नेपाली युवतीको अद्भूत कला


अमेरिकामा बस्दै आएकी नेपाली युवती प्रतिज्ञा (प्रमिस) तामाङ फानले विश्वलाई नै चकित पार्ने मेकअप कला देखाउँदै आएकी छन् । उनी कुनै व्यवसायिक मेकअप आर्टिस्ट होइनन् तर उनको कला हेर्दा उनी असाधारण प्रतिभा भएकी नेपाली युवती हुन्, जसले संसारलाई नै चकित पारेकी छन् । उनी संसारमा आफूलाई मन परेका प्रसिद्ध कलाकार तथा व्यक्तित्व झल्काउन आफैं मेकअप गर्छिन्, त्यो मेकअपपछि उनी त्यही कलाकार वा प्रसिद्ध व्यक्तित्वभन्दा भिन्न देखिन्नन् । यी युवतीको अद्भूत मेकअप कलाका बारेमा प्रसिद्ध बेलायती अखबार द सन, डेली मेललगायत धेरै पत्रपत्रिकाले लेखेका छन् र फोटो छापेका छन् । उनले यस्तै मेकअप गरेर फोटो राखेको फेसबुक पेजमा तीन लाख १२ हजारभन्दा बढीले लाइक गरेका छन् । उनले आफ्नो कलाको भिडियो खिचेर युटुवमा पनि राखेकी छन् । युटुवमा उनको भिडियो लाखौं दर्शकले हेरेका छन् । तामाङले यस्तो मेकअपका बारेमा कतै प्रशिक्षण लिएकी पनि होइन् । आफ्नो सानैदेखिको सोखका कारण यस्तो मेकअप कला आफैले सिकेको बताउने यी युवतीले आफ्नो कलाको प्रशंसा गर्ने परिवारका सदस्य तथा शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् । उनले विश्व प्रसिद्ध चित्र मोनालिसा, कलाकार माइकल ज्याक्सन, एन्जलेना जोली, जस्टिन विवर, केटी पेरी, जेसिका र्याविट, रिहन्ना, टेलर स्विफ्ट, निक्की मिनेज, डेनिस राजकुमारीलगायतका भेष धारण गरेर संसारलाई चकित पारेकी छन् । उनले यी कलाकारका रुप धारण गरेर खिचेको फोटो हेर्दा वास्तविक कलाकार र ती फोटोमा कुनै भिन्नता देखिदैन ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.