धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन्


समाजमा लुकेर होस या ता खुलेर सबै भन्दा बढी पढिने बिषय सेक्स नै हो । चाहे यो तथ्यलाई कसैले स्वीकार गरोस् या नगरोस । त्यसैले यस बिषयमा शोधहरु पनि धेरै हुने गर्छन ।शोधहरु जति धेरै हुने गर्छन् त्यति नै नयॉ नयॉ तथ्य पनि सार्बजनिक हुन्छन् । यस्तो शोधहरुबाट कतिपय अवस्थामा एउटै बिषयमा फरक फरक कुराहरु पनि आउने गर्छन् जसलाई पत्याउन गाह्रै पर्छ । तर तल उल्लेखित तथ्यहरु अनुसन्धानबाट प्राप्त तथ्यहरु त हुन तर समाजमा रहेका अन्धविश्वासहरु । अझै पनि समाजमा तलका यी कुरामा विश्वास गरिन्छ ।
१. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन । २. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन । ३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन । ४. एस्पिरिनले गर्भाधारण रोक्छ । ५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन । ६. .महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन । ७. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ । ८.महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नै सक्दैनन्, आनन्द प्राप्त गरेको नाटक मात्र गर्छन् । ९.धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् । १०.अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ । ११. एउटा भन्दा दुइओटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द प्राप्त हुन्छ । १२. केटा मान्छे १८ वर्षको उमेरमा यौन क्षमताको चरमचुलीमा पुगेका हुन्छन् । १३. जति लामो समयसम्म सेक्स गर्‍यो स्वास्थ्यका लागी त्यती नै राम्रो ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.