यस पाली पालो कमलाको रैछ ...‬


बोकसिको आरोप लाउदै जंगली अमानवीय आचरण देखाऊदै आएका नेपाली समाजका कथित मनुवाले लक्ष्मी परियारको जस्तो प्रकृतिको अर्कों घटना गुलमीमा आज फेरी घटाएछन । रेसूँगा नपा १४ बसदै आएकी कमला चौधरीलाई स्थानीय बाटुली कुँवरले बोक्सीको आरोप लाउदै चिर्पटले हानेर टाउको फूटाई दिछन।

केही बर्षअघि शिक्षिका विमला लामा ले कुटपिट गरेर मानव मलमूत्र कोच्याइएकी ललितपुर प्युटार गाविसकी कल्लीकुमारी विकको घटना रास्ट्रिय मुद्दा बनेको थियो त्यस पंछी यता क्यौ दीदी बहिनीलाईं निर्घात कुटपिट गरेर मलमूत्र कोच्याइयो,केहीको योनीमा कैंची र लठ्ठी घुसाएर मरणासन्न हुनेगरी यातना दिने देखी जिउदै जलाउने सम्म भए । दबाबपछि प्रहरीलें संलग्न पीडकलाई पक्राउ गरने, धरौटी रकम बुझाएर तुरुन्तै निसकने, समाजमा निर्धक्कसँग हिड़ने काम भै रहेको छ तर बिडम्बना अहिलेसम्म पनि पीड़ितले न्याय पाएका उदाहरण छैनन्। 

यसरी कथित बोक्सीको आरोपमा यातना पाउने पीड़ितहरूले कहिले न्याय पाउने हांम्रो नेपालमा ? कहिले सम्म यो लोकतन्त्रमा दलित, एकल महिला , आर्थिक रूपमा कमजोर महिला,बृद र पहुँच नभएका महिला बोक्सीको आरोपमा पीडित भैरहने होला नी ?

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.