के एक हातले ताली बजाउन मिल्छ ? - गोपाल सिवा

एक महिना अघि कुबेतका लागि नेपाली राजदुत आफै प्रमुख अतिथि रहेको कार्यक्रममा घटेको अप्रिय घटना लाइ आधर मानेर तिन साता अघि अर्थात फेव्रुवरी १६ का दिन नेपाली दुतावास कुवेतले,  कुबेतमा कुनै पनि किसिमका सार्वजनिक गरिने गतिवधि तत्काल रोक्न बिज्ञप्ति निकाल्यो । कुवेत सरकारले कुनै पनि किसिमका सार्वजनिक गतिवधि तत्काल रोक्न दुतावासलाई दवाव दिएको भन्दै कुवेतमा क्रियाशील संघ सस्थालाई कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न सूचना जारी गर्दै निकालेको बिज्ञप्ति पछि तिन सातामा कुवेतमा आधा दर्जन जति कार्यक्रमहरु पनि भए । तर न राजदुत आए, न दुतावासका कोहि कर्मचारि नै  कार्यक्रममा देखा परे । अहिले राजदुतावासको बारेमा सामाजिक संजाल देखि मिडिया सम्म नेपाली कार्यक्रममा सहभागी नहुने निर्णय प्रति आपति जनाउदै  टिका टिप्पणी जन गुनासो सहित पुर्नविचार गर्न पर्छ भने आवाज उठी रहेको छ ।
यस बिषय बस्तुमा प्रवेश गर्नु अघि गौतम बुद्धको पालाको एक घटनाको उदाहरण उल्लेख गर्न चाहन्छु । जब सिदार्थ गौतमले राजमहल त्यागेर ज्ञान प्राप्तीको अभियानमा हिडे । त्यसैक्रममा उनको भेट एक दिन त्यस्ती महिलासँग भयो जसलाई गाउँमा चरित्रहिन भनिन्थ्यो । बुद्धको कुरा सुनेर प्रभावित भएकी महिलाले बुद्धलाई बेलुकाको खाना आफ्नो घरमा खानका लागि निम्तो दिइन् । बुद्धले पनि उनको निम्तो स्वीकारे, तत्काल गाउँबासीलाई यो कुरा थाहा भयो । उनीहरुले ति महिला चरित्रहिन रहेकाले उनको घरमा नजान आग्रह गरे ।गाउँबासीको यस्तो आग्रह सुनेपछि बुद्धले गाउँका मुखियालाई बोलाएर ‘गाउँबासीले भनेको कुरा सत्य हो ?’ भनि सोधे । मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाए अनि उनलाई ति महिलाको मा नजान भने । तब बुद्धले ति मुखियाको एक हात समाते अनि भने, ‘ल ताली बजाऊ !’ मुखियाले भने, ‘यो कसरी सम्भव हुनसक्छ, एउटा हात तपाईंले समात्नु भएको छ, एक हातले ताली बज्न असम्भव छ ।’त्यसपछि बुद्धले भने, ‘त्यसोभए एक्ली स्त्री कसरी चरित्रहिन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान भएको भए ति स्त्री चरित्रहिन हुने नै थिइनन् ।’ बुद्धको कुरा सुनेपछि सबैको आँखा खुल्यो । गाउँका सबै पुरुषहरुले लाजले शीर झुकाए ।
