तनावका कारण पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा हुन्छ

सामान्य तनाव सबै व्यक्तिलाई हुन्छ । खासगरी कामको चाप तथा घटना परिघटना र जिवनशैलीका कारण तनाव उत्पन्न भइरहन्छ । तनाव व्यवस्थापन योग्य हुनुपर्छ । तनाव सन्तुलित हुनुपर्छ र यो अधिक तनावको स्तरमा अर्थात् नियन्त्रण गर्न नसकिने स्तरमा पुग्यो भने त्यसले मानिसको शारीरिक तथा मनोवैज्ञानिक अवस्थामा नकारात्मक असर पूराउँछ । तनावबाट पुरुषमा उत्पन्न हुने केही जटिलता निम्न छन् : तनावयुक्त पुरुषमा अनुहारको आकर्षण घट्छ । खासगरी तनावका बेला पुरषको सरीरमा टेष्टेस्टेरोन हर्मोन अर्थात् सेक्स हर्मोनको उत्पादन कम हुने भएकाले पुरुष कम यौनाकर्षक बन्दछ । युवाहरुका लागि अनाकर्षक बन्नु अवश्यपनि चिन्ताको विषय हो र यसले झनै तनाव थपिदिन्छ । तनावका कारण पुरुषहरुमा मुटुसम्बन्धि विभिन्न रोगको जोखिम बढ्छ । अधिक तनाव तथा चिन्ताका कारण पुरुषमा यौन उत्तेजनामा गडबडीको समस्या पनि उत्पन्न हुने खतरा हुन्छ । लामो समयसम्म तनाव झेलिरहने पुरुषहरुको शुक्रकिटमा पनि असर पर्छ । पिताको शुक्रकिटको जिनमा पर्ने असरले भावी बच्चामा समेत प्रभाव पार्ने विज्ञहरुको भनाई छ । साथै तनावका कारण पुरुषहरुमा शुक्रकिटको संख्यामा पनि कमी आउने बताइन्छ । तनावका कारण पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा बढ्छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.