क्लोभरमेड मौरी दाह्री प्रतियोगिता
दाह्री जुँगा नियमित सफाचट पार्ने
मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि
मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन
जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका
छैनन् ।क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड
मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी
तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले
ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि
गरे ।
आफ्नो जिउमा मौरीलाई बसाउनका लागि
प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै
कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन
र जिउमा
मिलाएर बसाल्नका लागि मौरी विज्ञहरु त्यहाँ खटिएका थिए । मौरीले
नटोकुन् भन्नका लागि मौरीलाई पहिले नै प्रसस्तै चिनी खुवाइएको थियो । साथै
मौरीहरुलाई धुवाँले लट्ठाइएको पनि थियो ।पटकको मौरी दाह्री प्रतियोगिताको उपाधि
जस्टिन हिम्स्ट्राले जिते । उनले आफ्नो जिउमा सबैभन्दा धेरै मौरी
अठ्याएनन् मात्र मौरीबाट कलात्मक दाह्री समेत बनाए ।
1 comments
Write Down Your Responses




November 28, 2014 at 11:08 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन