२५ वर्षको उमेरदेखि अनुहारमा विभिन्न समस्या देखिन थाल्छन् । यही उमेरदेखि
डार्क सर्कल्स, एजस्पट, फाइन लाइन, रिंकल्स आदि देखापर्छन् । यद्यपि २५
वर्षको उमेरमा यी सबै हुन्छन् भन्ने होइन । कतिपय कुरा ४० वर्षको उमेरपछि
पनि देखापर्न सक्छन् । अध्ययनअनुसार चाउरी पर्नु बढ्दो उमेरको संकेत मात्र
होइन, यो खानपान, व्यवहार एवं जीवनशैलीको संकेत पनि हो । अनुहारमा रिंकल्स
देखापर्नु, स्किन टेक्सचरमा परिवर्तन आउनु, छालाको रंग परिवर्तन हुनु आदिले
बढ्दो उमेरको असरलाई स्पष्ट गर्छ । अनुसन्धान अनुसार छालामा उमेरको भन्दा
चुरोटको धूवाँ र प्रदूषणको प्रभाव बढी देखिन्छ । खानपान, तनाव, निद्रा एवं
शारीरिक व्यायामको कमी, छालाको राम्रो हेरचाह नहुनु आदिले पनि छालालाई
बाहिरी रूपमा प्रभाव पार्छ ।
डर्मेटोलोजिस्टहरूका अनुसार छालामा विभिन्न समस्या देखिनुको बाहिरी कारणमा चुरोटको धूवाँ एवं प्रदूषण हो । विभिन्न किसिमका प्रदूषण छालाको सम्पर्कमा आउनेबित्तिकै यस्ता अनपेयर्ड आरओएसले तुरुन्तै हमला गर्छन् । यसको परिणाम छाला रंगहीन हुन्छ ।
यो अवस्थामा छालालाई सधै जवान राख्न विभिन्न एन्टी एजिङ वा रिंकल कम गर्ने उत्पादनप्रति आकषिर्त हुनु स्वाभाविक हो । एन्टी एजिङको चाहनालाई लक्षित गरी सञ्चालन गरिएको कस्मेटिक सर्वेको एक रिपोर्टअनुसार बितेका २ वर्षमा एन्टी एजिङ क्रिमको बिक्री ७२ प्रतिशतले बढेको छ ।
एन्टी एजिङ क्रिमको प्रयोग
एन्टी एजिङ प्रोडक्ट अल्फाहाइड्रोक्सी एसिड 'एएचए' भिटामिन ए, इ र सेलिसिलिक एसिड मिसाएर तयार गरिन्छ । अल्फाहाइड्रोक्सी एसिड सबै खाले स्किन केयर टि्रटमेन्टमा प्रयोग गर्न सकिन्छ । यस्तो एसिड प|mुट्स एवं उखु आदिमा पाइन्छ । अल्फाहाइड्रोक्सी एसिडअन्तर्गत ग्लाइकोलिक, लेक्टिक, मेलिक, साइटि्रक र टार्टरिक एसिड पर्छन् । एएचएले छालाको एसिड अल्काइन सन्तुलन ठीक राख्न सहयोग पुर्याउँछ ।
केही एन्टी एजिङ क्रिममा डीएमएइ अर्थात् डाइनिथाइल एमिनो एथेनलको पनि प्रयोग गरिन्छ । यसको केमिकललाई कतिपय कम्पनीले एन्टिरिंकल क्रिम तथा फेस लिफ्टिङ प्रोडक्टमा प्रयोग गर्छन् । यसमा पाइने केमिकलका कारण मृत सेल केही समय सक्रिय हुन्छन् । मृत सेल सक्रिय हुनेबित्तिकै अनुहार कान्तिमय देखिन्छ । यो केमिकल माछाको शरीरमा पाइन्छ ।
उमेर बढे के गर्ने
समयलाई कसैले रोक्न सक्दैन, न त यसको प्रभावलाई कसैले रोक्नसक्छ । बढ्दो उमेरको प्रभाव रोक्न प्राकृतिक उपाय अवलम्वन गर्नु उचित हुन्छ । समयमै स्तरीय उत्पादन प्रयोग गर्दा यसले केही हदसम्म रोक्न सहयोग गर्छ । एक अनुसन्धानअनुसार मोस्चराइजर प्रयोग गर्ने १८ देखि ३० वर्षका महिलाको तुलनामा मोस्चराइजर प्रयोग नगर्ने महिलामा रिंकलको समस्या बढी देखिएको थियो । यसबाट छालामा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्ने बानी बसाल्नु एक मात्र उपाय हो भन्ने देखाएको छ । एन्टी एजिङ क्रिमबाट छालालाई आरओएसको हमलाबाट पनि जोगाउन सकिन्छ । आरओएस जब एन्टी एजिङ क्रिममा रहेको भिटामिन इको सम्पर्कमा आउँछ तब त्यसले भिटामिन इको एउटा इलेक्ट्रोनलाई लिएर आफ्नो पेयर पूरा गर्छ, जसले छालालाई हानि गर्दैन । एक क्लिनिकल स्टडीअनुसार मोस्चराइजर प्रयोग गर्ने महिलामा हाइपर पिगमेन्टेसन स्पटको कमी आएको पाइयो ।
स्तरीय उत्पादनका साथै आफ्नो खानपानमा पनि सुधार गरेर उमेरको प्रभावलाई केही कम गर्न सकिन्छ ।त्यसका लागि आफ्नो भोजनमा भिटामिन सी, इ र मिनरलयुक्त एन्टी ओक्सिडेन्ट समावेश गर्नुपर्छ । भिटामिन सी, इ र मिनरलयुक्त सुन्तला, कागती, ब्लुबेरी, स्ट्रबेरी, पालक, ब्रोकाउली आदि हरियो साग सेवन गर्नुपर्छ । भिटामिन इका लागि सनफ्लावर ओयल, अनाज, नट्स डेयरी प्रोड्रक्टसको सेवन लाभदायक हुन्छ ।
पि्रमेच्योर रिंकल्सबाट बच्न सनस्त्रिmन एसपीएफ १५ को प्रयोग नियमित गर्नुपर्छ ।
चिया, कफीको सेवन भरसक कम गर्नुपर्छ ।
चिल्लो-पिरो-मसलेदार भोजनमा कमी ल्याउनुपर्छ ।
निराशा, तनाव, क्रोध आदिबाट जोगिनुपर्छ ।
एसीमा लामो समय बस्दा पनि छालामा रिंकल पर्ने सम्भावना बढ्छ । यसको प्रयोगबाट वायुमा अक्सिजनको स्तर कम हुने भएकाले यसको प्रभाव छालामा पर्न जान्छ ।
मेकअपका लागि राम्रो कम्पनीको फेसवास, क्लिन्जर, टोनर एवं मोस्चराइजर आदि प्रयोग गर्नुपर्छ ।
डर्मेटोलोजिस्टहरूका अनुसार छालामा विभिन्न समस्या देखिनुको बाहिरी कारणमा चुरोटको धूवाँ एवं प्रदूषण हो । विभिन्न किसिमका प्रदूषण छालाको सम्पर्कमा आउनेबित्तिकै यस्ता अनपेयर्ड आरओएसले तुरुन्तै हमला गर्छन् । यसको परिणाम छाला रंगहीन हुन्छ ।
यो अवस्थामा छालालाई सधै जवान राख्न विभिन्न एन्टी एजिङ वा रिंकल कम गर्ने उत्पादनप्रति आकषिर्त हुनु स्वाभाविक हो । एन्टी एजिङको चाहनालाई लक्षित गरी सञ्चालन गरिएको कस्मेटिक सर्वेको एक रिपोर्टअनुसार बितेका २ वर्षमा एन्टी एजिङ क्रिमको बिक्री ७२ प्रतिशतले बढेको छ ।
एन्टी एजिङ क्रिमको प्रयोग
एन्टी एजिङ प्रोडक्ट अल्फाहाइड्रोक्सी एसिड 'एएचए' भिटामिन ए, इ र सेलिसिलिक एसिड मिसाएर तयार गरिन्छ । अल्फाहाइड्रोक्सी एसिड सबै खाले स्किन केयर टि्रटमेन्टमा प्रयोग गर्न सकिन्छ । यस्तो एसिड प|mुट्स एवं उखु आदिमा पाइन्छ । अल्फाहाइड्रोक्सी एसिडअन्तर्गत ग्लाइकोलिक, लेक्टिक, मेलिक, साइटि्रक र टार्टरिक एसिड पर्छन् । एएचएले छालाको एसिड अल्काइन सन्तुलन ठीक राख्न सहयोग पुर्याउँछ ।
केही एन्टी एजिङ क्रिममा डीएमएइ अर्थात् डाइनिथाइल एमिनो एथेनलको पनि प्रयोग गरिन्छ । यसको केमिकललाई कतिपय कम्पनीले एन्टिरिंकल क्रिम तथा फेस लिफ्टिङ प्रोडक्टमा प्रयोग गर्छन् । यसमा पाइने केमिकलका कारण मृत सेल केही समय सक्रिय हुन्छन् । मृत सेल सक्रिय हुनेबित्तिकै अनुहार कान्तिमय देखिन्छ । यो केमिकल माछाको शरीरमा पाइन्छ ।
उमेर बढे के गर्ने
समयलाई कसैले रोक्न सक्दैन, न त यसको प्रभावलाई कसैले रोक्नसक्छ । बढ्दो उमेरको प्रभाव रोक्न प्राकृतिक उपाय अवलम्वन गर्नु उचित हुन्छ । समयमै स्तरीय उत्पादन प्रयोग गर्दा यसले केही हदसम्म रोक्न सहयोग गर्छ । एक अनुसन्धानअनुसार मोस्चराइजर प्रयोग गर्ने १८ देखि ३० वर्षका महिलाको तुलनामा मोस्चराइजर प्रयोग नगर्ने महिलामा रिंकलको समस्या बढी देखिएको थियो । यसबाट छालामा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्ने बानी बसाल्नु एक मात्र उपाय हो भन्ने देखाएको छ । एन्टी एजिङ क्रिमबाट छालालाई आरओएसको हमलाबाट पनि जोगाउन सकिन्छ । आरओएस जब एन्टी एजिङ क्रिममा रहेको भिटामिन इको सम्पर्कमा आउँछ तब त्यसले भिटामिन इको एउटा इलेक्ट्रोनलाई लिएर आफ्नो पेयर पूरा गर्छ, जसले छालालाई हानि गर्दैन । एक क्लिनिकल स्टडीअनुसार मोस्चराइजर प्रयोग गर्ने महिलामा हाइपर पिगमेन्टेसन स्पटको कमी आएको पाइयो ।
स्तरीय उत्पादनका साथै आफ्नो खानपानमा पनि सुधार गरेर उमेरको प्रभावलाई केही कम गर्न सकिन्छ ।त्यसका लागि आफ्नो भोजनमा भिटामिन सी, इ र मिनरलयुक्त एन्टी ओक्सिडेन्ट समावेश गर्नुपर्छ । भिटामिन सी, इ र मिनरलयुक्त सुन्तला, कागती, ब्लुबेरी, स्ट्रबेरी, पालक, ब्रोकाउली आदि हरियो साग सेवन गर्नुपर्छ । भिटामिन इका लागि सनफ्लावर ओयल, अनाज, नट्स डेयरी प्रोड्रक्टसको सेवन लाभदायक हुन्छ ।
पि्रमेच्योर रिंकल्सबाट बच्न सनस्त्रिmन एसपीएफ १५ को प्रयोग नियमित गर्नुपर्छ ।
चिया, कफीको सेवन भरसक कम गर्नुपर्छ ।
चिल्लो-पिरो-मसलेदार भोजनमा कमी ल्याउनुपर्छ ।
निराशा, तनाव, क्रोध आदिबाट जोगिनुपर्छ ।
एसीमा लामो समय बस्दा पनि छालामा रिंकल पर्ने सम्भावना बढ्छ । यसको प्रयोगबाट वायुमा अक्सिजनको स्तर कम हुने भएकाले यसको प्रभाव छालामा पर्न जान्छ ।
मेकअपका लागि राम्रो कम्पनीको फेसवास, क्लिन्जर, टोनर एवं मोस्चराइजर आदि प्रयोग गर्नुपर्छ ।
कालिकोटमा चुलो छोएको निहुँमा मनवीर सुनारको हत्या, सुर्खेतमा छोराको
अन्तर्जातीय विवाह गरिदिएका निहुँमा सेते दमाईको हत्या , कास्कीमा सामूहिक
भोजमा दलितहरूलाई पनि सहभागी गराउन खोजेको निहुँमा कर्णबहादुर नेपाली लाई
कालो मोसो दलिएको, रौतहट पिपरियामा रहेको एक मन्दिरमा पुजा गर्न खोजेको
निहुँमा दलित समुदायका २४ जना घाइते तथा बेलबारीमा एक दलित महिलालाई
जबरजस्ती करणी गर्न खोजेको कुरामा दलित महिलालाई प्रहरीमा जान र दोषी साबित
गर्न खोजेको निहुँमा स्थानीय महिला बाट पत्रकार मनोज बिश्वकर्मा सहित अनिल
बिक र माया सार्की लाई कालोमोसो दलिएको आदि घटनाले यही समाजमा दलित हुनुको
नियति भोग्न विवश प्रतिनिधि पात्रहरू मात्र हुन् ।
प्रहरी र
स्थानीयको दबाबमा दबिएर बसेका हजारौ घटना छन् जसमा मिडियाको , दलित
अधिकारकर्मीको नजर पुग्न सकेको छैन । दलित समुदायका सदस्यले समाजमा
असुरक्षित महसुस गर्नु तथा उनीहरूमाथि विभिन्न निहुँमा, बहानामा क्रमिक
रूपमा भइरहेका हिंसा, कुटपिट साथै हत्यासम्मका घटनाले नेपालमा दलितको
पक्षमा कानुनको निमार्ण गरेर , जातीय छुवाछुत विरुद्धको सन्धीलाई ससंदबाट
पारित गरेर कानुनी कागजले मात्र समाजको कालो रुप फेर्न सक्दैन भन्ने थप
पुष्टि गर्छ। अब दलितको पक्षमा बनेको अधिकार नीति नियम कानुन सम्मतरुपमा
राज्य बाट कार्यान्वयन हुनुपर्छ।दलित वस्तीहरुमा देखिएको समस्यालाई
राजनैतिक दलहरुले, राज्यले स्वीकार गर्ने पर्छ ।गरिवी अभाव रोग भोक
दरिद्रता अशिक्षा अस्वस्थता सबै समस्या दलितभित्र देख्दा देख्दै किन
राजनैतिक दलहरुका एजेण्डाहरुमा दलित को अहिलेसम्म पनि अधिकारको सुनिश्चितता
छैन ?दलितहरुलाई बन्दुक बोकाउनेहरु , दलितहरुलाई पार्टीको कार्यक्रममा
उतार्नेहरु , महिला अधिकारकर्मीहरु र दलितको नाम बेचेर खानेहरु यतिबेला
किन निदाएको नाटक गरिरहेको छन ? किन दलित प्रति यस्तो अमानविय घटना हुदा
सबै निदाएका छन ?
परिवर्तनका लागि आन्दोलनका अनेकौ रुप र तरिकाहरु
अपनाउदै पूर्ण समानता ल्याउन र जातीय छुवाछुत प्रथा हटाउनका लागि आ आफ्नो
ठाउँ बाट आन्दोलित हुनै पर्छ !सैदान्तिक, बैचारिक , सास्कृतिक आन्दोलनलाई
निरन्तरता दिनै पर्छ !दलितभित्र रहेका अनेक प्रकारका समस्यालाई सुल्झाउन ,
अब हामी माथि उठ्न र आफ्नो अधिकारको बारेमा वकालत गर्न सक्नु पर्छ र
दलितहरुले एकढिक्का भएर दलित आन्दोलनलाई जुर्मुराउनु अत्यन्तै आवश्यक
छ ।बेलबारी घटनामा प्रताडित हुन्न विवश भएका मनोज बिश्वकर्मा,अनिल बिक र
माया सार्की लाई उचित न्याय र क्षतिपूर्तिको लागि अपिल गर्दै दलित नागरिक
समाजको अगुवाइमा भएको आज दिउँसो २ बजेदेखि ४ बजेसम्म सिंहदरबार घेराउ र
धर्ना कार्यक्रममा म र रामचन्द्र परियार जी पनि हेल्प राइजका तर्फ
बाट सहभागी भएका थियौ !हेरौ केहि दृश्यहरु
उपेक्षित उत्पिडित र दलित बर्ग हामी दलितमा आफ्नो
पहिचान र जातियताको रक्षार्थ विभिन्न संस्थाहरु स्थापना गरेर हामी दलित
एकताको संदेश प्रवाह गरी रहेका हुन्छौँ।कति खुशी लाग्छ यस्तो परिवर्तित
एजेन्डा लिएर हामी दलितमा चेत आएको मा तर परिवर्तित एजेन्डा लिएर एक जुट
भएर एक कदम अघि बढंन नपाई , सुन्दर कुरा अनि उपलब्धिमुलक काम गर्न नपाई
एजेन्डा र संरचनाहरु टुक्रा टुक्रा परेर दलित को लागि म ,हामी मात्र हौ
भन्दै एक टुक्रामा उभिएर निती र योजना को बारेमा हल्ल्हा फिजाउछन । अहिले
सम्म भएका ५०१ दलित सस्थाहरु मा एकता गरेर एकताले समाजमा सकारात्मक सन्देश
जाने एकता पश्चात दलितहरु बलियो भएर दलितहरुको हितमा काम गर्न सकिन्छ भने
चेत हामीमा कहिले आएन बरु एकताको कुरा गरेर ५०२ , ५०३ हुदै गयौ । छरिएर
बसेका दलितहरु लाई एउटा सूत्रमा उनेर एकताको संदेश दिन यस्ता सयौ संगठन
को जरुरी छ त् ? दलितको हक अधिकार ,समानता मुलक समाज र आर्थिक उन्नन्ति
गर्नु आजको आवश्यकता हो उडन्ते सयौ संगठन को गफबाट हो त् ? ५०२ , ५०३
हुदै आफ्नो कर्तब्य त् हामी आफैले किटान गर्न सकेनौ फलस्वरूप दलीत
भित्रै एकताको अभावमा जातीय र क्षेत्रिय दरार बढ्दै गइरहेको छ । दलित
एकता दलित एकता दलित एकता भनेर जति कराए पनि जति बोले पनि हामीले जे
सिक्छौ जे देख्छौ त्यही नै ब्यबहारमा लागु गरि रहेका छौ । प्रस्ट छ यसरि
दिनानु दिन खुल्ने सस्थाले के इंकित गर्दछ भने दलित जाने बुझ्नेहरु पद ,
प्रतिष्ठा र स्वार्थको चरम विवादको घेरामा पिल्सिरहेको छन । आफै एकता
हुने बेलामा अहमता साधेर हिड्छन अनि भोलि कुनै नया सस्था खोलेर दलित एकता
हुनु पर्छ, दलित को लागि मै(हामी ) मात्र हौ र दलित एकताको बिकल्प
छैन भन्नु आफैमा कति हास्यास्पद हुन्छ ?
कहिले काहिँ त् लाग्छ नेपाली
सामाजिक परिवेश लाई नै कति दोष दिने हामी दलित जो मातृभूमि देखि बिकशित
देशमा जति बसेपनि जति शिक्षा हासिल गरेपनि राम्रा कुरा जति सिकेपनि जब पद
प्रतिष्ठाको लागि मैदान मा उत्रन्छौ अनि उही घिन लाग्दा ब्यबहार अनि तामसा
देखाएर नै छोडछौ। दलित अधिकारको निम्ती आवाज उठाउन एउटा सफा मन अनि फराकिलो
दिल लिएर सोचौँ। परिबर्तन नै चाहने हो भने समय अनुसार अनि परिवर्तित
एजेन्डा लिएर एक जुट भएर परिबर्तन हुन् सिकौ।
देशभर छरएिको र सामाजिक-आर्थिक रूपमा सबैभन्दा पछाडि रहेको दलित समुदाय देशभरको कुल
जनसङ्ख्यामा दलितहरूको अंश १३ प्रतिशत रहेको छ ।४५ प्रतिशत दलितहरू गरिबीको रेखामुनि रहेका, दलितहरूको प्रतिव्यक्ति
आय अन्य जातजातिहरू भन्दा कम रहेको, ३८.०२ प्रतिशत साक्षर
रहेका, तराई मधेसका दलितहरूको साक्षरता २७.३२ प्रतिशत मात्र रहेको, दलितहरूको मानव विकास सूचकांक सबैभन्दा कम ०.४२४ रहेको, नेपालभरिका कुल ४०५१
नगरपालिका र गाविस मध्ये पश्चिम तथा सुदूर पश्चिम पहाड र पूर्वी तराइमा गरी जम्मा २११ वटा गाविसमा
दलितहरूको उपस्थिति ३० प्रतिशत र १२ वटा गाविसमा दलितहरूको एकलौटी निरपेक्ष बहुमत छ । तर जिल्ला तहमा उनीहरू
कहीँ निरपेक्ष बहुमतमा छैनन् । निर्वाचित हुने राजनीतिक पदहरूमा दलितको सहभागिता शून्य प्रायः भएको, नागरिक समाजको
नेतृत्वमा दलितको संख्या ०.७ प्रतिशत रहेको, निजामती सेवाको अधिकृत स्तरमा दलितहरूको उपस्थिति ०.९ प्रतिशत रहेको, दलितहरूको उद्योग वाणिज्यको क्षेत्रमा प्रत्यक्ष नेतृत्व प्रायः शून्य रहेको, औसत आयुमा दलितहरूको
सबैभन्दा कम ६१.०३ वर्ष रहेको पाइएको छ । २००३/४ सालबाट शुरु भएको दलित आन्दोलनको उपलब्धीका ठोस स्वरुप आज गणतन्त्र स्थापनासम्म हेर्ने हो भने कहिकतै उल्लेख्यरुपमा पाइदैन । यद्यपी दलितको पक्षमा कागजीरुपमा कानुन बनाइयो यसलाई आन्दोलनको उपजका रुपमा लिन सकिएला । तर, कार्यान्वयनविनाको
कानुनलाई कुनरुपमा हेर्ने ? गणतन्त्र स्थापनापछि पनि दलित समुदाय दलिँदै गएको कुनै न कुनै
रुपमा पिल्सिदै गएको अनेकौ अमानबिय घटना हाम्रो अघि ताजा छन् । यो सामाजिक समूहको
न्यायोचित व्यवस्थापन कसरी गर्न सकिन्छ ?
सरकारले अहिले सम्म दलितको लागि दिएको कोटाको कार्यक्रम निगाहका रूपमा रहेकाले हचुवा र अव्यावहारिक छ । दलितको लागि दिएको कोटालाई
कार्यान्वयन गर्ने सम्बन्धमा कुनै संयन्त्रका बारेमा समेत उल्लेख गरिएको छैन । न त
ती समुदायको अलगअलग अवस्थाका बारेमा नै कसैले ध्यान दिइएको छ । धेरैजसो दलितहरू अहिले पनि रोग, भोक,
अशिक्षा, सामाजिक असुरक्षा, अन्याय, अत्याचार, शोषण, उत्पीडन तथा विभेद , राज्य र समाजद्वारा
सदियौंदेखि पछाडि पारिएका, राज्यमा प्राप्त स्रोत र साधनबाट वञ्चितप्राय छन दलितहरू । दलितका विद्यमान भूमिहीनता, गरिबीजस्ता आर्थिकलगायत
राजनीतिक–प्रसाशनिक र सामाजिक–सांस्कृतिक
समस्याहरूलाई पटक्कै महत्व नदिने परम्परागत एवम् गलत चिन्तन र परिपाटीको परिणाम हो अहिले दिएको कोटा । व्यवहारले
नै प्रमाणित गरिसकेको छ दलित समस्या र छुवाछुतबाट मुक्ति जे पनि कोटा छुटाउने क्रियाकलाप वा घोषणाबाट हुन सक्तैन । सरकारले अहिले
सम्म दलितको लागि दिएको कोटाको कार्यक्रम
निगाहका रूपमा रहेकाले अहिले सम्म कोटा कार्यान्वयन गर्ने सम्बन्धमा कुनै संयन्त्रका बारेमा समेत उल्लेख
गरिएको छैन अत स्वत दलितहरुलाई थुमथुमाउने सिमित पर्ने, हचुवा र अव्यावहारिक कार्य मात्र भै रहेको छ । सामाजिक,
आर्थिक, शैक्षिक, सांस्कृतिकजस्ता
पक्षहरूमा सीमित कोटाको कार्यक्रम थुमथुमाएको खण्डमा दलित समस्या समाधान भइहाल्छ भनेर दलित आन्दोलनलाई विमुख गराउने सुधारवादी आमूल परिवर्तनविरोधी शक्तिहरू एक सीमासम्म सफल भएका छन् । राज्यका हरेक निकायमा गैरदलितको प्रभुत्व हुनुले पनि दलितलाई विभिन्न
सेवा सुविधा तथा अवसरबाट बञ्चित बनाउँदै दलित लाई कोटा दिएको छ है भन्दै ल्याइएको छ । हिजोका
दिनहरुमा दलित आन्दोलनको नेतृत्व लिने केही ब्यक्तिहरु सुकिलामुकिला हुनु र बाँकी पीडित र निमुखा
दलितहरुको अवस्था झनै नाजुक
हुनुले प्रस्ट छ दलित लाई दिएको कोटा कति हचुवा र अव्यावहारिक
थियो भनेर ! अझ दलितको ट्याग
झुन्डाएर खाई लाई पल्केका नजिक बाट देख्नेहरु आज आफ्ना वास्तविक नाम लुकाएर दलित भनेर प्रस्ट चिनिने थर लुकाएर हामी दलित भनिनु पर्छ दलित भनेर
चिनिनु पर्छ भने प्रभाब हाम्रा दलित
जान्ने बुझ्ने सम्म गाडेको छ र त् भन्छन दलितको लागि दिएको अहिले सम्मको सुबिधा कोटा चाहिदैन भन्न सकिदैन भनेर !
दलित विरोधी शक्तिहरू दलितमुक्तिको सवाललाई वर्गीय आन्दोलनबाट पृथक् राख्न प्रयत्न
गरिरहेका छन्, दलितहरूको आरक्षण र
धर्मान्तरणको सवाललाई बढी नै प्राथमिकता दिइरहेका छन् । दलितहरू आफ्नो पहिचान र राज्यको उचित हिस्सा प्राप्त गर्नका लागि एक भएर दबाबको बाटो
अपनाउनुपर्ने बेला बिभिन् गुट गुटमा
फुटेर वैचारिक कमजोरी देखाई रहेका छन् जसले दलितमुक्तिलाई
साकार पार्न सक्तैन ।हामी दलितमा साझा अवधारणा बोकेर फडको मार्ने सोच कहिले आउछ ?
नेपालमा राष्ट्रपति राष्ट्र प्रमुख र संविधानका
संरक्षक हुन्। कार्यकारी नभई सेरेमोनियल पद भएकोले राष्ट्रपति विवादमा आउनु
हुने संस्था नै होइन। तर राष्ट्रपति कार्यालयमाथि नै एउटा गम्भीर आरोप
लगाइएको छ। बीबीसी मिडिया एक्सनले बनाउने साझा सवालको पछिल्लो कार्यक्रममा
एक महिलाले आफूमाथि भएको हिंसाको उजुरी दर्ता गराउन जाँदा राष्ट्रपति
कार्यालयबाट दबाब दिएर रोक्न लगाइएको आरोप लगाएकी छिन्। देशभरका २५० भन्दा बढी
एफएमहरुमा प्रसारण हुने यो कार्यक्रम बजेको ४८ घण्टा नाघिसक्दा पनि
राष्ट्रपति कार्यालयले यस्तो गम्भीर आरोपको कुनै खण्डन गर्न आवश्यक ठानेको
छैन। कार्यक्रममा उनले भनेकी छिन्- ‘राष्ट्रपति कार्यालयबाट फोर्स आएपछि केही गर्न मिल्दैन’ भन्ने सहायक सिडिओ
बलबहादुर मल्ल र रत्नप्रसाद पाण्डे
हुनुहुन्थ्यो।’
यदि ती महिलाले राष्ट्रपति कार्यालयलाई
लाञ्छना लगाएको हो भने उनीविरुद्ध कारबाही हुनुपर्थ्यो। हैन भने राष्ट्रपतिका
सल्लाहकार भएको नाममा कानुन बमोजिम चल्न लागेको प्रक्रियामा हस्तक्षेप गराउन
खोज्नेलाई कारबाही गरिनु पर्छ। राष्ट्रपति जस्तो देशको सर्वोच्च
संस्थालाई विवादमा ल्याउने काम कुनै पनि हालतमा उपयुक्त हुँदैन।
ती महिलाले आफ्ना नेता पतिका बारेमा
लगाएका आरोप सही हुन्/हैनन्, त्यसको
निष्पक्ष छानबिन हुनुपर्छ। तर छानबिनको, न्यायको प्रक्रियामा
नै जान अवरोध पुग्ने गरी ठूला शक्ति केन्द्रबाट दबाब दिने काम गलत हो। अझ
राष्ट्रपति कार्यालयको नाम भजाउँदै दबाब दिनु लज्जास्पद काम हो।
के भनेकी थिइन् ती महिलाले साझा सवालमा ?
म कुमारीगाल, गौरीघाटमा बस्छु। म
विगत दुई बर्षदेखि घरेलु हिंसामा पिडित
छु। मेरा दुईजना छोराहरू छन्। उनीहरूलाई
घरमा बन्धक बनाइयो, स्कूल पठाइएन, स्कूलको फाइनल परीक्षा दिनबाट रोकियो। अहिले त्यो बच्चाको
मानसिक अवस्था नै जर्जर छ। बाबा हुनुहुन्छ। बाबाले लैजानुहुन्छ। विहान ७ बजे
बच्चा घरबाट जान्छ। रातिको १० बजेदेखि उता ११, १२, १ बजेभित्र घरमा
भित्र्याइन्छ। स्कूलको ब्याग बोकाइएको हुन्छ,
ड्रेस लगाइएको हुन्छ। म आमालाई घरबाट निकालिएको छ र एउटा गैरसरकारी संस्था (नारी चेतनशील संघ) को
सहयोगमा घरको तल्लो तलामा बस्न दिइएको छ।
मैले छोरा भेट्न पाउँ भनेर अदालतमा
मुद्दा दायर गरेकी छु। अहिलेसम्म
अदालतमा पेशी हुन सकेको छैन। यो
सारिरहेको मेरो परिवार कर्मचारीतन्त्र,
राजनीतिमा माथिल्लो अोहदामा छ। यसले
गर्दा कुनै पनि काम अगाडि बढ्न सकेको
छैन। मैले बौद्धको प्रहरीमा उजुरी गर्न
खोज्दा समेत मेरो निवेदन दर्ता नगरी
अपराधीलाई छोडिएको छ। हतियारसहित समाजको
अगाडिबाट दुइपटक पक्राउ परेको
मानिसलाई छोडिएको छ राजनीतिक फोर्सको
आधारमा।
मेरो परिवार नेकपा (एमाले) को माथिल्लो
राजनीतिक ओहदामा हुनुहुन्छ। म
पनि नेकपा (एमाले) को संगठित सदस्य हुँ।
तर, समस्या कस्तो भयो भने,
मेरो परिवार माथिल्लो
ओहदामा हुनुभयो। मेरो श्रीमानको मामा राष्ट्रपति कार्यालयको विशेष
सल्लाहकार हुनुभयो। त्यसले गर्दा सिडिओ कार्यालयमा समेत मेरो निवेदन दर्ता
भएको छैन। म रूँदै फर्केको छु। ‘राष्ट्रपति कार्यालयबाट
फोर्स आएपछि केही गर्न मिल्दैन’ भन्ने सहायक सिडिओ
बलबहादुर मल्ल र रत्नप्रसाद पाण्डे हुनुहुन्थ्यो।
म कहाँ गएर रोइन? मोहना अन्सारीको
कार्यालय राष्ट्रिय महिला आयोगमा गइन
की?
