काँक्राको नियमित सेवनले कतिपय रोगबाट पनि जोगाउँछ


गर्मीले मुख सुकेको बेला काँक्रा खान पाउँदा कसलाई पनि आनन्द आउँदैन र ? खाना खाँदा सलादको रुपमा काँक्रा चपाउन पाउँदा अझै आनन्द आउँछ । काँक्रा खानमा जति स्वादिलो हुन्छ यो उतिधेरै लाभकारी पनि हुन्छ । काँक्राको नियमित भोजन स्वास्थ्यका लागि निकै लाभदायी रहेको विज्ञहरु बताउँछन् ।काँक्रामा पर्याप्त मात्रामा पानी पाइन्छ । काँक्रामा ९६ प्रतिशत पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रामा भिटामिन बी, भिटामिन सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ । काँक्राको नियमित सेवनले कतिपय रोगबाट पनि जोगाउँछ । काँक्राको नियमित भोजनले कब्जियत, पेटमा ग्यास भरिने, अम्लपना जस्ता समस्या कम गर्न सहयोग पूराउनुका साथै मोटोपनाबाट पीडितहरुका लागि समेत लाभप्रद हुन्छ । काँक्रा काटेर त्यसमा नुन तथा कागतीको रस मिलाएर खाँदा त्यसले खाना पचाउन मद्दत गर्छ । साथै, · काँक्रालाई काटेर पातलो पत्र -स्लाइस) बनाएर अनुहारमा लगाउँदा छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । यसले अनुहारको छालालाई चमकदार बनाउँछ । · पोलेको ठाउँमा काँक्राको पातलो टुक्रा दल्नाले दुखाइ कम हुनुका साथै फोका उठ्नबाट बचाउँछ । · आँखा सुन्निएको छ भने काँक्राको गोलाकार टुक्रा आँखामाथि केहीबेर राख्नुहोस्, नियमित यसो गर्दा सुन्निएको आँखा ठीक हुन्छ । · महिनावारीको गडबडी हुने महिलाहरुका लागि पनि काँक्राको सेवन लाभदायी हुन्छ । काँक्रालाई टुक्रा बनाएर त्यसमा दही मिसाउनुहोस् अनि त्यसमा पदिना, बिरे नुन, मरिच , जिरा तथा हिंग मिलाएर खानुहोस् त्यसले महिनावारीलाई नियमित बनाउनुका साथै महिनावारीका बेला हुने दुखाइ पनि कम गर्छ । · काँक्राको रसमा कागतीको रस मिलाएर अनुहारमा लगाउनाले अनुहार चमकदार हुन्छ । · काँक्रामा फाइबर पनि पर्याप्त हुने हुनाले यसले कब्जियतको समस्या दूर गरिदिन्छ । · काँक्राको रसमा गाजरको रस मिलाएर पिउनाले कपाल सुन्दर हुनुका साथै कपाल चम्किलो र लामो हुने विज्ञहरु बताउँछन् । · काँक्राको नियमित सेवनले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्ने हुनाले यो मधुमेहका रोगीहरुका लागि उत्तम हुन्छ । · काँक्राले सरीरमा कोलेस्टेरोलको मात्रा सन्तुलित गर्न मद्दत गर्छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.