ओलिले नाजायज भन्न मिल्दैन

कान्तिपुर टेलिभिजनमा प्रसारित फायर साइड कार्यक्रममा भुषण दाहाल र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा वली बिच भएको कुराकानी सुने । समावेशीकरण नीतिको विरुद्धमा केपिले दिएको विचार सुन्दा अहिलेको परिवर्तित समय र सन्दर्भमा एमालेको मूल आदर्शको समयसापेक्ष थप व्याख्या हुन जरुरी रैछ ।
दलित, महिला, जनजातीको भोट लिन सेन्टीमेन्ट लाई क्याच गर्न एमालेका भातृसंगठनहरु खुलाएको मात्र हो ? हैन भने समानता र सहभागिताले सामाजिक द्वन्द्व, असमानता र विभेदलाई अत्य गर्न मद्दत गर्छ भन्ने मूल्य—मान्यता हो, समावेशी लोकतन्त्रको तर ओलिको बोलीमा ठ्याक्कै बिरोधाभाष किन ?
अहिलेसम्म राज्य बाट उत्पीडित भएका सवैले नयाँ संविधान मार्फत सबै तहमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताको खोजी गरिएको छ । राज्यका सबै निकाय, तह र क्षेत्रमा सबै जाति, भाषा, लिंग, वर्ग, क्षेत्र, समुदायको समान ढंगको पहुँच सुनिश्चित भएको अवस्थाको मागलाई ओलिले नाजायज भन्न मिल्दैन ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.