प्रधानमन्त्रीको अर्को प्रतिबद्धता


काभ्रेकी लक्ष्मी परियारको हत्याको दोषीमाथि कारबाही गर्न भनेर संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिले आज प्रधानमन्त्री संग गरेको भेटमा दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको अर्को प्रतिबद्धता गरेछन ।

... अजित मिझारको घटनामा दोषीलाइ कारबाही गर्ने प्रधानमन्त्रीको अघिल्लो प्रतिबद्धता आज सम्म किन ब्यबहारमा आएन ? छुवाछुत र जातीय विभेदका हरेक प्रतिनिधि घटनामा राज्य हाक्नेहरुको मानवीय संवेदना भनेको प्रतिबद्धता मात्र हो प्रधानमन्त्री ज्यूँ ?

 लोकतान्त्रिक गणतन्त्र स्थापना भएको मुलुकमा दलित उत्पीडित असहाय र अबलाको मानव अधिकार भनेको प्रधानमन्त्रीको प्रतिबद्धता होकी संबिधानले प्रत्याभूत गरेको कानूनको ब्यबहारिक ग्यारेन्टी हो प्रधानमन्त्री ज्यूँ ? दलित उत्पीडित असहाय र अबलाले आफु माथि भएका अन्याय र अत्याचारको क़ानूनी उपचार हाम्रो कानुन र नियामक निकायमा छैन र हुदैन हो ?

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.