नेपाल प्रहरीमा १३८ इन्स्पेक्टर र छ हजार जवानको जागिर खुल्यो


नेपाल प्रहरीले एक सय ३८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र छ हजार एक सय प्रहरी जवान खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ । दरखास्त आगामी साउन ४ गतेसम्म लिने गरी विज्ञापन गरिएको छ । समावेशी आधारमा खुलाइएको भर्ना गरिने भएको छ । इन्स्पेक्टर खुलातर्फ ७६ र समावेशी आधारमा ६२ जना भर्ना गरिने भएको छ । समावेशीतर्फ आदिवासी जनाजाति २० जना, मधेशी १७ जना, महिला १३ जना, दलित ९ जना र पिछडिएको क्षेत्रबाट ३ जना भर्ना गरिने भएको छ । त्यस्तै प्रहरी जवान खुलाबाट ३३ सय ५५ जना र समावेशी आधारमा २७ सय ४५ जना भर्ना गरिने भएको् छ । यस अनुसार आदिवासी जनजाति ८ सय ७८, मधेशी ७ सय ६९, महिला ५ सय ४९, दलित ४ सय १२ र पछडिएको क्षेत्रबाट एक सय ३५ जना भर्ना गरिने भएको छ । सूचनाका लागि यहाँ क्लिक गर्नुहोस http://www.nepalpolice.gov.np/images/vacancy_result/vacancy-2070-03-05.pdf

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.