कहिले सम्म कथित दलितलाई यो समाजको बराबारी हुन बाट रोक्छौ ?


एक्कासी कालिमाई उत्रेर घरबाट हिँडेकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षिया पुजा परियार गुल्मीको ऐतिहासिक चारपाला दरवारको इश्वरी देवी मन्दिरमा हिजो देखि पुजा आराधना गर्दै रैछिन। इश्वरीमातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु, ढोका खोली दिनुहोस भनेर आग्रह गर्दा मन्दिर को पुजा समितिका पदाधिकारीहरुले अहिले चाँवी छैन्, खोल्न सकिदैन भनेर टारेछन । 

आफूमा जागेको ईश्वरिय शक्तिले परियारले ताला खोलि प्रवेश गरे पछि उक्त चारपाला दरवार स्थापना भएको झण्डै तीन शताव्दीको इतिहासमा दलित युवा युवती उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना नगरेको भन्दै पुजा समितिका मानिसहरु र अन्य समुदाय भित्र कोलाहलमय हंगामा सुरु भएको छरे । 

ए हंगामा गर्ने धर्मका पाखन्डीहरु हो ,यो समाजमा एउटै आस्था राख्नेलाइ कहिले सम्म मन्दिरको ढोका बन्द गर्छौ ? कहिले सम्म कथित दलितलाई यो समाजको बराबारी हुन बाट रोक्छौ ?

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.