बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति

हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा असम्भव जस्तै लाग्छ ।  
बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् ।
 उनले आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् ।

 आलपिन, नट बोल्ट सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ ।

 यी महिलाको सरीरमा विद्युत चुम्बकीय करेण्ट प्रवाह हुने बताइन्छ । यिनको सरीरको चुम्बकीय क्षमता यति धेरै छ की निधारमा टाँसिएका सिक्काहरु यी महिला मज्जाले नाच्दा पनि खस्दैनन् । यी महिलाको सरीरको चुम्बकीय असरले टेलिभिजन तरंग तथा लाइट बल्बको त्रि्रतालाई पनि असर पूराउँछ । यिनको हातमा घडीले समेत सही समय देखाउन सक्दैन ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.