम्पादक जुलियन असान्जले आफ्नो आत्मकथा प्रकाशनका लागि ११ करोड १८ लाख ५० हजार रुपैयाँको सम्झौता गरेका छन्।   बेलायतको सन्डे टाइम्ससँगको अन्तर्वार्तामा असान्जले उक्त रकम दुई स्वीडेनी महिलाले उनीमाथि लगाएको यौनशोषणसम्बन्धी आरोपको प्रतिवादमा खर्च गर्ने बताए। 'म पुस्तक लेख्न चाहन्नथे तर मैले लेख्नु परेको छ,' उनले भने, 'मैले आफ्नो प्रतिरक्षाका लागि दुई करोड २३ लाख ५० हजार रुपैयाँ खर्च गरिसकेको छु। मलाई प्रतिरक्षा गर्न र विकिलिक्सलाई निरन्तर सञ्चालन गर्न रकम आवश्यक छ।'
 असान्जले अमेरिकी बजारका लागि त्यहाँका प्रकाशकसँग ५ करोड ८० लाख र बेलायती प्रकाशकसँग ३ करोड ६२ हजार ५० हजार सम्झौता भएको बताएका छन्। अन्य क्षेत्रको बजारबाट १२ करोड ३० लाख ३५ हजार रुपैयाँ उठ्ने अनुमान गरेका छन्।यौन दुर्व्यवहार आरोपमा बेलायतको एक अदालतले उनलाई हालै धरौटीमा रिहा गरेको थियो। उनका वेबसाइट विकिलिक्समा पनि वित्तीय संकट देखिएको छ।क्रेडिट कार्ड कम्पनी भिसा, मास्टरकार्ड र इन्टरनेट भुक्तानी पेपालले विकिलिक्समाथि प्रतिबन्ध लगाएका छन्। त्यस्तै बैंक अफ अमेरिकाले विकिलिक्ससँगको कारोबार रोकेको छ।कडा सर्तसहित धरौटीमा पुस १ गते रिहा भएदेखि उनी पूर्वी इङल्यान्डमा बस्दै आएका छन्। स्वीडेनमा उनको सुपदर्गीसम्बन्धी मुद्दाको सुनुवाइ माघ २४ देखि सुरु हुनेछ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.