एउटा मानब भएर न्यायको लागि पहल गरौ

जातीय विभेदलाई सामाजिक रुपले अमानवीय र छुवाछुत तथा भेदभाव कानुनीरुपले दण्डनीय भनिए पनि एकातीर आजको आधुनिक समाज कथित दलित समुदाय भएकै कारण अपमानजनक र अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने , बोक्सी भन्दै मलमूत्र खुवाउने दुर्व्यवहार गर्ने , अन्तरजातीय बिबाह गरे ह्त्या गरिदिने जस्ता अमानवीय कार्य गरेर आधुनिक समाजको बराबरीमा कुनै पनि स्तर बाट कथित दलित समुदायलाइ आऊंन नदिन उदत भएर लागेको छ । अर्कोतीर अमानवीय र छुवाछुत तथा भेदभाव जस्ता दलितको समश्याले राज्यमा प्रत्यक्ष्य प्रहार नहोस भने उद्देश्यले राज्यले दलितको समस्या गएर सुनने भनी बनाएको ठाउँहर पीड़ितलाई अहिले सम्म न्याय दिलाउन भन्दा पनि झुलाउने काम मात्र गर्दै बसेका छन ।
अजित मिझारको घटना देखि मलाई त कसैले जातीय भेदभाव गर्यो भने, प्रायोजित ढंगले कसैले दलितको ह्त्या गर्यो भने कारवाही हुन्छ की हुदैन होला ? पीड़ित ले न्याय पाउँछन की पाउदैन होला भन्ने मात्र लाग्छ यद्यपि हामी कानूनी राज्यमा बिस्वास गर्छौ र कानून सवैको लागि बराबरी ब्यबहारिक रुपमा हुनु पर्छ ।यसै बिच काभ्रेमा बोक्सी भन्दै हत्या गरिएकी लक्ष्मी परियारको छोरा प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीले धुलीखेल प्रहरी परिसरमा यसरी बयान दिएका छन । यस्ता घटना भोली जोकोही लाइ पर्न सक्छ एउटा मानब भएर न्यायको लागि पहल गरौ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.