गर्भावस्थाका बेला के कस्ता खानेकुरा खाने ?
गर्भावस्थाका बेला निकै सावधानी पनि अपनाउनुपर्ने हुन्छ । यी दिनमा के गर्ने तथा के कस्ता खानेकुरा खाने
गर्भवती महिलाका लागि आफ्नो भोजनमा प्रोटिन, आइरन तथा क्याल्सियम तत्व
पर्याप्त हुनु आवश्यक छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र
गर्भको बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ ।
महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा यी हुन् :
· पालुंगोको साग – पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर
मात्रामा पाइन्छ । यसले आमाको सरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा
पनि स्वस्थ रुपमा हर्ुर्किन्छ ।· बदाम- बदाममा प्रोटिन, भिटामिन इ तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ ।
· कुखुराको मासु-कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ ।
· भिण्डी-यसमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ ।
· सुन्तला-यसमा प्रसस्त भिटामिन सी तथा फोलिक एसिड समेत पाइन्छ ।
· ब्रोकाउली-ब्रोकाउलीमा पर्याप्त मात्रामा आइरन पाइन्छ ।
· अण्डा-अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्व पाइन्छ ।
· माछा-माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी एसिड तथा भिटामिन डी पाइन्छ ।
· दही-दही पनि गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ ।
0 comments
Write Down Your Responses