पप स्टार म्याडोनाको भित्री वस्त्र लन्डनको एक प्रदर्शनीमा

विश्वख्यिात पप स्टार म्याडोनाको भित्री वस्त्र लन्डनको एक प्रदर्शनीमा राखिएको छ। लोकप्रिय फेसन डिजाइनर जान पाल गोतिएको सम्मानका लागि उक्त प्रदर्शनीको आयोजना गरिएको हो।

१९९० को विश्व भ्रमणमा म्याडोनाले गोतिएद्वारा डिजाइन गरिएका कपडा पहिरिएकी थिइन्। उक्त भ्रमणमा म्याडोनाले आफ्नो चौथो एल्बम लाइक अ प्रेयरको प्रचार गरेकी थिइन्।

गोतिएले खास गरी पछिल्लो ३० वर्ष म्याडोनाका लागि कपडा डिजाइन गर्दै आएकी छिन्। यसभन्दा पहिला पनि म्याडोनाका कपडा प्रदर्शनीमा राखिएका थिए। गत वर्षको नाभेम्बरमा म्याडोनाको एक कपडा ३० हजार पाउन्डमा बिक्री भएको थियो। अहिलेको प्रदर्शनीमा भने म्याडोनाको ब्रा बिक्रीका लागि राखिएको एजेन्सीले जनाएको छ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.