मान्छेको तीस गल्तिहरु

1. जवानी र तन्दुरुस्ती सधै रही रहन्छ भनेर सोच्नु ।
2. आफुलाई अरु भन्दा असल ठान्नु ।
3. आफ्नो दिमाग अरु भन्दा अब्बल सम्झिनु ।
4. दुश्मनलाइ कमजोर सम्झिनु ।
5. बिमार लाइ मामुली सम्झिएर सुरु
मै उपचार नगर्नु ।
6. आफ्नो राय मान्नु अरुको भनाइ नराम्रो ठान्नु ।
7.कसैको बारेमा था हुनु तर पनि उसकै चाप्लुसीमा बारम्बार आउनु ।
8. बेरोजगार छु भन्दै बेकाम
मा घुमिरहनु तर रोजगार नखोज्नु ।
9. आफ्नो राज अरु कसैलाई सुनाउनु तर यो कुरा कसैलाई नभन्नु है भनेर सम्झाउनु ।
10. आम्दानी भन्दा ज्यादा खर्चगर्नु ।
11. अरुको दुखमा वास्ता नगर्नु तर आफुलाई दुख पर्दा सहयोगको आशा गर्नु ।
12.एक दुइ भेट मै अरु कसैलाई राम्रो वा नराम्रो भनेर धेरै तारिफ वा गाली गर्नु 
13.बुबा आमालाई वास्ता नगर्नु तर तर आफ्नो बच्चा बाट चाही धेरै आशा गर्नु 
14. कुनै पनि काम लाइ अर्को दिन पुरा गरुला भनेर बिचैमा छोड्नु ।
15.अरुलाई राम्रो व्यवहार नगर्नु तर राम्रो ब्यबहार को अपेक्षा गर्नु
16. आवारा मान्छे हरु संग संगत गर्नु
17. कसैले राम्रो सल्लाह दियो भने पनि त्यसलाई वास्ता नगर्नु ।
18. कुनै कुरा गर्दा नसोचिकन बोल्नु
19.झुठो कसम खाएर ,झुठो बोलेर ,धोखा दिएर आफ्नो समान बेच्नु व्यापार गर्नु ।

20.दुखि गरिब हरुलाई मान्छे नगन्नु
21. अप्ठ्यारो परेको बेला लाज पचाएर नै भए पनि अरु सहयोगको भिख माग्नु 
22. साधु ,या माग्ने हरुलाई आफ्नो घर बाट हात हाल्दै भगाउनु ।
23. आवश्यकता भन्दा धेरै कुरा कानी गर्नु ।
24.छिमेकी संग राम्रो व्यवहार नगर्नु ।
25. हुने खाने र हुदा खाने संगको मित्रतामा भेदभाब गर्नु ।
26. बिना कारण अरुको घरको मामलामा हस्तक्षेप गर्नु ।
27. पहिला बोल्ने र पछि पछुताउने ।
28. तीन दिन भन्दा धेरै कसैको घरमा पाहुना लग्नु ।
29. आफ्नो घरको गोपनियता अरुलाई सुनाउनु ।
30. हरेक मान्छे लाइआफ्नो बारेमा सुनाउदै हिड्नु

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.