बाढी पीडितको काँधमा बसेर रिपोर्टिङ गर्ने पत्रकारको जागिर चट्

नयाँदिल्ली, असार १३ । भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा आएको बाढीको समाचार संकलन गर्न गएका भारतको एक टेलिभिजन च्यानलका सन्चारकर्मीलाई समाचार संकलनकै कारण जागिरबाट बर्खास्त गरिएको छ । बर्खास्त गरिएको कारण भने अलि अनौठो छ । भारतको उत्तराखण्डबाट उद्दार गरिएका एक ब्यक्तिको काँधमा चढी भारतको ‘न्युज एक्सप्रेस’ टेलिभिजनमा कार्यरत नारायण परागाईं नामक सञ्चारकर्मीले समाचार सम्प्रेशन गरेका थिए । पीडितको काँधमाथि चढेको भिडियो सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भएको थियो । बाढी पीडितको पीडामाथि खेलवाड गरेको भन्दै विश्वभर आलोचना भएपछि ती सञ्चारकर्मीलाई जागिरबाट बर्खास्त गरिएको बीबीसीले जनाएको छ । टिभी प्रशासनले परगाईंलाई ‘गम्भीर दुव्र्यवहारमा दोषी’ ठहर गरेको छ । यसअघि परगाईंले बाढीग्रस्त क्षेत्रमा पानीभित्रै पीडितको काँधमा बसेर क्यामरा अगाडि रिर्पोटिङ गरिहेको भिडियो यु–ट्युवमा सार्वजनिक भएको थियो । अर्कोतर्फ टिभी प्रशासनले भने परगाईंको उक्त भिडियो दृष्य आफूहरुले प्रशारण नगरेको दाबी गरेको छ । टिभीले उक्त भिडियो कसरी वेबसाईटमा पुग्यो भन्ने विषयमा भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएको जनाइएको छ ।


0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.