तौल घटाउन सकिन्छ !


तपाईलाई थाहा भएकै कुरा हो कि तौल घटाउनका लागि नियमित व्यायाम र खानपानमा उचित ध्यान दिनुपर्छ । तर नयाँ अध्ययनले यो पनि देखाएको छ कि केही रमाइला उपायहरु अपनाउनाले पनि तौल घटाउन सकिन्छ । हामीले त्यसलाई विश्वास नगर्न पनि सक्छौं । तर आफ्नो नियमित व्यायामका साथ यी केही प्रमाणित उपायहरु पनि अपनाउनुस् जसले तपाईलाई अझ चाँडो तौल घटाउन सहयोग पुग्छ । ♥ चक्लेट खानुस क्यालिफोर्नियाको विश्वविद्यालयका वैज्ञानिकहरुले लगभग १ हजार जना मानिसहरुमा गरेको अध्ययनले दैनिक रुपमा चक्लेट खाने व्यक्तिहरु कहिलेकाही मात्र चक्लेट खाने भन्दा तुलनात्मक रुपमा पातलो रहेको पाइयो । जसले दैनिक चक्लेट खाँदा मोटोपन घटाउन मदत पुग्छ भन्ने बुझिन्छ । पपकर्नस्क्र्याटन विश्वविद्यालयको अध्ययन अनुसार पपकर्नमा फलपूmल तथा तरकारीहरुमा पाइने विभिन्न एन्टीअक्साइडहरु पाइन्छ । जसमा थोरै मात्र तेलको प्रयोग गरिन्छ भने प्रशस्त मात्रामा क्यालोरी पाइन्छ । ♥ रक्सी सेवन नयाँ अध्ययनअनुसार दैनिक दुई ग्लास रक्सी वा रेड वाइन खाने महिलाहरु रक्सी सेवन नगर्नेहरु भन्दा ३० प्रतिशत कम तौल भएको पाइयो । ♥खानाको सुगन्ध लिनुस एक अध्ययनले देखाए अनुसार खानाको सुघेँर खाँदाखेरीे पनि खानामा रुचि कम हुन्छ । त्यसैले जब तपाइ खाना खान थाल्नुहुन्छ तब खानाको गन्ध लिनुस् जसले तपाईंलाई थोरै खान मदत पुग्छ । ♥कफिको दाना सेवन स्क्र्याटन विश्वविद्यालयको अनुसार कफिको दानाको सेवनले पनि तौल कम गर्न मदत गर्छ । जसले पेटमा चिल्लो र ग्लुकोजको मात्रालाई सन्चीत गर्नबाट रोक्छ । त्यसको स्वाद तितो हुनाले चक्लेटसँग एक वा दुई दानाको सेवन लाभदायक हुन्छ । ♥पानीको बोतल साथमा लिनुस स्क्र्याटन विश्वविद्यालयको अध्ययनअनुसार हातलाई ठण्डा राख्दाखेरी तपाई लामो समय सम्म व्यायाम वा काम गर्न मदत पुग्छ । जसले तपाईलाई तौल घटाउनको लागि सहयोग पुग्छ । त्यसैले काम गर्दाखेरी सम्भव भएसम्म पानीको बोतल हातमा लिनुस । ♥व्यायामबाट आराम लिनुस विशेषज्ञहरुका अनुसार नियमित व्यायाले तपाईको शरीरलाई थकान वा पिडा हुन जान्छ । त्यसको लागि नियमित व्यायामबाट हप्तामा एक वा दुइ दिनको आराम लिनाले तपाईमा पुनर्ताजगी आउँछ । र पुन नियमित काममा फर्किनका लागि स्पूmर्ति प्राप्त हुन्छ । ♥एक पिस चिज कम खानुस अनुसन्धानकर्ताहरुका अनुसार तपाईले हरेक दिन तौल कम गर्नका लागि १० क्यालोरी खाना कटौती गर्नुभयो भने पनि मोटोपनलाई नियन्त्रणमा राख्न मदत पुग्छ । ♥साथीसँग व्यायाम गर्नुस ब्राउन विश्वविद्यालयका अनुसार एक्लै शारिरीक व्यायाम गर्ने व्यक्ति भन्दा समूहमा व्यायाम गर्ने व्यक्तिले धेरै तौल घटाएको पाइयो । त्यतिमात्र होइन, सामुहिक व्यायामको आयोजना गर्ने व्यक्तिले समूहमा सबैभन्दा बढी तौल घटाएको पाइयो । -एजेन्सीको सहयोगमा

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.