प्रधानमन्त्रीको कार्यालयमा गइन की? म एकदमै घरेलु
हिंसामा परे। म घरबाट निकालिए। मेरो आफ्नो नाममा भएको घर श्रीमानको नाममा पास
गरिदिएँ। ‘मलाई यो समाजमा एकदम अप्ठ्यारो भयो, प्रेस्टिज भएन। मेरो
दिमाग खुस्किने भो।’ भनेर भन्नुभयो। तत्कालीन अवस्थामा मलाई श्रीमानको दिमाग
खुस्काएर मेरो नाममा घर राखिरहन जरूरी भएन। त्यसपछि, मलाई घरबाट निकालियो।
सात लाख तिरेर एक जना मान्छेलाई किनिएको
रहेछ। ‘तँ त्यहीसँग जानुपर्छ।
जसरी पनि जा। गइनस् भने तँलाई मार्दिन्छु।’ भनेर भनियो। त्यसपछि, म छाँगाबाट खसेजस्तै भएँ। सुरेश तामाङ भन्ने मान्छेलाई म
चिन्दिन। मेरो घरमा भएको कपडा लगेर त्यो केटाको कोठामा झुण्ड्याइदिने गर्दा
रहेछन्। अनि, कारमा
मेरो श्रीमान र जेठाजु दुइजना छोरालाई
उसको कोठामा लैजाने गर्दा रहेछन्।
अनि,
बच्चाले मम्मीको कपडा त चिन्ने भयो। अनि
‘हेर, उसको कोठा यो हो। तेरो
मम्मी यहाँ पनि आउँथी।’ अनि सारा संसारभरि नै
छोराले ‘मम्मीको फोटो त्योसँग
छ। मम्मीको लुगा त्यसको कोठामा छ।’ भनेर भन्न गाह्रो
भएन। मेरो ९ र ७ बर्षको दुइजना बच्चाको बालअधिकार खोसिएको छ।
म राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी
संस्थामा ‘सोसियल एक्टिभिस्ट’
को रूपमा कार्यरत थिएँ। म आफै नजानी
फँसेछु।
बौद्धमा एकजना श्याम ज्ञवाली भन्ने
डीएसपी हुनुहुन्थ्यो। शुरूमा उहाँले
वेवास्ता गर्नुभयो। पछि केस बुझेपछि
गम्भीरतापूर्वक लिनुभयो। हाम्रै अगाडि
उहाँको कार्यालयमा मन्त्री, नेताको फोन आयो। ‘मलाई जागिरको केही
वास्ता छैन। एउटी महिला अन्यायमा परेको म हेर्न सक्दिन।’ भनेर जवाफ दिनुभयो।
अहिले त्यहाँको डिएसपी फेरिनुभएको छ।
गएको २४ गते मलाई मार्नको लागि मेरो
घरको प्रत्येक कोठाको सीसा फुटाइयो।
म कसरी बाँच्ने? अदालतमा केस छ, पेशी सारिदिनुहुन्छ।
दुइ बर्षदेखि अदालतमा अंश मुद्दाको केश छ,
पेशी भएको छैन। त्यतिबेला ९ बर्षको छोरा
अहिले ११ बर्षको भयो। छोरा मम्मीसँग बस्न तयार छैन। ‘मम्मीलाई पाए मार्छु।’ भन्ने अवस्थामा छोरालाई पुर्याइएको छ। रातिको १२-१ बजेसम्म छोरा
भट्टिमा बस्नुपर्ने बाध्यता छ। मैले राम्रोसँग हुर्काएको ‘एक्टिभ’ छोरा अहिले मानसिक रूपमा विक्षिप्त अवस्थामा छ।
प्रहरीमा पनि मेरो निवेदन दर्ता भएको
छैन। हतियारसहित पक्रिएको
व्यक्तिलाई छोडिएको छ। म राति ९ बजेसम्म
बस्दा पनि मेरो निवेदन दर्ता भएन।
अहिले मलाई मार्न आइरहेको छ। घटना २४
गतेको हो। दिनदिनै पुलिस चौकी
धाइरहेको छौं। माथिबाट महिला सेलको
डीआइजीको फोन आएको छ रे! ‘तेरो घरको
परिवार हो र तैंले त्यसो गरि लिनलाई?’ भनेर दवाव आएको छ रे!
निवेदन नै दर्ता भएको छैन,
म के गरूँ?
साझा सवाल कार्यक्रम रेकर्ड हुँदा उनले सुनाएको
विवरण। कार्यक्रममा समयका कारण केही सम्पादन गरिएको थियो। हेर्नुस्
कार्यक्रमको भिडियो। उनको कुरा
११ मिनेटपछि छ