बुद्धको यो महान सन्देशको प्रसंग मैले एक हातले मात्र तालि बज्दैन भन्ने बुझाउने हिसाबले जोड्न चाहेको हो । कुबेतमा भएका क्रियाशील नेपाली संघ सस्था र नेपाली समुदाय तिनै गाउले जस्तो चरित्रवान भएको भए के राजदुतावास यसरि नेपाली कार्यक्रममा सहभागी नहुने भन्दै पर पर र टाढा हुन्थियो ? आफ्नो हात बाधेर आछेप र आरोप लगाउन पोख्त भएका हामिले आफै लाइ सोधौ राजदुतावासको एक हातले मात्र तालि बज्छ ?  बज्दैन भने सवैले आत्मा आलोचना गरौ कि नेपाली समाज लाई तत्कालीन र दीर्घकालीन रूपमा गम्भीर असर पार्ने हाम्रो ब्यबहार र आचरणको परिणति आज राजदुतावास नेपाली कार्यक्रममा सहभागी नहुने  भन्दै गरेको गुनासो , टिका टीप्णी र  विश्लेषण गरे भन्दा जटिल र आँकलन गरेभन्दा चुनौतीपूर्ण त् भोलि हाम्रा कार्यक्रमहरु यसरि नै हिंसात्मक र अराजक हुँदै गएपछि आजित भएर यहाको समाज र सरकारले सिकंजा कस्ता हुन्छ ।
कुबेतमा अहिले नेपाली समुदायमा देखिएको अपराधिक प्रवृत्तिलाई नियन्त्रण गर्न सकियो भने यहा भएका संघ सस्थाहरु पनि संगठित बन्नेछन ,हाम्रो छविका कारण  देशमा नयाँ अवसरहरू जानेछन  । वर्तमान अवस्थालाई यथोचित सम्बोधनका लागि मैले देखेको दुइ ओटा मात्र विकल्पहरु छन ।पहिलो बिकल्प भनेको यहा रहेका हरेक नेपाली कुनै न कुनै संघ सस्थामा आबद छन । त्यसैले त्यसका लागि सबैभन्दा पहिलो कुरा भनेको संघ सस्थामा सबलीकरण र कार्यान्वयन नै प्रमुख हो । हाम्रा स्वाभिमानहरुमा आच नआउने ब्यबहार र आचारणको प्रयोगले अपराध र गलत , कुलत बाटोमा लागेकाहरुको गठजोड तोडिनेछ र केही राम्रा असर देखिनेछन् । जसको लागि संघ सस्था र समुदायमा रहेका र नरहेका नेपालीले गर्ने गलत ब्यबहार र आचरणको सवै संघ सस्थाले  प्रभावकारी निगरानी बढाउनु पर्छ , काउन्सिलिङ्ग हुनु पर्छ , एकै बोलीमा प्रतिकार र निराकार हुनु पर्छ  ।संस्थागत रूपमा भन्नुपर्दा राजदुतावास , मिडिया र यहाँ क्रियाशील एन आर एन  लगायत गनिए चुनिएका नेपाली संघ सस्थाले सवै समुदाय र आस्थाका संघ सस्था बीच समय–समयमा छलफल चलाउने, साथै नेपालीले अहिले सम्म देखाएका आचरण ब्यबहार र अपराधको नियन्त्रणका लागि अन्तर संघ सस्था सहयोग र साझा धारणाको विकास गर्नु पर्छ । जुन अहिले देखिएको अवस्थामा प्रभावकारी ढंगले तत्कालै गर्नु पर्ने आवश्यकता देखि सकेको छ ।
त्यस्तै गरि पछिलो घटना घटेको एक महिना बितिसक्दा पनि नेपाल सरकारको आधारिकारिक निकाय भएर चुप बसेको देखेर , नेपाली कार्यक्रममा सहभागी नहुने कदमप्रति यहाँ भएका आम नेपाली नागरिकमा नैराश्य छाएको छ। बल्लबल्ल गरिने कार्यक्रममा दुतावाशले देखाएको मौनताको कदम देखेर यहाका नेपाली समुदायमा गुनासोको केही संकेत देखिएका छन्।  अत कुबेतमा नेपाली समाज मा देखिएको समस्या कमजोरी निराकरण गर्न  पहल गर्नु भन्दा औपचारिकताका लागि वक्तव्य प्रकाशित गरि राजदुताबासले पनि मौन बस्नु हुन्न  । त्यसैले  दोस्रो बिकल्प भनेको राजदुताबासले कुबेतमा कार्यरत नेपालीहरुको स्थिरता र  स्थायित्व गराउनु पर्छ। जसले गर्दा स्थानीय कानुनको पालाना गर्ने , सुरक्षा, रोजगार सबैमा सकारात्मक प्रभाव राख्ने हुनाले यसको प्राप्तिसँगै नेपाली समुदायमा  स्थिरता र अवसरको वृद्धि हुनेछ र  अपराधको प्रभावकारी नियन्त्रण हुनेछ ।