निर्वस्त्र तरुनी मोडेलहरु आपसमा टाँसिएर कार बनाए

१३ जना निर्वस्त्र तरुनी मोडेलहरु आपसमा टाँसिएर कार बनाएका छन् । युवतीहरु निर्वस्त्र छन्, सरीरमा रंग पोतेर एक अर्कामा टाँसिएर कारको आकारमा ढालिएका छन् । उनीहरुको जिउमा कारका विभिन्न भाग झल्काउने गरी दुरुस्तै रंग तथा आकृति पोतिएकाले त्यो कुनै मान्छेको थुप्रो हो भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ र देख्दा दुरुस्तै कारजस्तै देखिन्छ ।
कारका पांग्रा तथा बडीको सबै भाग दुरुस्तै छ ।तर वास्तवमा यो कुनै बनिबनाउ कार भने होइन । निर्वस्त्र युवतीबाट बनाइएको कारको मोडल हो । इटालीको एक मोटर कम्पनीले निर्माण गरेको नयाँ कार फियाट ५०० र्एबर्थको प्रचारका लागि यस्तो विज्ञापन तयार पारिएको हो । जसमा सोही नयाँ कारको मोडललाई प्रस्तुत गर्न १३ जना मोडेलहरुलाई नंग्याएर सरीरमा रंग पोतेर कारकै आकार प्रकारमा कलाकारले ढालेका हुन् ।

सरीरमा कालो तथा सेतो रंग पोतिएको छ युवतीका जिउमा । एक जना युवतीका नितम्बमा सेतो रंग पोतेर हेडलाइट जस्तो बनाइएको छ । साइडको ऐना कुनै साँच्चीकै ऐना नभइ एक जना मोडलको टाउकोमा रंग पोतिएको हो । हरेक पांग्रा एक एक जना मोडेलको रंग पोतिएको निर्वस्त्र जिउबाट बनेका छन् । निकै कलात्मक तथा अनौठो लाग्ने यो अनलाइन विज्ञापनको भिडियोलाई धेरैले मन पराएका छन् ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.