हेपाटाइटिस ‘सी’ को जोखिम र बच्ने उपाय-डा. सुधांशु के.सी.
हेपाटाइटिस (कलेजोको सुजन) ‘सी’ ले कलेजो खराब गर्छ तर हेपाटाइटिस ‘बी’ ले
जतिको यसले चर्चा पाउँदैन । दुवैले कलेजो खराब गरेर सिरोसिस गराउन सक्छन् ।
तैपनि जनमानसमा ‘बी’ को जत्ति ज्ञान वा त्रास ‘सी’ को छैन । हेपाटाइटिस ‘सी’ को उपचार हेपाटाइटिस ‘बी’ को
भन्दा सजिलो छ । तर उपचार खर्च महँगो भएकाले र धेरैजनाको उपचार भएको खबर
नसुन्दा यो विषय ओझेलमा परेको हुन सक्छ । नेपालमा उपचार सम्भव हुँदाहुँदै
पनि विदेशमा उपचार गर्न पठाउने चिकित्सक र विदेशमा गएर उपचार गर्ने
बिरामीको संख्या पनि कम छैन ।
के हो हेपाटाइटिस ‘सी’ ?
यो एक किसिमको जीवाणु हो । सन् १९८९ मा पत्ता लागेको हो । हेपाटाइटिस
‘बी’ पछि पत्ता लागेकाले यसको नाम हेपाटाइटिस ‘सी’ भएको हुनुपर्छ । यसले
शरीरभित्र छिरिसकेपछि कलेजोलाई हानि गर्न सक्छ ।
यो कसरी सर्छ ?
एचआईभी र हेपाटाइटिस ‘बी’ जस्तै हेपाटाइटिस ‘सी’ पनि रगत र रगतजन्य
पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । तर हेपाटाइटिस ‘बी’ र
एचआईभीभन्दा फरक यो संक्रमित आमाबाट बच्चा जन्मँदा नवजात शिशुलाई सर्ने
सम्भावना एकदम कम रहन्छ । त्यस्तै एचआइभीजस्तै यौनसम्पर्कबाट सर्ने
सम्भावना पनि कम रहन्छ । अप्राकृतिक यौनसम्र्पक गर्नाले भने सर्ने सम्भावना
बढी हुन्छ । पुरानो तथ्यांकअनुसार हाम्रो देशमा हेपाटाइटिस ‘सी’ भएका
व्यक्तिहरूमध्ये ९५ प्रतिशतलाई सुईबाट प्रयोग गर्ने लागू पदार्थको
दुव्र्यसनबाट भएको पाइन्छ । एउटा तथ्यांकबाट लागू पदार्थ दुव्र्यसनीमध्ये
९० प्रतिशतलाई हेपाटाइटिस ‘सी’ संक्रमण भएको पाइएको थियो । अन्य सर्ने
तरिकामा संक्रमित रगतको प्रयोग, संक्रमित औजारको प्रयोग गरी गरिने
शल्यक्रिया आदि पर्छन् जुन माध्यमबाट सरे पनि यसले गर्ने खराबी भने एउटै हो
।
नर्भिक अस्पतालमा सन् २००४ देखि २०१२ जुलाइसम्म देखाउन आएका बिरामीमध्ये सर्ने तरिका निम्नबमोजिम देखिएको छ :
हेपाटाइटिस ‘सी’ ले के गर्छ ?
