सञ्चारमै लागेर नाम र दाम

ओप्राह विन्फ्रे २९ जनवरी, १९५४ मा संयुक्त राज्य अमेरिकाको  मिसिसिपी राज्यको कोसिस्कोमा जन्मेकी थिइन् । यिनी अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता, अभिनेत्री र व्यवसायी हुन् । उनको “टक शो” अमेरिकी युवा पुस्ता माझ सबैभन्दा चर्चित कार्यक्रम हो । अहिले  उनी अमेरिकाको  मात्र नभई संसारकै सबैभन्दा धनी महिलाको सूचिमा पर्दछिन् ।६ वर्षको हुँदा उनी मिलवउकी, विस्कन्सिनमा आफ्नो आमासँग बस्नको लागि गएकी थिइन् । यसैगरी बाह्र÷तेह्र वर्षकी हुँदा उनी  आफ्ना बुबासँग बस्न टेनेसी गइन् । बुबाको प्रभाव उनको जीवनमा अत्यन्त धेरै छ ।
१९ वर्षको हुँदा विन्फ्रे स्थानीय सीबिएस टिभी  स्टेशनमा समाचार वाचिका भएकी थिइन् । त्यसको एक वर्षपछि टेनेसी  स्टेट युनिभर्सिटीबाट स्नातक गरेपछि उनी मेरिल्याण्ड बाल्टीमोरको एबीसी न्यूज च्यानलमा संवाददाता र सह–उद्घोषक भइन् । त्यसपछि सन् १९७७ मा उनी “पिपुल आर टकिङ” नामको मर्निङ शो मा सहप्रस्तोता भइन् ।

१९८४ मा उनी सिकागो गइन् र “ए एम सिकागो” भन्ने टक शो चलाउन थालिन् । उनको लगन, मेहनत र इमान्दारिताले कार्यक्रम अत्यन्त सफल बन्यो । त्यसैले १९८५ मा यो कार्यक्रमलाई “द ओप्राह विन्फ्रे शो” भन्ने नयाँ नाम दिइयो । उक्त कार्यक्रम अमेरिकाकै सबैभन्दा चर्चित टिभी टक शो भएपछि उनको चर्चा मात्र भएन, उनले अनेकौँ इम्मी अवार्ड  पनि पाइन् । १९९५ मा विन्फ्रेले अलाइस वाकरद्वारा १९८२ मा लिखित “द कलर पर्पल” उपन्यासमा बनेको फिल्ममा काम गरिन् । यसमा गरेको तारिफ योग्य अभिनयको कारण उनले त्यसपछि “द वुमेन अफ ब्रिउस्टार प्लेस” टिभी प्रस्तुति प्रशारण भयो । विन्फ्रेले त्यसपछि आफ्नै टिभी कार्यक्रम उत्पादक होर्पो कम्पनी नामको कम्पनी चलाइन् । कोनी मे फउलरको “बिफोर वुमेन ह्याड् विङ्ग्स्” १९९७ मा दर्शकमाझ आएपछि विन्फ्रेको चर्चा अभिनेत्री र निर्माताको रुपमा हुन थाल्यो । टोनी मोरिसनको चर्चित कृति  “विलभ्ड” मा आधारित चलचित्र १९९८ मा प्रदर्शित भएपछि त विन्फ्रेले आफूलाई सक्षम र अत्यन्त चर्चित अभिनेत्री भएको प्रमाणित गरिन् ।
सन् १९९८ मा विन्फ्रेले आफ्नो अक्सिजन मिडिया नामको अर्को संस्था पनि सञ्चालन गरेर महिलाको लागि केवल टिभी नेटवर्क सञ्चालन गरिन् ।
हाल विन्फ्रे अनेकौँ मानवीय कार्यमा व्यस्त छिन् ।  उनको ओप्राह एन्जेल नेटवर्कले यस्तै कार्य गर्छ र दीन–दुःखीको लागि सहयोग पनि गर्छ । सन् २००७ मा उनले दक्षिण अफ्रिकाका बेसहारा केटीहरुका लागि स्कूल खोलिन् । उनी बाल दुव्र्यवहार र महिला अधिकार सम्बन्धी आवाज बुलन्द पार्ने नारी  भएकोले  उनले अनेकौँ अवार्ड र प्रशंसा पत्रहरु पाइसकेकी छिन् ।
१९९६ मा उनले बुक क्लब भनेर हप्तामा दुईदेखि चारवटा किताबहरुको चर्चा गर्ने टिभी कार्यक्रम पनि सञ्चालन गरिन् । छनोट गरिएका हरेक पुस्तकहरु बेस्ट सेलर भएपछि उने पुस्तक प्रकाशकहरुबाट पनि अत्यन्त सम्मान र सहृदयता पाइन् । त्यसपछि उनले प्रकाशनको काम पनि गर्न थालिन् । सन् २००० मा उनले “ओ, द ओप्राह म्यागेजिन” र २००४ मा “ओ एट होम” पनि प्रकाशित गरिन् । सन् २००६ देखि आफ्ना साथीहरुसँग मिलेर स्याटेलाइट रेडियो पनि उनले चलाइरहेकी छिन् । उनी  संसारकै धनी महिलाहरुमध्ये एक हुन् । आज उनीसँग नाम र दाम दुवै सञ्चारमै लागेर उपलब्ध छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.