धेरै पानी पिउनाले शरीरका अंगलाई हानी पुर्याउने


शरीरका लागि पानी अत्यावश्यक तत्व मानिन्छ । शरीरमा पर्याप्त मात्रामा भएको पानीले छालामा चमक आउनुका साथै तौलमा पनि सन्तुलन राख्छ । तर, चाहिने भन्दा बढी मात्रामा पानी पिउनु भने हानीकारक हुने तथ्य फेला परेको छ । धेरै पानी पिउनाले शरीरका अंगलाई कष्ट पुर्याई हानी पुर्याउने गर्दछ । १. चाहिनेभन्दा धेरै पानी पिउनाले मिर्गौलामा दबाब पर्न जान्छ जसले मिर्गौलाको रोग निम्त्याउन सक्छ । २. पानीको ओभरडोजका कारण मुटुमा पनि असर गर्ने तथ्य प्रस्तुत गरिएको छ । धेरै पानी पिउनु हृदयघातको कारक बन्ने सम्भावना हुन्छ । ३. धेरै जनाको सुतेर उठेपछि खाली पेटमा पानी पिउने बानी हुन्छ । खाली पेटमा पानी पिउनाले कतिपय अवस्थामा रुघा खोकी लाग्ने संभावना हुन्छ । ४. चाहिनेभन्दा बढी मात्रामा पानी पिउनाले हाम्रो शरीरको पाचन रसले काम गर्न छाड्छ । त्यसले गर्दा खाना पच्न निकै गाह्रो हुन्छ । कतिपय अवस्थामा खाना पच्न नसकेर पखाला लाग्ने पनि हुन सक्छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.