रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने

रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने र यसले मुटुरोगका जोखिम उच्च बनाउने अमेरिकी वैज्ञानिकहरुले पछिल्लो अध्ययनले देखाएको छ । रातो मासुमा पाइने हानिकारक तत्वले रगतमा कोलेस्टेरोलको मात्रामा वृद्धि गर्ने र त्यो मुटुका लागि हानिकारक हुने वैज्ञानिकहरुलेब ताएका छन् । रातो मासुमा पाइने कार्निटिन नामक तत्व पेटमा गएपछि रासायनिक प्रतिक्रिया गरी हानिकारक रसायनमा बदलिने र त्यसले रगतमा कोलेस्टेरोलको मात्रा बढाउने बताइन्छ । वैज्ञानिकहरुका अनुसार कार्निटिन नामक तत्व मानिसको पेटमा भएका व्याक्टेरियाले खाने र त्यसलाई ग्यासमा बदल्ने गर्छ । त्यो ग्यास कलेजोमा गएर टिएमएओ नामक रसायनमा परिवर्तन हुन्छ । यो रसायनले रक्तनलीहरुमा बोसो जमाउन सहयोग गर्छ जसका कारण विभिन्न खाले मुटुरोग देखिन्छ । टिएमएओ रसायनले रगतमा कोलेस्टेरोलको मात्रा बढाउन मद्धत गर्छ । वैज्ञानिकहरुका अनुसार शाकाहारी मान्छेको पेटमा कार्निटिन तत्व हजम गर्ने व्याक्टेरियाको संख्या कम हुन्छ । त्यसैले शाकाहारी मान्छेमा उच्च रक्तचाप तथा कोलेस्टेरोल बढ्ने समस्या पनि कम हुन्छ । मासु खाने मान्छेले पनि यस्ता ब्याक्टेरियाको सक्रियता कम गराउन वा फलदायी ब्याक्टेरियालाई सक्रिय बनाउनका लागि नियमित दहीको सेवन गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.