मुटु नभैकन २ वर्षसम्म बाँच्ने मान्छे

सरीरमा मुटु नभैकन कोही पनि मान्छे बाँच्न सक्दैन । यो विज्ञानको शास्वत नियम हो किनकी मुटुले नै रक्तसंचार गरेको हुन्छ र रगत मार्फत नै प्राणवायु सरीरका कोष कोषमा पुग्छ । तर एक जना मान्छे भने मुटु विना २ वर्षसम्म बाँचेका छन् ।  ती अद्वितीय मान्छे बेलायतको लण्डनका हुन् । उनी दुइ वर्षसम्म मुटु विना नै बाँचे र अन्ततः दुइ वर्षपछि नयाँ मुटु पाए । ४२ वर्षका म्याथ्यु गि्रन नामका ती व्यक्ति सायद मुटु विना बाँच्ने विश्वका एकमात्र व्यक्ति हुन् । उनको छातिभित्र मुटु थिएन तर उनलाई बाहिरबाटै रगत पम्प गरिएको थियो । गम्भीर रोगका कारण दुइ वर्ष पहिले उनको सरीरबाट मुटु निकालिएको थियो ।
क्याम्बि्रजशायरको पपवर्थ अस्पतालका चिकित्सकहरुले उनलाई कृत्रिम मुटु उपलब्ध गराए जसले सरीर बाहिरबाट रगत पम्प गरी उनको सरीरको रक्तचाप सामान्य बनाउँथ्यो । त्यो कृत्रिम मुटुमा एक मोटर लगाइएको थियो जो रिचार्जवाला ब्याट्रीबाट चल्थ्यो । यसको अर्थ जबसम्म ब्याट्रीमा चार्ज हुन्थ्यो तबसम्म उनको प्राण रहन्थ्यो । त्यसैले म्याथ्युका परिवारले त्यो २ वर्षसम्म उनको मुटुको ब्याट्री चार्ज गर्न कहिल्यै भुलेनन् । अन्ततः केही महिनाअघि एक जना मुटु दाताले दिएको मुटु उनको सरीरमा प्रत्यारोपण गरिएपछि उनले दुइ वर्षपछि प्राकृतिक मुटु पाएका हुन् । यी भाग्यमानीका एक पत्नी र एक छोरा पनि छन् ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.