अब फेरी हाम्रा सम्बन्धहरु नबिगरिउँन - गोपाल सिवा

गत १२ फेव्रुअरीमा कुबेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल प्रमुख अथिति रहनु भएको नेपाल तामाङ घेदुङले आयोजना गरेको ल्होछार मनाउने कार्यक्रममा नेपालीबीच झडप भएको थियो ।  झडप लगतै नेपालीको कार्यक्रममा आपसी झगडाको साथै घरेलु हातहतियारबाट आक्रमण हुन थालेका कारण कुबेत सरकारले यस्ता कार्यक्रमलाई अबिलम्ब रोक्न नेपाली दुताबासलाई अनुरोध गरेको ब्यहोरा खुलाएर  कुवेत स्थित नेपाली दुतावासद्वारा विज्ञप्ति  जारी भएको थियो ।विज्ञप्ति सँगै हप्तैपिच्छे एउटा न एउटा कार्यक्रम भईरहने कुबेत नगरीमा त्यस पछि नेपाली कार्यक्रमहरु हुने क्रममा धेरै ब्रेक लागेको थियो। दर्जनौं नेपाली संघसस्था क्रियाशील रहेको कुबेतमा आयोजना हुने गरिने कार्यक्रममा सकि-नसकी र भ्याई-नभ्याई सहभागी भै एक्यबध्ता जनाउँदै आउनु भएका  महामहिम राजदूत र राजदूतावासका अन्य पदाधिकारी त्यस पछि धेरै नेपालीहरुले आयोजना गरेको बोलाएको नेपाली कार्यक्रमहरुमा उपस्थिति हुन छाडेका थिए । 

कुबेत सरकारले नेपाली समुदायको कार्यक्रम रोक्न दुताबासलाई अनुरोध गरे पछि नेपाली समुदायलाइ अन्तराष्ट्रिय सन्धी अनुसार कन्सुलर सम्बन्धी मात्रै काम नेपाली दूतावास कुबेतमा हुने जानकारी गराउँदै त्यस पछिका दिनमा आयोजना भएका कार्यक्रममा राजदूत र राजदूतावासको अनुपस्थिति धेरैको बोलने , लेखने र आलोचना गर्ने प्रमुख कारक तत्व बन्यो  । कुबेतमा नेपाली दूतावास भनेको नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा उपस्थिति जनाएर सोभा बढाउनु मात्र हो भन्दै  बोलने , लेखने र आलोचना गर्ने बौद्धिकहरूले  नेपाली दूतावास भनेको त नेपालीहरुका हकहितकालागि ,नेपालीहरुको समस्या समाधान गर्न र नेपालको परराष्ट्र नीतिलाई लागु गर्दै अन्य देशसँग राम्रो कुटनीतिक सम्बन्ध स्थापना गर्ने प्रमुख निकाय पनि हो भन्ने सम्म भुले ।  

गैरआवासीय नेपाली संघसहित विभिन्न राजनीतिक, जातिय, क्षेत्रिय संघसंस्थाहरु क्रियाशील कुवेतमा झन्डै ६० हजार नेपाली कार्यरत छन् । जसमा २६ हजार घरेलु कामदार रहेका छन् । नेपालीकै कारणले कुवेतमा नराम्रो सन्देश गएकोप्रति दुताबासले दुख व्यक्त  गर्दै कुबेतमा के गर्न हुन्छ र के गर्न हुदैन भन्ने सम्म नेपाली समाजमा जानकारी बाड़यो । कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुलाइ कयौ पटक राजदुताबासले निमन्त्रणा गरेर हामी नेपाली बाट हुने गरेका गल्ती, कमी, कमजोरीलाई सच्याएर लाने प्रतिबद्धता र ऐक्यबद्धता चाह्यो । सम्बन्ध सुधारन पछिल्लो समय नेपाली समुदायहरुले आयोजना गरेका कार्यक्रमहरुलाई प्राथमीकताका साथ राखेर महामहिम राजदूत र राजदूतावासका अन्य पदाधिकारीहरुले ऐक्यबद्धता जनाउनु भएको छ । प्रवासको ठाउँमा यसरी सबैजना जम्मा भएर मनाउने कार्यक्रममा अभिभावकत्व ग्रहण गर्दै भएको उपस्थितिले हाम्रो आत्मबल बढाएको मात्र हैंन हाम्रो सँस्कृति र सँस्कारलाई जहाँ रहेता पनि संरक्षण गर्नुपर्छ भनेर गरेको सम्मान हो ।

फलस्वरूप अहिले फेरी दिनहुँजसो कुबेतमा २/३ वटासम्म नेपाली कार्यक्रम भैरहेका छन ।  आयोजना भइरहेका नेपाली कार्यक्रमहरुमा महाहिम राजदूत र एक न एक राजदूतावासका अन्य पदाधिकारी बिनाको कार्यक्रम सायदै होला भन्दा पनि हुन्छ । जिफन्ट कुबेत , तमु संमाज कुबेत ,किरातराईहरुको उधौली पर्व , राजनीतिक, जातिय, क्षेत्रिय संघसंस्थाहरुको अधिबेशन देखि हिजो राप्ती भेरी कर्णाली एकता समाज कुवेतको आयोजनामा अङ्ग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रममा लोकदोहोरी गायक राम्जी खांड, कल्पना काफ्ले र भूमिका गिरी लगायतका राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति सहितको कार्यक्रम भव्य र सभ्य ढंगले संपन्न भएको छ ।

यसरी धेरै दिनको मौनता पछी एकातिर महाहिम राजदूत र एक न एक राजदूतावासका अन्य पदाधिकारी  उपस्थिति स्मरणीय छ ,सराहानीय छ  । सजिलो त छैन नै तर फेरी पनि सबैलाई समेटेर सबैको बिश्वास जितेर कुबेतमा क्रियाशील संगठनहरुसंगको सम्बन्ध , समन्वय र सहकार्यलाई सन्तुलित रुपले अघि बढाउनु पर्ने पहल र प्रयत्न राजदूतावास बाट सधै गरिनु पर्छ ।बिगतका कमजोरीको लेखाजोखा हुनुपर्छ। राजदुताबास संग को सम्बन्ध सुदृढीकरण गर्न र हाम्रा गतिविधिहरु संस्थागत विकास गर्न अब भन्ने सवै संघ सस्थाले नियमित प्राथमिकताभित्र पर्नुपर्छ। त्यस्तै गरि स्थानिय कानुनको बर्खिलाप नहुने गरि अब संस्थाहरु बाट कार्यक्रम र  उदेश्य अनुरुप कार्य गर्न दूतावासले र राजदुत महोदयले सक्रियता देखाउदै उत्प्रेरित निर्देशित गर्नु भएको अनुसरण हुनुपर्छ ।अर्को तीर यहाँ आयोजना हुने धेरैजसो कार्यक्रमहरु सामाजिक संघ संस्थाहरुले नेपालमा कहीँ कतै सहयोग गर्नको लागी परोपकारी उद्देश्यका साथ गरिरहँदा देशकै लागि वरदान पनि हुनेछ  ।राजदुतावास जति हामि नेपालि समुदाय को हो त्यतिनै नेपालि समुदाय पनि राजदुतावास को हो,अर्थात् नेपाल हामि सबै नेपाल र नेपालीको हो त्यहि भएर हात बाधेर होइन हात खोलेर , मन मुटाब बिर्सेर , आत्मा आलोचना गरेर सहकार्य गरौ । अब फेरी हाम्रा सम्बन्धहरु नबिगरिउँन भनेर हामि सवै सचेत एव उत्तरदायी बनौ  ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.