केही पश्न यस्ता छन् जसको उत्तर हामीसँग छैन

विगत दश वर्षका क्रममा कुन प्रश्न होला जुन मानिसहरुले बढी सोधेका थिए तर जवाफ अहिलेसम्म प्राप्त हुन सकेको छैन । भभभ वेभसाइटले यस्तै दश प्रश्नको सूची सार्वजनिक गरेको छ।
भभभ ले विभिन्न व्यक्तिले सोध्ने प्रश्नको उत्तर दिने गर्दछ। वेभसाइटका अनुसार त्यहाँ हरेक महिना १ करोड ६० लाख प्रश्नको जवाफ दिइने गरिन्छ। तर फेरि पनि केही प्रश्न यस्ता रहन्छन् जसको उत्तर खोजेर पनि पाइँदैन ।
भभभ की नादिया केली भन्छिन्–हामीलाई यो कुरामा गर्व छ कि हामीले करिब २ करोड प्रश्नको उत्तर प्रतिमहिना दिएका छौ । यो हामी गत दश वर्षदेखि गर्दै आएका छौ । तर केही पश्न यस्ता छन् जसको उत्तर हामीसँग छैन । यस्ता प्रश्नको उत्तर खोज्ने काम हाम्रा प्रयोगकर्तामै छोडिदिन्छौ ।

त्यसो भए कुन प्रश्न हुन त उत्तर नै नपाइएको ? यो तलको सूची हेर्नुस–
१. जीवनको अर्थ के हो ?
२.के भगवान छन् ?
३. के मुख्य मानिसले बढी मजा लिने गर्दछ ?
४. तौल घटाउने सबैभन्दा उत्तम तरिका के हो ?
५.के त्यहाँ कोही छ ?
६. संसारको सबैभन्दा प्रसिद्ध व्यक्ति को हो ?
७. प्रेम के हो ?
८. खुसीको रहस्य के हो ?
९. के टोन सोप्रनो (अमेरिकन टीभी धारावाहिकको खलनायक) मारियो ?
१०. म कहिलेसम्म जिवित रहनेछु ?
के तपाईसँग कुनै उत्तर छ ? यदि छ भने प्रतिक्रियाको माध्यमबाट उत्तर लेख्न सक्नु हुनेछ। एजेन्सी

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.