हेपाटाइटिस ‘सी’ ले कलेजोलाई असर गर्छ । यो जीवाणु शरीरभित्र पसे नपसेको
धेरैलाई थाहा नहुन सक्छ किनभने शरीरको प्रतिरोधात्मक क्षमताअनुसार र अन्य
रोग भए नभएका अनुसार सुरुको अवस्थामा अन्य हेपाटाइटिस संक्रमणमा देखिने
जन्डिस, वाक्वाक् लाग्ने, बान्ता हुने, खान मन नलाग्ने हुन सक्छ । केही
प्रतिशतमा भने शरीरको रोगसँग लड्ने क्षमताका कारणले गर्दा यसलाई शरीरले नै
निर्मूल पारिदिन सक्छ । यस अवस्थामा अर्कोपटक हेपाटाइटिस ‘सी’ को संक्रमण
हुने सम्भावना न्यून रहन्छ । शरीरले जित्न नसकेको अवस्थामा यो जीवाणु रगत र
कलेजोमा रहिरहने र कलेजोको संक्रमण भई क्रोनिक हेपाटाइटिस हुन्छ । यस
अवस्थामा लक्षणहरू खासै देखिँदैन । पेटको बायाँ माथिल्लो भागमा भारी हुने र
चाँडो थकाइ लाग्नेबाहेक अरू लक्षण नहुने कारणले गर्दा यो रोगको निदान
समयमै गर्न गाह्रो हुन्छ । क्रोनिक हेपाटाइटिसको उपचार नगरेमा कलेजो क्रमशः
बिग्रँदै गएर अन्त्यमा लिभर सिरोसिस हुन्छ । लिभर सिरोसिस भएपछि मात्र
लक्षणहरू जस्तै जन्डिस हुने, खुट्टा र पेट सुन्निने, शरीरका मांसपेशीहरू
घद्दै जाने, रगत बान्ता गर्ने, बेहोस हुने आदि हुन सक्छन् ।
सामान्यतया हेपाटाइटिस ‘सी’ संक्रमण भएर क्रोनिक हेपाटाइटिस भइसकेपछि
अवस्था हेरेर १०-१५ वर्षपछि लिभर सिरोसिस हुने गर्छ । तर यदि हेपाटाइटिस
‘सी’ को संक्रमण भएको व्यक्तिले रक्सी तथा रक्सीजन्य पदार्थको सेवन गर्ने
गरेमा ५ वर्षभित्र पनि लिभर सिरोसिस हुन सक्छ ।
निदानको उपाय हेपाटाइटिस ‘सी’ बाट संक्रमित व्यक्तिहरूको रगत जाँच गर्दा
एन्टी एचसीभी पोजिटिभ अथवा रियाक्टिभ भन्ने नतिजा निस्कन्छ । केही प्रतिशत
व्यक्तिमा भने हेपाटाइटिस ‘सी’ संक्रमण हुँदाहुँदै पनि यो नेगेटिभ आउन
सक्छ । यस्ता व्यक्तिहरूमा कि रोगको सुरुको अवस्थामा अथवा अन्य रोगका
कारणले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति कम पाइने गरेको छ । रोग एकिन
गर्नका लागि जीवाणुलाई पीसीआर पद्धतिबाट रगतमा हेर्नुपर्ने हुन्छ । यो निकै
महँगो प्रविधि हो र हाल हाम्रो देशमा यो सुविधा सजिलोसँग उपलब्ध छैन ।
पीसीआर पद्धतिबाट जीवाणुको संख्या एकिन गरेपछि उही पद्धतिबाट उपचार गर्नका
लागि यसको प्रकार अथवा जेनेटाइप छुट्याउनुपर्ने हुन्छ । अहिलेसम्म १२
जेनेटाइप -१-१२) पत्ता लागे पनि ६ प्रकारका जीवाणुहरू -१-६) उपचारका लागि
छुट्याइने गरिन्छ । रोगबाट सिर्जित अवस्था थाहा पाउनका लागि -एलएफटी,
प्रोथोमबिन टाइम), कलेजोको भिडियो एक्स रे, इन्डोस्कोपी र अवस्था हेरी लिभर
बायोप्स्सी नगरीकन कलेजोको कडापन जाँच्न सकिन्छ । यस प्रविधिलाई
फाइब्रोस्क्यान भनिन्छ । केही महिनाभित्र यो प्रविधि नेपालमा पनि उपलब्ध
