सुरक्षित सेक्स गर्दा हुने फाइदाहरु


हरेक मानिसको लागि सेक्स अनिवार्य आवश्यकता नै हो । यो प्रकृतिले दिएको यस्तो चिज हो केही अपवाद बाहेक हरेक व्यक्ति चाहेर वा नचाहेर पनि यसको आकर्षणमा पर्न जान्छ । अझ सर्च इन्जिन गुगलले सन् २०११ मा सेक्ससम्बन्धि सामाग्री खोजी गर्ने देशहरुको सुचि तयार पार्दा नेपाल दशौं नम्बरमा थियो । त्यसबाट नेपालीहरुको सेक्ससम्बन्धि परम्परागत धारणाहरु बदलिदै गएको र अझ भनौं नेपालीमा सेक्सुअल प्रवृत्ति बढीरहेको देखाउँछ । सेक्स गर्नु पक्कै पनि नराम्रो होइन तर हरेक सेक्स वा यौनसम्पर्क सुरक्षित हुन भने एकदमै जरुरी रहेको छ । सुरक्षित सम्पर्क गर्दाखेरी मानिसलाई शारिरीक एवम मानसिक रुपमा फाइदा पनि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । ती केही फाइदाहरु यहाँ दिइएको छ । सेक्स गर्दा हुने फाइदाहरु Ø सम्भोगले तपाईंलाई प्रशन्न बनाउछ । स्टेट युनिभर्सिटि अफ न्युयोर्क र युनिभर्सिटी अफ लिभरपुलले गरेको एक अध्ययनमा विर्यमा मानिसहरुको मनोदशा उत्तेजित गराउने रसायनहरु समेत पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानले यो पनि देखाएको छ कि, जुन महिलाहरु सँधै कन्डमको प्रयोग गर्छन वा जो सेक्सबाट टाढै रहन्छन् उनीहरुमा भन्दा यौनमा सक्रिय महिलाहरु जसले कहिले पनि कन्डमको प्रयोग गर्दैनन् उनीहरुमा तनावपूर्ण लक्षणहरु निकै कम देखिएको प्रतिवेदनमा उल्लेख छ । Ø सम्भोगले तपाईलाई रुघा लाग्नबाट बचाउँछ । विल्क्स युनिभर्सिटीका वैज्ञानीकहरुले विद्यार्थीहरुमा गरेको एक अध्ययनअनुसार विद्यार्थीहरु जो हप्तामा एक वा दुइपटक यौनसम्पर्क गर्छन उनीहरुमा इम्युनोग्लोबुलिन ए वा आइजिए को मात्रा अत्यधिक मात्रामा पाइयो जसले रुघा तथा अन्य संक्रमणहरुबाट बचाउँछ । Ø सम्भोगले प्रोस्टेट ग्रन्थीको क्यान्सरको जोखिम कम गराउँछ । अमेरिकन मेडिकल एसोसिएसनको पत्रिकामा प्रकाशित एक अध्ययनले यो बताएको छ कि, महिनामा जति बढी सम्भोग गर्छ वा विर्य निष्काशित गर्छ उति नै प्रोस्टेट ग्रन्थीको क्यान्सरको जोखिम कम हुन्छ । Ø सम्भोगले तौल कम गराउन मदत गर्छ । सम्भोगले खानाले उत्पादन गराउने हर्माेनहरु इन्डर्फिन र अक्सिटोसिन जस्ता आनन्द अनुभूत गराउने हर्मोनहरु उत्पादन गराउँछ । जब तपाई सम्भोग गरिरहनुभएको हुन्छ, तपाईंको मष्तिस्कले सन्तुष्टिको अनुभुति गरिरहेको हुन्छ र यसले तपाईलाई खाना खाने संकेतहरु पठाउन रोक्दछ । साथै, अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययनमा भनिएको छ कि सम्भोगले ८५ देखि २५० क्यालोरी शक्ति खर्च गराउँछ । Ø सम्भोगले मृत्युदर घटाउँछ । हार्भर्ड मेडिकल स्कूलले यो पत्ता लगाएको छ कि मानिसहरु जो हप्तामा ३ वा बढी पटक यौनसम्पर्क गर्छन उनीहरुको मृत्युदरमा ५० प्रतिशतले कमी आएको छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.