अहिले कुबेतमा देखिएका नेपालीहरुको रक्सि भट्टी खोल्ने , बेश्याबृदी गर्ने, उच्सृन्खल गतिबिधि गर्ने एव किलो किलो लागु औसध बोकेर आउने जस्ता गतिबिधिले राजदुतावासलाई कुबेतमा रहेका नेपाली समुदायको   संरक्षण र सम्बर्धनमा केहि गर्नु पर्ने अवसर र चुनौती देखिएको छ । राज्दुत् र राजदुतावास जस्तो जिम्मेवार सस्था र व्यक्तिले आफ्नै समुदाय बीचको  परिदृश्यले निर्माण गरेको गल्ति लाइ लिएर आफ्नो हैसियत र स्थानको यति कमजोर विश्लेषण गरेर मौन बस्न  मिल्दैन । किनकि यिनै नेपालीहरुको लागि संस्थागत गर्ने ,आधारभूत मूल्य मान्यता र कर्तब्य निस्ट बनाउने जिम्मेवारी सस्था राजदुत र राजदुतावास हो । यस्तो अवस्थामा राजदुतावास पछि हट्नु  मौन बस्नु राजदुतावासकै लागि दूरगामी रूपमा अनुत्पादक हुन सक्छ । किनकि बिदेशमा आज मात्र होइन पछि पनि  नेपाली समुदायले सवै भन्दा बढी आशा गरिएका राजदुत र राजदुतावास नै हुन् र हुनेछन  ।
त्यसैले  अन्तराष्ट्रिय सन्धि बमोजिमका कन्सुलर कार्य बाहेक अन्य सहयोग गर्न सक्दिन भन्दा पनि अबसरहरु को उपयोग गर्न र चुनौतीको सामना गर्नका लागि बिगतका गल्तिहरुको जबाफदेहिता स्थापित गर्नु र त्यस्ता गल्ति दोहोरिन नदिन राजदुतावास निकाय र संघ सस्था संग छलफल गरेर समयमै संयन्त्र निर्माणको आवस्यकता बोध गर्नुपर्दछ । त्यस्तै गरि, हामी मेहनत र श्रम गरेर आर्थिक समुन्तिको लागि सपना बोकेर घर परिवार बाट पर यहीको नियम कानुन र निर्देशनमा काम गर्न मन्जुर छौ भन्दै आएका हौ । जे जस्तो कामको लागि भनेर सर्त मानेर आएको भए पनि सर्त अनुसार नभए बोलिदिने यहि राजदुतावास छ अत आफ्ना गलत ब्यबहार आचरण देखाएर गरेर  न्याय पाउने अधिकारलाई कुण्ठित नगरौ ।म नै ठिक छु र मैले  गरेको मात्रै ठिक छ भन्ने मानसिकता पालेर या लै लै मा लागेर गलत बाटो रोजेर , गलत काम गरेर समुनत हुने दुस्साहस नगरौ ।
राजदुतावास जति हामि नेपालि समुदाय को हो त्यतिनै नेपालि समुदाय पनि राजदुतावास को हो,अर्थात् नेपाल हामि सबै नेपाल र नेपालीको हो त्यहि भएर हात बाधेर होइन हात खोलेर , मन मुटाब बिर्सेर , आत्मा आलोचना गरेर सहकार्य गरौ त्यसैमा हामी सवैको भलो हुनेछ ।
- See more at: http://hamrosanchar.com/2016/03/07/%e0%a4%95%e0%a5%87-%e0%a4%8f%e0%a4%95-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2/#sthash.c4RQ4JKE.dpuf

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.