आफु र अरुलाईं त्रासमा राखने कसैले पनी काम नगरौ


केही दिन अघि गायक दिपक बराइलीले आफ्नो एन्ड्रोइड फोनमा फेंककल र नम्बर रातो बनाउने एप्स डाउनलोड गरी मोडल तथा गायिका प्रशन्ना पाण्डेलाई फोन गरेका रैछन ।त्यसपछि प्रशन्नाले उक्त नम्बरलाई ‘स्कृन सर्ट’ गरेर फेसबुकमा पोष्ट गर्रेर र मीडियालाई समाचार दिएर सबैतिर रातो नम्बरको हल्ला फैलिएको कुरा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज यी दुईलाई पक्राउ गरेर सार्वजनिक गरे पंछी ख़ुलाशा भएको छ।
रातो नम्बरबाट आएको फोन उठाए ज्यानै जान सक्छ भन्ने हल्ला फैलाउने गायक र मोडल तथा गायिकाले सर्वसाधारण त्रासमा राखेको यस घटनाको बारेमा गायक बराइलीले मैले जिस्किएर मोडल प्रशन्नालाई रातों नमवर बनाई फोन गरेको हुँ,” भंन्दै प्रहरीसमक्ष बयान दिएछन ।
नेपाली समाज मा यसरी नै दशकौ देखी नै समाजका केही जानेका, बुझेकाले नै कुनै कुनामा बसेर जिसकिन,आफ़ना स्वार्थपूर्ति गर्न यसरी हल्ला फ़िजाएका छन ,त्रास बेचेका छन् ।जस्को सिकार त्यस हल्लाको पंछी लागनेहरू भएका छन । त्यही भएर त होला ५ दशक अगाडि भूपी शेरचनले ‘यो हल्लै-हल्लाको देश हो’ कवितामा लेखेको परिवेश आजसम्म यति सान्दर्भिक जस्तो भइरहेको छ।
अत गलत हल्ला को पंछी लागेर हल्लै-हल्लाको देश बनाऊन र आफु र अरुलाईं त्रासमा राखने कसैले पनी काम नगरौ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.