शारीरिक सम्बन्ध राख्ने आदर्श समय के हो ?


शारीरिक सम्बन्धको चरम सुख प्राप्त गर्ने आदर्श समय के हो र यो कतिबेरसम्म चल्छ ? यस विषयलाई लिएर हालै ब्रिटेनमा सर्वेक्षण गरिएको थियो । शनिवार राति ११ बजेभन्दा पहिले गरिएको २३ मिनेटसम्मको सम्भोगले चरम आनन्द प्राप्त गरिएको थियो । समाचारपत्र सनको अनुसार सर्वेक्षणमा बढीभन्दा बढी व्यक्तिहरूले आफ्नो सहयात्रीसँग शारीरिक सम्बन्ध हप्ताको अन्त्यमा एकपटक (विकेन्ड)मा बनाउन मन पराएका थिए । यतिमात्र होइन सर्वेक्षणमा सहभागी आधाभन्दा बढी व्यक्तिका अनुसार हप्तामा एकपटक आफ्नो सहयात्रीसँग शारीरिक सम्बन्ध बनाउन चाहन्छन् । अनलाइन फार्मेसी यूकेमेडिक्स डट कमले गरेको सर्वेक्षणमा २ हजार व्यक्ति सहभागी थिए । सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत व्यक्तिले राति १० देखि ११ बजेसम्म शारीरिक सम्बन्ध राख्ने समय चुनेका थिए भने ६ प्रतिशतले मात्र बिहान ७ देखि ८ बजेको समय चुनेका थिए । सर्वेक्षणमा औसत ब्रिटिश चरम सुख प्राप्त गर्नुभन्दा पहिले पार्टनरसँग फोरप्ले गर्न मन पराउँछन् जबकि ७८ प्रतिशतले सेक्सको लागि बेडरूम सबैभन्दा राम्रो स्थान चुनेका थिए ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.