शाकाहारी जुस बार चलाउनेको प्रेमि काँचो मासु मात्र खानछन्

(एजेन्सी)–पाँच वर्षअघि डेरेक न्यान्से आफूले खाएको केहि पनि कुरा पचाउन सक्दैनथे र बिरामी मात्र भइरहन्थे । डेरेकलाई केहि प्रकारको एलर्जी भएको र डक्टरले उनलाई थुप्रै प्रकारको डाइटहरुको प्रयोग गर्न सल्लाह दिएर उनको यो समस्याको कारण पत्ता लगाउने बताएका थिए । रोग पत्ता लाग्छ भनेर उनले सयौँ प्रकारका डाइटहरु खाए । उनी केहि समयका लागि शाकाहारी पनि भए र पछि उनले थाहा पाए कि उनको रोगको लागि एक थरी मात्र उपयोग हुन्छ जुन हो काँचो मासु । कसैलाई थाहा नभएको यस्तो अचम्म लाग्दो रोगको बारेमा
अनुसन्धान गर्ने क्रममा डेरेक न्यान्सेले आफ्नो जस्तै रोगको शिकार भएका मानिसलाई भेटे । उक्त मानिसले न्यान्सेलाई काँचो मासु मात्र खाएर बस्न सके रोगको उपचार हुनसक्ने बताए । उनलाई यस्तो बताउने मानिस वेस्टन प्राइसभन्ने डेन्टिस्ट हुन् जो काँचो मासुमा निकै शौखिन थिए । उनका अनुसार, काँचो मासुमा मात्र भरपर्ने प्राचिन मानिसहरु अहिलेको मानिसहरुभन्दा निकै स्वस्थ र बलियो भएका र उनको यो समस्यामा काँचो मासुले मात्र सहयोग गर्ने बताए । सयौँ डाइटहरु खाएर पनि रोग पत्ता लगाउन नसकेका न्यान्सेले काँचो मासु खाएर हेर्ने सोच गरे । उनले खाएको प्रथम काँचो मासु उनको आफ्नै बाख्राको थियो र त्यसपछिका दिनहरुमा उनले काँचो मासु मात्र खाने गरेका छन् ।
 सुरुका दिनहरुमा काँचो मासु खाएर उनलाई झाडापखाला लाग्यो र काँचो मासुमा हुने रगतका कारण उनको गलाको पछिल्लो भागमा एकदम नमिठो स्वादको महसुस गर्दथे । उनले यो अवस्थालाई मांसाहारी हुनका लागि गर्नुपरेको संघर्ष बताउँछन् । तर, उनी छिट्टै काँचो मासु खाने बानीमा परे र उनलाई अहिले साँच्चै नै काँचो मासु खान निकै मनपर्छ र गलाको पछिल्लो भागमा महसुस हुने नमिठो स्वाद अहिले मिठो लाग्ने बताउँछन् र अहिले उनी निकै स्वस्थ पनि छन् । 
उनी अहिले आफ्नो यो अवस्थामा निकै खुसी छन् कि उनले जनावरको बोसोले नै आफ्नो दाँत नै सफा गर्ने गर्दछन् । समाजले उनलाई हेर्ने नराम्रो दृष्टिकोणबाहेक काँचो मासुले उनलाई फाइदै फाइदा पु¥याएको छ । यसका साथसाथै, मिठो मासु खाने मनसायका साथ उनले थुपै्र जनावरहरुको शिकार गरे र यसरी नै उनले कसाइको पेसा अंगाले । उनी आफ्नो काममा एकदम खुसी छन् र जनावरहरुको खप्पर फोड्ने, गिदि खानेजस्ता कुराहरु खुलेर गर्छन् । शाकाहारी जुस बार चलाउने उनको शाकाहारी प्रेमिकाले उनले खाने बानी राम्रैसँग बुझेको बताउँछिन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.