मोटोपन मुटुरोग देखि लिएर स्वासप्रस्वास सम्बन्धि रोगको जड
वातावरण प्रदुषण बढेसँगै अहिले दम
लगायतका स्वासप्रस्वास सम्बन्धि रोग आम
समस्या बनिरहेका छन् । बच्चादेखि
बुढासम्ममा दमको समस्या देखिन थालेको छ ।
खासगरी स्वासनली तथा फोक्सोको संक्रमणका
कारण दम हुन्छ ।
दमका कारण स्वासनली खुम्चिने तथा मांसपेशीमा असर पर्ने तथा फोक्सोमा समेत नराम्रो असर पर्ने हुन्छ । धूलो धुवाँ, धूमपान जस्ता कारणहरु दमका कारकतत्व हुन् । यसकारण दमबाट बच्नका लागि निम्न सावधानी अपनाउनु उत्तम हुन्छ :
हिँडडुल गर्दा, घर कोठाको सरसफाइ गर्दा रुमालले नाकमुख छोप्नुहोस् वा मास्क लगाउनुहोस् ।
गाडीको धुवाँमा विभिन्न खाले हानिकारक रसायन समेत हुन्छन् । त्यसैले गाडी बढि गुड्ने ठाउँमा हिँडडुल गर्दा मास्क लगाउनु अनिवार्य हुन्छ ।
धूमपान नगर्नुहोस, धूमपान गरिरहेको व्यक्तिको नजिक नजानुहोस् । आफुले धूमपान नगरेपनि अरुले गरेको धूमपानको धुवाँले तपाइँलाई धेरै असर पूराउँछ ।
तपाइँमा एलर्जीको समस्या छ भने त्यसले दमलाई झनै बढाउन सक्छ । त्यसकारण आफुलाई एलर्जी गराउने वस्तुहरुबाट बच्नुहोस् ।
तनावलाई कम गर्नुहोस् । तनावका कारण पनि दमको समस्या बढ्नसक्छ ।
नियमित हल्का व्यायाम गर्नुहोस् । तर जिउले नथेग्नेगरी दौडधुप र व्यायाम नगर्नु राम्रो हुन्छ ।
पेटमा बढि अम्लपना अर्थात ग्यास्टि्रकको समस्या छ भने त्यसले पनि दमलाई बढाउन सक्छ । त्यसैले ग्यास्टि्रकको समस्या हुन नदिन र भएमा कम गर्ने उपाय अपनाउनुपर्छ ।
पिनासको समस्या छ ? यदि छ भने उपचार गराइहाल्नुहोस् । यसले दमलाई निम्त्याउन सक्छ र बल्झाउँछ पनि ।
मोटोपन मुटुरोग देखि लिएर स्वासप्रस्वास सम्बन्धि रोगको जड हो । त्यसैले मोटोपन नियन्त्रणमा सजग हुनुहोस् ।
समग्रमा दमको जोखिमबाट बच्न प्रदुषित हावाबाट बच्नु नै मुख्य उपाय हो । जसका लागि धुलोधुवाँयुक्त क्षेत्रमा नहिड्ने, हिँड्नपरे मास्क लगाउने, धूमपान मध्यपान गर्ने र स्वस्थ जिवनशैली अपनाउने गर्नु उपयुक्त हुन्छ । त्यस्तै स्वासनली तथा फोक्सोको संक्रमणको पनि समयमै उपचार गरिहाल्नुपर्छ ।

0 comments
Write Down Your Responses