किताब लेखेर नै विश्वका अत्यन्त धनी

जे.के रोलिङ
जे.के रोलिङको जन्म ३१ जुलाई, १९६५ मा इंग्ल्याण्डको ब्रिस्टोल नजिकै चिपिङ सोडबरीमा भएको थियो । रोलिङ एक किशोर जादूगरको चमत्कारिक विषयमा आधारित ह्यारी पोट्टर श्रंखलाकी लेखिका हुन् उनको फुच्ची हुँदाको नाम जोआन क्याथलीन थियो । उनीभन्दा दुई वर्ष कान्छी उनकी एक बहिनी डि छिन् ।
यहाँ रोचक कुरा के छ भने रोलिङ आफूले ५÷६ वर्षदेखि नै लेख्न थालेको कुरा बताउँछिन् । उनको पहिलो कथा “खरायो” मा रोचक पात्रहरु थिए । मिस बी नामको एक ठूलो मौरी ती मध्ये एक हो ।रालिङको आफ्ना मातापितासँगै बाल्यकालमा दुई पटक स्थान परिवर्तन गर्नुपरेको थियो । उनको आफ्नो बाल्यजीवन र आफ्ना थर कहिल्यै बिर्सिइनन् । जब उनी नौ वर्ष पुगिन् आफ्नो प्राथमिक अध्ययन शुरु गरिन् ।
जेके रोलिङ आफ्नै बारेमा भन्छिन्,

“म एक लज्जालु स्वभाव भएकी, खेलप्रति कम रुचि र सहभागिता तर साहित्यमा अत्यन्त चाख राख्ने केटी थिएँ ।”
प्राथमिक शिक्षापछि जब उनी वेडियन कम्प्रिहेन्सिभमा अध्ययन शुरु गर्न पुगिन् त्यही उनले आफ्नो उच्च शिक्षा पूरा गरिन् । र पछि एक्सेटर विश्वविद्यालयमा भर्ना भईन् । त्यहाँ उनले आफ्ना मातापिताको चाहना बमोजिम फ्रेन्च भाषा सिकिन् । उनीहरु छोरीको उज्जवल भविष्यको लागि उनको दोभाषे सेक्रेटरीको क्यारियर निर्माण गराउन चाहन्थे । तर उनले आफू दोभाषे सेक्रेटरी बन्न नसक्ने निश्चयमा पुगेको पछि थाहा पाइन् । उनलाई सेक्रेटरीको उक्त जागिर दिक्क लाग्ने र आफ्नो साहित्यिक चाखको विपरित भएको महसुस भयो ।
जब सुश्री जे.के. रोलिङ २६ वर्ष पुगिन् । तब उनी अंग्रेजी शिक्षक बन्न पोर्चुगल गइन् । धेरै पटक उनले भनेकी छिन् कि उनी दिउँसो शिक्षक पेसा गर्न रुचाउँछिन् । जसले उनलाई बिहान र बेलुका साहित्य लेखनमा प्रशस्त समय दिन्छ । र यसै बेला उनले जादूगरको एक कथा लेख्न पनि शुरु गरिन् ।
जे.के. रोलिङले एक पत्रकार जो पोर्चुगलका नागरिक थिए, उनीसँग पोर्चुगलमा बिवाह गरिन् । विवाह लगत्तै १९९३ मा उनकी छोरी जेसिकको जन्म भयो । तर छोरी जन्मिएको केही समयपछि नै उनको विवाह सम्बन्धविच्छेदमा परिणत भयो । त्यसपछि उनी उनकी बहिनी डिसँग नजिक हुन सक्थिन् । यसै बेला उनले निश्चय गरिन् कि उनले लेख्न थालेको ह्यारी पोट्टर भन्ने जादूगरको कथा उनी लेखेर सक्ने मात्र छैनन् बरु त्यसलाई जसरी पनि प्रकाशित गरेर नै छोड्ने छिन् । उनले यो कथा जहाँ गए पनि लेखिरहिन् । प्रायजसो उनले आफ्नी छोरीसँग रेस्टुरेन्ट गएको बेला ह्यारी पोट्टर लेखेकी थिइन् ।
