उदेक लाग्दो सोच...



मान्नुस या नमान्नुस फेसबुकले समाजमा सकारात्मक परिवर्तनका लागि उर्जा प्रदान गर्दै आएको छ,समाज रुपान्तरणका लागि, परिवर्तनका लागि एक जुट हुन सहयोग पुर्याउदै आएको छ। सामाजिक संजालमा व्यक्त भएका पिडा,उत्पीडिनले धेरै अबोध बालबालिकाको मुहारमा खुशी छाएको छ। प्राकृतिक बिपत्तिहरुमा सहयोग बटुल्न , पुस्तकालयहरु खोल्न,गरिब दिन दुखी लाई उपचार गर्न ,भुकम्प पीडितलाई राहत देखी कयौं सयौं मानवीय सहयोग गर्न यहि फेसबुक मार्फत गरेको तिनै अनुरोधमा कैयनले साथ दिएको छन, सफल भएका छन । धेरै लाई आफ्ना समुदायका नेता,मानवअधिकारबादी, अधिकारकर्मी बनाएर खादा लगाइ दिएको छ । फेसबुकमा समाजका पीडाहरु समस्या बेचन सिपालुहरु धेरैलाई पसल खोल्ने देखि सम्पत्ति जोडि दिएको छ । यो क्रम यति मात्रै होइन र यही रोकिएको पनि हैन ।
सकारात्मक र नकारात्मक पाटो दुवै छन । तर सामाजिक संजालका कारण आफ्नो परिचय बनाउन सकेकाहरु सकारात्मक कुरा बिरालोले दिसा लुकाए झै लुकाएर नकारात्मक हो भन्दै सामाजिक संजालको शक्तिलाई नजरअन्दाज गर्दै आफ्नो मुर्खतालाइ स्टाटस बनाएर ओकेल्छन । सामाजिक परिवर्तनको लागि सामाजिक संजालको सदुपयोग गर्ने तपाइँ हामीले केहि कुरामा बोल्यौ ,एक्यवद्धता जनायौ भने फेसबुकमा बोलेर केही हुदैन भनेर बार्ह हात उफृन्छ्न ।उदेक लाग्दो सोच...!!!

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.