हुनेवाला छ । यसबाट केही मिनेटको जाँचपछि कलेजोको कडापन कम्प्युटरको
सफ्टवेयरको मद्दतबाट पत्ता लगाउन सकिन्छ ।
सन् १९९१ मा अल्फा इन्टरफेरोन भन्ने औषधिबाट यसको उपचार सुरु गरिएको हो ।
धेरै साइड इफेक्टहरूको कारण बिरामीहरूले बीचैमा उपचार छाड्नुपर्ने बाध्यता
थियो । महँगो मात्र नभएर उपचार गरे पनि निको नहुने र निको भइसकेपछि पनि
जीवाणु पुनः देखा पर्ने समस्याले हाम्रो देशमा यसको प्रयोग खासै हुन सकेन ।
१९९८ मा राइबाभेटिनको आविष्कारपछि यी दुई औषधि प्रयोगबाट उपचारमा काँचुली
फेरियो । दुई औषधिको एकैसाथ प्रयोग गर्नाले सफल उपचारको प्रतिशत बढ्न गयो ।
२००१ मा ‘पेटा इन्टरफेरोन’ को आविष्कारपछि हेपाटाइटिस ‘सी’ का बिरामीहरूले
वरदान पाएजस्तै भयो । ‘पेटा इन्टरफेरोन’ हप्तामा १ पटक लिए हुन्छ र यसको
साइड इफेक्ट तुलनात्मक रूपमा निकै कम हुने गर्छ । राइबाभेरिनका साथमा
प्रयोग गर्दा धेरै बिरामीले उपचार गर्ने मौका पाएका छन् । २०११ मा अन्य
औषधि पनि प्रयोगमा आएका छन् । ‘टेलपि्रभिर’ र ‘बोसिपि्रभिर’ को प्रयोगबाट
तुलनात्मक रूपमा निको हुन गाह्रो हुने जेनोटाइप १ का रोगीहरू र उपचार
सकेपछि पनि रोग फर्केका बिरामीहरूले लाभ पाउने देखिएको छ ।
सबै हेपाटाइटिस ‘सी’ का बिरामीहरूको उपचार सम्भव हुँदैन । हेपाटाइटिस
‘सी’ को उपचार गर्नु भनेको लिभर सिरोसिस हुनबाट बचाउनु हो । त्यसैले लिभर
सिरोसिस भइसकेपछि यसको उपचार जटिल हुन्छ ।
नेपालमा कति जनाको उपचार भयो भन्ने तथ्यांक उपलब्ध छैन । सन् २००२ पछि
यसको उपचार फाट्टफुट्ट हुन थालेको पाइन्छ । २००४ पछि यसको उपचारमा एक
प्रकारको क्रान्ति नै आएको पाइन्छ । नर्भिक अस्पतालमा उपचार थालनी भएपछि
यसको संख्यात्मक र गुणात्मक वृद्धि भएको पाइन्छ । सात वर्षको तथ्यांकअनुसार
कुल ६५८ हेपाटाइटिस ‘सी’ संक्रमित व्यक्तिले जाँच गराएका थिए । यसमा महिला
बिरामीको संख्या न्यून -३.५ प्रतिशत) पाइएको छ । कुल बिरामीमध्ये १२४ जना
-१९ प्रतिशत) को मात्र उपचार भएको देखिन्छ । उपचार भएका मध्येको तथ्यांक
यसप्रकार छ:
यो तालिकाबाट के बुझिन्छ भने नेपालमा यो रोगको उपचार गराउनेहरूको संख्या
निकै कम छ । तर बाहिरको तथ्यांक हेर्ने हो भने हामीकहाँ उपचार गराउनेहरूको
निको हुने प्रतिशत धेरै छ । तसर्थ उपचार गराउनुपर्नेहरूले इन्टरनेटको
तथ्यांक हेरेर उपचार नगराई बस्नु गल्ती हुनेछ । नेपाल सरकारले पनि
हेपाटाइटिस् बिरामीप्रति अन्याय र भेदभाव गरेको पाइन्छ । एचआईभी संक्रमित
बिरामीहरूलाई सित्तैमा औषधि दिने सरकारले हेपाटाइटिसका बिरामीहरूलाई कुनै
किसिमको सुविधा दिँदैन ।
Note:- लेखक नर्भिक इन्टरनेसनल हस्पिटल,कलेजो रोग विभागमा कार्यरत छन् ।
0 comments
Write Down Your Responses