शोषण, पिडन र उपेक्षाप्रति दर्शना नेपालीले जसरी बोलौ, प्रतिकार गरौ - गोपाल सिवा

हिजो राणा शाशनकालमा सर्वहारा सोच बोकेका धनकुटाका पण्डित छविलाल पोखरेलको नाम कमैले सुनु भएको होला । जीवनमा जात हेरेर होइन, रगत हेरेर यिनले मान्छेको काम गरे । धेरैलाई यिनले वृत्ति दिए र कैयौंको विश्वास थुपारे। जनजाति र कथित दलितलाई समाजको र्सार्वजनिक बाटोमा हिँडाउने यी आँटी योद्धा थिए । हीरालाल विश्वकर्मा र टीआर विश्वकर्मालाई पाठशालामा भर्ना गर्ने पनि यिनै थिए । यिनले अछूतलाई सिङ्गो संसार चिनाइदिए र राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने ढोका खुलाइदिए । हिन्दु धर्म भित्रको बर्ण ब्यबस्था बाट सृजित जातीय भेदभाव र छुवाछुत मन नपरेका कुराको खुल्ला ब्यबहारिक विरोध गर्ने संस्कृतका आचार्य  समेत रहेका पण्डित छविलाल पोखरेल साँच्चै सर्वहारा,निमुखा र धार्मिक सस्कारले पछाडी परेका र दलितहरूका लागि यी र्सवस्व थिए।
आजलोकतान्त्रिक शाशनकालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिरक ओढेर अर्को पोखरेल अर्थात रुपा पोखरेल देखा परेकी छिन ठिक उल्टो अर्थात पुरातनवादी सोच बोकेर  । नेपाल बिद्यार्थी संघकी केन्द्रिय सदस्य तथा पद्मकन्या कलेज मास्टर लेभलमा अध्ययनरत रुपा पोखरेलले आफु संगै कलेजमा अध्ययनरत दर्शना नेपालीलाइ  ‘आज सुनपानीले चोखिएर आएको छु, फेरि छुईएला,’ भन्दै सार्वजनिक रुपमा भनेर आफैलाई कुरीकुरी हुने गरि लोकतान्त्रिक मौलिक मूल्य मान्यता थाहा नहुने बौद्धिक दारिद्रको उपमा थुपारेकी छिन । “आफूले काँसको थालमा खाने ठूलो जात र नेपाली लाई टपरीमा खाने सानो दलित होस् र छोईयो भने सुनपानीले आफू चोखिन्छु भन्ने घमण्ड पालेकि रुपा पोखेरल राष्ट्रियता प्रजातन्त्र र समाजवाद हाम्रा आदर्श हुन भन्दै नेबि संघको मुल्य मान्यतालाइ आत्मसाथ गरेर नेबि संघको केन्द्रिय सद्स्य तथा अधिबक्ता सम्म हुन् । तर ब्यबहार भने आफु सम्मानको मान्छे लाइ  कमारा कमारीको स्तरको ब्यवहार गर्ने , सोच्ने रहेछ । जन्मेदेखि नै नेपाली कांग्रेसले “राष्ट्रियता, प्रजातन्त्र र समाजवाद” भन्ने तिन नारा अंगाल्दै आएको छ तर त्यस भित्रका रुपा पोखेरलहरु जस्तो आफै लाइ ठुलो जात ठान्ने बौद्धिक दारिद्रहरुको ब्यबहार देख्दा यिनले गरेको राजनीति , अध्यन गरेको उच्च सिक्षा कासको थालमा भात खाएर नाक घिरौला जत्रो बनाउनु मात्र होकी भने प्रतित हुन्छ  ।
जातीय, साम्प्रदायिक तथा नेपाली एकता बिथोल्ने संकिर्ण सोचमा भासिएका रुपा पोखरेलहरुले सकार र नकारको पटक्कै ख्याल नगरी क्याम्पस प्रमुख अगाडी सार्वजनिक रुपमा मनमौजी ‘गालीपुराण’ वाच्न गरिनु जतिसुकै विद्वान् भए पनि मानिस आदतको दास हुन्छ भनेर प्रमाणित हुनु हो ।सामन्ती संस्कारमा हुर्किएका आफूलाई सर्वेसर्वा ठुलो जात ठान्ने यी रुपा पोखरेलहरुले नेपाली समाजमा लामो समय देखि संस्कारले ब्यबहारले नजाँनिदो तरिकाले विभेद गरिरहका छन  । हामी हत्तपत्त सानो तिनो कुरा त् हो भनेर गलत बोल्यौ भन्दैनौं र कमजोर देखाउन चाहँदैनौ ।तर हाम्रो मौनता लाइ मियोबिना दाईं गरे जस्तै राईंदाईं र रैँदालो हुने गरि जहा भेट्यो त्यहि जसरि हुन्छ त्यसरी विभेद गरि रहन्छन जसको प्रमाण नेपाली अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य समेत रहेको नेपालीलाई  यो भन्दा अगाडी पनि बारम्बार बाटोमा हिड्दै थुक्दै छुईयाला भन्दै गिज्याउँदै र बोल्दै रुपा पोखरेल हिड्ने गरेको नेपालीले जानकारी दिएको लाइ बुझन सकिन्छ  ।
दलित समुदायले जातीय छुवाछुतको अन्त्य होस् भन्ने चाहे पनि समाजमा आफुलाई बुद्धिमानी ठानिएका कथित ठुला जातिका कारण जातीय छुवाछुतका घटनाहरु दोहोरि रहेका छन् । सधै गल्ति भयो माफी पाउ भनेर मात्र हुदैन अझ अधिबक्ता समेत रहेकी रुपा पोखरेल छुवाछुत कसुर सजाय ऐन २०६८ का बारेमा अनविज्ञ रहेको अवस्थै हुन् सक्दैन ।मान्छे पढेर, बढेर र विद्वान् भएर झन् संकीर्ण, साम्प्रदायिक, अररो, अमर्यादित र अशिष्ट भयो भने हामीले कल्पना गरेको समता मुलक समाज युगौ सम्म पनि बन्न सक्दैन, त्यसैले मेरै समुदाय कै भए पनि म बिरोध गर्छु भनेर पण्डित छविलाल पोखरेल लागि परेका थिए  । लोकतन्त्र भएको मुलुकमा आज पनि दलितहरु कुकुरको मराइ मर्न परेको अनेकन घटना छन जसको संकलनको मात्र पनि एउटा ठुलै इतिहास बनिन सक्छ । यस्तै सार्वजनिक विभेद गरिएका धेरै घटनाहरु छन् । शोषण, पिडन उपेक्षाप्रति दर्शना नेपालीले जसरी बोलौ, प्रतिकार गरौ र पुरातनवादी बौद्धिक दारिद्रहरुको ब्यबहार जनसमक्ष फैलाउँदै जाउ  । हामी अन्धा र बैरा जस्तो भएर नबसौं । संकीर्ण सोच र व्यवहार राखे रुपा पोखरेललाइ प्रचलित कानुन अनुसार जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार ऐन बमोजिमको कसुर लाइ हेरी तीन महिना देखि तीन वर्ष सम्म कैद वा एक हजार रुपैया देखि पच्चीस हजार रुपैया सम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरियोस  । 
- See more at: http://hamrosanchar.com/2016/12/05/%e0%a4%b6%e0%a5%8b%e0%a4%b7%e0%a4%a3-%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a4%a8-%e0%a4%b0-%e0%a4%89%e0%a4%aa%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf/#sthash.dvuodYoz.dpuf

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.