महिलाले पुरुषबाट चाहने सात कुरा
महिलालाई बुझ्न अत्यन्त गाह्रो छ, तर बुझ्ने पहलै गरिएन भने झन घातक सावित
हुन सक्दछ । महिला के चाहन्छन भन्ने प्रश्न सटिक उत्तर संसारमै कोही सँग
छैन, तर यसो भन्दैमा पुरुषहरुले आत्तीहाल्नु पर्ने स्थिति पनि छैन् । केही
कुरा छन् जुन महिलालाई अत्यन्त मन पर्छ । यी कुरा पढ्नुस, सिक्नुहोस
महिलालाई खुसी राख्न । यस्ता महिलाले पुरुषबाट चाहने सात कुरा तपाई पनि
जानी राख्नुहोस् ।
१. सुपर म्यानः महिलाहरु सिनेमाघरका पर्दामा देखने विभिन्न चरित्रहरुबाट
दैनिक जीवनमा पनि प्रभावित हुन्छन् । उनीहरु वास्तविक जीवनमा त्यस्तै
पुरुषसाथी चाह्न्छन् । त्यस्ता पुरुषसाथीसँग सुरक्षित महसुस गर्छन् ।
त्यसैले हर तरिकाले सुरक्षा दिन र असहज परिस्थितिमा साथ दिन योग्य पुरुष
बन्न प्रयत्न गर्नुहोस् ।
२.वास्नादार बस्नुसः अघि पर्दा ठुस्स गन्हाउने, पसिना गन्हाउने पुरुषबाट
महिलाहरु टाढै बस्न चाह्न्छन् । त्यसैले, दिनऔं नुहाउनुस र डिओडोरेन्ट वा
परफ्युम प्रयोग गर्नुस । परफ्युम प्रयोग गर्दा पनि सही गन्धको छनोट
गर्नुहोस ।
३. सरप्राइजः लुगा, किताव, डायरी वा चकलेट नै भएपनि सरप्राइज गिफ्ट प्रति
महिलाहरु हुरुक्कै हुन्छन्, बेलाबखत सरप्राइज दिन कहिलै नभुल्नु होला।
४.पारदर्शिताः इमान्दारिताको त जहाँ पनि महत्वपुर्ण हुन्छ । यदि तपाई
लामोसमयको सम्वन्ध चाहनुहुन्छ भने झुट नबोल्नुस र कुनै कुरा नलुकाउनुस ।
झुट बोल्ने र बोली पुरा नगर्ने पुरुषलाई महिलाहरु घृणा गर्दछन्।् ।
५. राम्रो र स्फुर्त शरिरः तपाईले सिक्स प्याक वा एट प्याकनै बनाउन नसकेपनि
दिनहुँ व्यायाम गर्नुस र बडीलाई शेपमा राख्नुस । भद्दा शरिर, ठुलो पेट
महिलाहरु मन पराउँदैनन ।
६. राम्रो ड्रेसअपः लुगा मिलाएर लगाउनुस, फिटिङ् लुगालाई प्राथमिकतामा
राख्नुस, अस्तव्यस्त तरिका हिँड्ने पुरुषप्रति महिलाहरु आकर्षित हुँदैनन्
।
७. हातको जादुः तपाईले राम्रो र महँगो रेष्टुरेन्टमा लगेर खुवाएको भन्दा
आफ्नै हातले केही मिठो पकाएर खुवाउन सक्नु भयो भने त्यो जिन्दगी भर
भुल्दैनन् महिलाहरु । त्यसैले पकाउन पनि सिक्नुस ।
0 comments
Write Down Your Responses