सम्बन्ध सुदृढीकरण गरौ जसमा हामि सबैको जय हुनेछ - गोपाल सिवा

तामाङ घेदुङ कुवेतको आयोजनामा गत फेब्रुअरी १२ तारिख शुक्रबार फिन्तास स्थित वैडिङ हलमा आयोजना गरेको तामाङ जातीको महान चाड टे ल्हो ( बाँदर वर्ष) सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा कुबेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल थिए । राजदुतको उपस्थितिको बेला घटेको अप्रिय घटना पछि कुनै पनि कार्यक्रम नगर्न कुबेत सरकारको आग्रह रहेको बताउदै त्यसलाई थप बल पुराउन राजदुत कुनै पनि सार्वजनिक कार्यक्रममा देखिन छाडेका थिए । यो बीचमा उन्को मौनता लाई धेरैले छेड्खानी गरे,भाका हालि हाली अक्षरहरु को तानाबाना बुने । धेरै नेपाली संघ सस्थाका पदाधिकारीले कार्यक्रममा बोल्ने खुराक पाए ।
बिदेशमा दुतावास नै सरकारको आधिकारिक निकाय हो र बिदेशमा रहेकाहरुको अभिभावक मात्र हैनन दुई देश बिचको सम्बन्धलाई मध्यनजर राखेर जहिले पनि बोल्ने हिड्ने काम गर्नु पर्ने राजदुतले एकातिर आफ्नो देशको प्रतिनिधित्व गर्छन भने अर्को तिर आफ्नै देशको नागरिकको सार्वजनिक जिम्मेवारी बहन गर्ने ब्यक्ती समेत हुन । सार्वजनिक जिम्मेवारी बहन गर्ने ब्यक्तीको हिसाबले कुबेतमा गरिने हरेक समुदायको कार्यक्रमले उनको उपस्थिति सार्वजनिक रूपमा अपेक्षा गर्नु पनि तर्क सङत ठिक पनि होला ।तर कुबेतमा यिनै हामी बिच बिध्मान संघसस्थामा आबद्ध सदस्य बाट भएका पछिला उच्च्सृन्खल गतिविधिले नेपालीहरुको इज्जत लाई धुमिलाउने जुन निरन्तरता भयो त्यसमा राजदुत उपस्थित भएर कोरस गर्नु र साक्षी हुनु भन्दा परिवर्तन ल्याउनु जरूरी थियो ।किनकि हामी अरुको आङमा जुम्रो हिडेको देख्ने तर आफ्नो आङमा भैंसी सम्म हिडेको नद्ख्ने सस्कारमा जेलिएको छौ । जस्ले गर्दा राजदुत किन सार्वजनिक कार्यक्रममा देखिन छाडे भनेर राजदुतलाई औल्यादै उनको मौनता लाई शब्दमा साधेर बोल्न उदत हुन्छौ तर आफै आबद्ध संघ सस्थाले बिध्मान नेपाली समाज सुधार गर्न केही गर्न नसकि बाकी औलाले हामिहरुलाई नै गिज्याउदै प्रश्न तेर्साइ रहेको भने कहिले देखेनौ ।
कुबेतको नेपाली समाज सुधार गर्न हामि सवैको भूमिका अपरिहार्य छ लागौं जुटौं भनेर राजदूतले पछिला केही महिना देखि पटक-पटक सुझाए र त्यसको लागि दूतावासमा नेपाली संघ सस्था सङ पटक-पटक छलफल र अन्तर्कृया गरे । कुबेतमा हामी ले के गर्न हुन्छ के गर्न हुदैन भने बुदागत रूपमा हामीलाई ज्ञान दिए । विभिन्न भेटघाट, नेपाली ब्यापार भित्राउने,नेपाली कला सस्कृतीको बारेमा जानकारी दिने देखि दक्ष नेपाली कामदार भित्र्याउन सम्म पहल गरेको हामी आफै साक्षी छौ । यसरी कुबेत को नेपाली समाज सुधारको भावनालाई फरक दृष्टिकोणले पछील्ला महिनाहरुमा विश्लेषण गर्दै राजदुतले हामीलाई बुझाइ रहे। तर हामीले उनलाई समाज सुधारका लागि हाम्रा उच्च्स्र्न्खल गतिविधि नियन्त्रण गर्छौ भनेर बिस्वस्त बनाउने भन्दा पनि निम्तो बोकेर जाने मात्र मानसिकता देखायौ ।
त्यसो त् कुबेतमा आएर नेपालीहरु काम मात्र गरिरहेका छैनन्, संघ संस्था स्थापना गर्ने, सामाजिक कार्यहरु गर्ने, ब्यबसाय गर्ने , साहित्यिक गतिबिधी सञ्चालन गर्ने, पत्र-पत्रिका प्रकाशन गर्ने जस्ता सिर्जनशिल क्रियाकलापहरु पनि गरिरहेका छन् । यसो गर्दा त्यस देशको नजरमा गैह्र कानुनी काम ठहरिएला तर नेपालीहरुलाई एकताको सूत्रमा बाँधी राख्न र सिर्जनशील बनाई रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत छन । लाखौ कामदार नेपाली कामदार कार्यरत भएको कुबेतमा एक दुइ वटा अबाञ्छनिय गतिबिधि भए भन्दैमा कुनै पनि कार्यक्रम नगर्नु भन्दै सुचना जारि गरेर बस्दा राजदुतबास नेपाली समुदाय प्रति गम्भीर छैन कि भन्ने आशंका थियो। तर अब सम्बन्धलाई सुदृढ तुल्याउन तथा आपसी समझदारी अभिवृद्धि गर्न आफू यसै साता नेपाली जनसम्पर्क समिति कुबेतको दोस्रो अधिबेशनमा राजदुत सार्वजनिक भए त्यस बाट राजदुताबास र नेपाली संघ सस्था बिचको असमझदारी हटाउने तथा सम्बन्धलाई अझ सुमधुर तुल्याउन राजदुत आफै बाट प्रयत्न सुरु गरेको प्रतित हुन्छ । राजदुतको उपस्थिति स्मरणीय छ । यो प्रयत्नको सराहाना हुनुपर्छ र यसका सम्भावित उपलब्धिको लेखाजोखा हुनुपर्छ। राजदुताबास संग को सम्बन्ध सुदृढीकरण गर्न र हाम्रा गतिविधिहरु संस्थागत विकास गर्न अब भन्ने सवै संघ सस्थाले नियमित प्राथमिकताभित्र पर्नुपर्छ। त्यस्तै गरि स्थानिय कानुनको बर्खिलाप नहुने गरि अब संस्थाहरु बाट कार्यक्रम र  उदेश्य अनुरुप कार्य गर्नु दूतावासले र राजदुत महोदयले सक्रियता देखाउदै उत्प्रेरित निर्देशित गर्नु पर्छ ।जसमा हामि सबैको जय हुनेछ ।
- See more at: http://hamrosanchar.com/2016/08/01/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7-%E0%A4%B8%E0%A5%81%E0%A4%A6%E0%A5%83%E0%A4%A2%E0%A5%80%E0%A4%95%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8C-%E0%A4%9C%E0%A4%B8/#sthash.i71KdlUF.dpuf

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.