खासगरी उनले “ह्यारी पोट्टर” मा काल्पनिक कुराहरुबाट कथालाई चाखलाग्दो बनाउन निक्कै मेहनत गरेकी थिइन् । उक्त कथा लेखेर सिध्याउनको लागि उनले आफ्नो जागिरबाट पनि केही समयको बिदा लिइन् । उनले बडो परिश्रमका साथ “ह्यारी पोट्टर”लेखेर सकेपछि उनी त्यसलाई प्रकाशन गर्न प्रकाशकहरुकहाँ धाउन थालिन् । उनको स्त्री नामबाट पुस्तक प्रकाशन गर्दा राम्ररी बिक्री हुँदैन त्यसैले अर्कै नाम लेख्न भनेर प्रकाशकहरुले भनेपछि उनले जे.के. भन्ने पुरुष वा स्त्री नछुट्टिने नाम राख्नु परेको थियो ।
कैयौँ प्रकाशकहरुबाट उनको कृति प्रकाशनका लागि स्वीकृत नभएपछि पनि उनी दृढ अठोटका साथ आफ्नो कृति छाप्ने दौडधुपमा लागिरहिन् । अन्ततः उनले उनको कृति “ह्यारी पोर्टर एण्ड द फिलोसोफर्स स्टोन” ब्रिटेनको ब्लूमस्बरी प्रकाशनलाई चार हजार अमेरिकी डलरको निश्चित रकम लिने शर्तमा बेचिदिइन् ।
उनको कृति तत्कालै प्रकाशित भएन । उनले आफ्नो र आफ्नी छोरीको आवश्यकता पूरा गर्न फ्रेन्च भाषा शिक्षकको कामलाई निरन्तरता दिइन् । केही महिना यसरी नै चलिरहेको थियो, अर्थर अ लेभिन बुक्स÷स्कोलास्टिक प्रेसले उनको पहिलो “ह्यारी पोट्टर बिक्रीको अमेरिकी अधिकार किन्यो र यस लगत्तै पुस्तक प्रकाशित ग¥यो । सेप्टेम्बर १९९८ मा संयुक्त राज्य अमेरिकामा अर्थर अ लेभिन बुक्स÷स्कोलास्टिक प्रेसले “ह्यारी पोट्टर एण्ड सोर्सरर्स स्टोन”को नामबाट किताब छापेको थियो । “ह्यारी पोट्टर” को पहिलो खण्ड प्रकाशित हुनेबित्तिकै चमत्कारिक रुपले बिक्री हुन थाल्यो । कुरा कसैले नसोचेको थियो, अर्थात् संसारभरी पुस्तकको माग भयो र लाखौँ प्रति बिक्री भयो । शिक्षिकाको दुःखी जीवन गुजारिरहेकी रोलिङ आफूले लेखेको किताबको बिक्रीबाट आएको रोयल्टीबाट रातारात धनी भइन् । त्यसपछि उनले शिक्षक जागिर छोडिन् । उनको किताबले चमत्कारिक बिक्रीको रेकर्ड कायम गरेको क्षण नै उनको जीवनको सर्वाधिक खुशीको क्षण भएको रोलिङ बताउँछिन् ।
पुस्तक अत्यन्त धेरै बिक्री भए पछि रोलिङ र उनको कृति “ह्यारी पोट्टर” लाई सम्मान र पुरस्कारको ओइरो लाग्न थाल्यो । १९९७ मा किताबले ब्रिटेनको किताब पुरस्कार “चिल्ड्रेन बुक अफ द इयर” पायो र “स्मार्टिज प्राइज”पनि प्राप्त ग¥यो ।
त्यसपछि रोलिङले दोस्रो भाग “ह्यारी पोट्टर एण्ड द च्याम्बर अफ सिक्रेट्स” लेखिन् । यो लेख्न र छाप्न दुवै कामको लागि त्यति धेरै समय लागेन । जुलाई १९९८ मा यो ब्रिटेन र जुन १९९९ मा संयुक्त राज्य अमेरिकामा यो पुस्तक छापिएर अत्याधि रुपमा बिक्री भयो । यस लगत्तै उनको अर्को किताब “ह्यारी पोट्टर एण्ड द प्रिजन र अज्कबन”जुलाई १९९९ मा ब्रिटेन र सेप्टेम्बर १९९९ मा अमेरिकामा प्रकाशित भयो ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.