८ महिनाको उपचारपछि ‘हिरो


अमेरिकामा झण्डै ८ महिनाको उपचारपछि ‘हिरो’ को छवि बनाएको एक फिलिपिनो कुकुर स्वदेश फर्किएको छ । दुई बालिकाको ज्यान बचाउने क्रममा एक घटनामा कबांग नाम गरेको यो कुकुरको अनुहारको आधा भाग काटिएको थियो । तिब्र गतिमा गुडिरहेको मोटरसाइकल आफ्ना मालिकको छोरी र भतिजीतर्फ आएको देखेपछि कुकुरले बाटो छेकेको थियो । घटनामा अनुहारको आधा भाग काटि्टएपछि कुकुरलाई उपचारमा लागि अमेरिका लगिएको थियो । जहाँ ८ महिनाको सफल उपचारपछि कुकुर आफ्नो देश फिलिपिन्स फर्किएको छ । कुकुरलाई अस्पताल भर्ना गरिएको समाचार आएपछि धेरै मानिसको ध्यान तानियो । उसका लागि २७ हजार डलर सहयोग समेत संकलन भएको थियो । ट्वीटर र फेसबुकबाट समेत आर्थिक संकलनका लागि अभियान चलाइएको थियो । समाचारमा जनाइएअनुसार ४५ देशबाट जुटेको आर्थिक सहयोगबाट कबांगको उपचार भएको हो । यूनिभर्सिटी अफ क्यालिफोर्नियामा कबांगको उपचार गरिएको थियो । उपचारपछि घर फर्किएको कबांगको सम्मानमा जाबोअंगा सिटीमा र्‍याली निकाल्ने तयारी भइरहेको छ ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.