सगरमाथा सम्बन्धि केही रोचक तथ्य

सगरमाथामा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेशेर्पाले पहिलोपटक सफल आरोहण आज गरेको ६० वर्षपुगेको छ । यो ६० वर्ष बीचमा सयौँ जना सगरमाथाको चुचुरोमा पुगेका छन् । विभिन्न कीर्तिमानी रेकर्ड हरु बनेका छन् । सगरमाथा आरोहणको हिरक महोत्सवका उपलक्ष्यमा यहाँ सगरमाथा सम्बन्धि केही  तथ्य प्रस्तुत गरिएको छ ।

  • एडमण्ड हिलारीसँग पहिलोपटक सगरमाथाको सिखरमा पुग्नुभन्दा अघि तेन्जिङ नोर्गे शर्ेपाले ६ पटकसम्म सगरमाथा आरोहणको प्रयास गरेका थिए । 
  • सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो ओर्लिने फ्रान्सका  जिन मार्क बोइभिन हुन् । उनी सन् १९८८ मा सगरमाथाको शिखरबाट ११ मिनेटमा फेँदमा ओर्लिएका थिए ।सन् १९९६ सगरमाथामा आरोहीका लागि सबैभन्दा घातक वर्षबन्यो । त्यसवर्ष१५ जनाले सगरमाथामा ज्यान गुमाए ।
  •  सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने व्यक्ति १३ वर्षा जोर्डन रोमेरो हुन् ।
  • हिमाल आरोहण गर्ने व्यक्तिलाई दिनमा २० हजार क्यालोरी उर्जा आवश्यक पर्छ ।
  •  सगरमाथाको चुलीमा सबैभन्दा बढि समय बिताउने व्यक्ति बाबुछिरी शर्ेपा हुन् ।
  •  विना अक्सिजन पहिलोपटक सगरमाथा आरोहण गर्ने राइनहोल्ड मेस्नर र पिटर ह्याम्बलर हुन् ।
  •  सन् १९९३ को मे १० का दिन ४० जनाले सगरमाथा चढेर एक दिनमा सबैभन्दा धेरै मान्छेले सगरमाथा चढेको रर्ेकर्ड कायम भएको छ ।
  • सगरमाथा हरेक वर्ष४ मिलिमिटरका दरले अग्लो हुँदैछ ।
  • सगरमाथामा सबैभन्दा बढि नागरिक गुमाउने देश नेपाल नै हो । अहिलेसम्म ४६ जना नेपालीले सगरमाथामा ज्यान गुमाइसकेका छन् ।
  • सगरमाथामा स्की गर्ने पहिलो व्यक्ति स्लोभानियाका डाभो कार्निकार हुन् ।
  •  सगरमाथाको आरोहण गर्ने सबैभन्दा वृद्ध पुरुष जापानका ८० वर्षा युइचिरो मिउरा हुन् भने सबैभन्दा वृद्ध महिला जापानकै ७३ वर्षी तामाइ वातानाबे हुन् ।
  • सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर भएको कुरा सन् १८५६ मा मात्र पत्ता लागेको हो ।
  •  सगरमाथाको उमेर ६ करोड वर्षपुगेको छ । 
  • एडमण्ड हिलारीका छोरा पिटरले ५ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । 
  • सगरमाथाको सबैभन्दा उच्चतम विन्दुमा श्वास फर्ेदा अरु सामान्य अवस्थामा भन्दा एक तिहाई अक्सिजन पर्याप्त हुन्छ । हावाको चापको कारण यस्तो भएको हो । 

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.