किन युवतीहरु आफुभन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन् ?


धेरै युवतीहरु आफुभन्दा पाको उमेरको अझ भनौ उमेर छिप्पिसकेको र निश्चित स्टाटस बनाइसकेको पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन् । बुढाहरुलाई मन पराउने युवतीहरुको यस्तो चरित्रलाई विज्ञहरुले सुगर ड्याडी सिन्ड्रोम भनेका छन् । भनिन्छ नी तन बुढो भएपनि मन बुढो हुँदैन । आखिर किन युवतीहरु पाका पुरुषलाई मन पराउँछन् त ? युवतीहरुले बुढाहरुसँग सम्बन्ध गाँस्न चाहने मुख्य कारण निम्नानुसार रहेका विज्ञहरुको मत छ ः १. सजिलो सेक्स ः पाका पुरुषहरु सेक्सको मामिलामा तन्नेरी युवाहरुजस्ता वाइल्ड हुँदैनन्, तथापि उनीहरुले पार्टनरलाई सन्तुष्टी दिने तरिका सिकेका हुन्छन् । त्यसैले युवतीहरु पीडा नपाइकन यौन सन्तुष्टी प्राप्त गर्न पाका पुरुषको संगत गर्छन् । २. अभिभावक ः युवतीहरु आफ्नै उमेरको युवा भन्दा आफुभन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध गाँस्न चाहनुको अर्को कारण त्यस्ता पुरुषबाट अभिभावकत्वको अनुभुति गर्न सक्नु पनि हो । पाका पुरुषबाट युवतीहरुले सुरक्षाको अनुभुति गर्न सक्छन् । ३. रोमान्स ः सेक्समा रोमान्सको मामिलामा पाका पुरुषहरु बढि उदार हुन्छन् । कम उमेरका पुरुषहरु रोमान्सको मामिलामा स्वार्थी हुन्छन् र पार्टनरको चाहनालाई ख्याल गर्दैनन् । तर पचासको हाराहारीमा पुगेका पुरुषहरु कुनै इगो र स्वार्थ बिना नै पार्टनरसँग रोमान्समा लिप्त हुन्छन् र भरपूर आनन्द प्रदान गर्छन् । सायद पाका पुरुषको यहीँ चरित्रका कारण युवतीहरु उनीहरुप्रति आकषिर्त हुन्छन् । ४. पैसा ः पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने उखानै छ । त्यसैले यो उखान यो धर्तिका कुनै युवतीहरुमा लागु नहुने कुरै भएन । युवतीहरु पाका उमेरका पुरुषप्रति आकषिर्त हुनुको मुख्य कारण आर्थिक मामिला पनि हो । स्टाटस बनाइसकेका पाका पुरुषहरु आर्थिक मामिलामा सबल हुन्छन् जसका कारण उनीहरुले पार्टनरको आवश्यकता पूरा गरिदिन सक्छन् । उमेरले बुढो भएपछि साथमा गाँठ भएको पुरुषले आफुलाई उपहारले नुहाइदिन सक्छ भन्ने अभिलासामा पनि कतिपय तरुनीहरु बुढापाकासँग मायाजालमा फस्ने गर्छन् । ५. समय र साथ ः पाका पुरुषले आफ्नी पार्टनरलाई खुसी राख्न हरतरहले प्रयास गरिरहन्छन् । घर्कँदो उमेरमा सहाराको रुपमा रहेकी पार्टनरलार्य खुसी राख्नु उनीहरुको एकमात्र ध्यय रहन्छ । उनीहरु एक किसिमले निवृत्त जस्तो हुने भएकाले जागिरमा उतिसारो समय बिताउनु पर्दैन जसका कारण उनीहरुले पार्टनरलाई धेरै समय दिन सक्छन् । जबकी युवाहरु जागिरमा जानुपर्ने र करिअरको समेत चिन्ता हुने भएकाले पार्टनरलाई उतिसारो समय दिन सक्दैनन् । त्यसैले पनि युवतीहरुको रोजाइमा पाका उमेरका पुरुष पर्छन् ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.