यौन क्रियालाई कायम राख्ने सबैभन्दा राम्रो उपाय


यौनकार्य एउटा शारीरिक संयोग हो। यौनचाहना सामान्य शारीरिक प्रवृत्ति पनि हो। वैवाहिक जीवन सुखी र सफल बनाउन सहवासले महत्वपूर्ण भूमिका निवाह गर्छ। सहवासबाट आनन्द मात्र प्राप्त हुँदैन, शारीरिक सुखका साथै स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन देखा पर्छ। यौन वैवाहिक जीवनको धरातल हो र यो महत्वपूर्ण क्रियाबाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ। स्वस्थ यौन जीवनले वैवाहिक जीवनमा सञ्जीवनीको काम गर्छ। नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेटस्थित न्यू-इल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। मानिसको यौन क्रियाका लागि जसरी सुविधाजनक बिछ्यौना आवश्यक हुन्छ, त्योभन्दा बढी आवश्यक हुन्छ सही खानपानको। मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् जुन बराबर व्यय हुन्छ र भोजनमा ती पदार्थको कमीले यौनलाई प्रभावित गर्छ, जसका कारण यौनशक्तिमा कमी आउँछ, मानिसले आफ्नो यौन जीवनबाट सोचेअनुरूपको सुख प्राप्त गर्न सक्दैन भने वैवाहिक जीवनसमेत धरापमा पर्छ। त्यसैले यौन जीवनलाई सुखी राख्न भोजनमा अनेक धातु र खनिज पदार्थरूको कमी हटाउनुपर्ने हुन्छ। यौन सुखबाट वञ्चित नहुन भोजनमा त्यस्ता खानपान प्रयोग गर्नुपर्ने हुन्छ जसले यौन ऊर्जा बढाउँछन् र सहवासबाट पर्याप्त सुख र आनन्द प्राप्त हुन्छ। तैलिय खाद्यसामग्रीभन्दा अंकुरित अन्न बढी पौस्टिक हुन्छन्। अंकुरित अन्नबाट यौन हार्मोन सहज रूपमा प्रभावित हुन्छन्। तैलिय खाना खाने दम्पतीले यौन क्रियाको पर्याप्त आनन्द अनुभव गर्न सक्दैनन्, त्यसैले भोजनमा घिउ, रातो मासु, समुद्री माछा एवं नरिवलको तेल प्रयोग गर्नु हुँदैन। कुखुराको फिला पनि उपयुक्त हुँदैन भने अन्डाको पहेंलो भाग पनि लाभदायक हुँदैन। यदि माछामासु खानु छ भने त्यसलाई बफ्याएर खानुपर्छ। तैलिय खानाको सेवनले रगत गाढा भएर रक्तसञ्चारको गति मन्द हुन्छ, जसले मधुमेह एवं हृदयघातको खतरा बढ्छ।
हामीले खाने आहारमा यौन हार्मोनलाई प्रभाव पार्न सक्ने अनेकन तत्त्व हुन्छन्। त्यसैले ती कुरा सेवन गर्नुपर्छ, जसले हाम्रो यौन जीवनलाई सुमधुर, सुदृढ एवं सुखी बनाउँछन्। स्वस्थ र सुमधुर सहवासका लागि धेरैभन्दा धेरै फलफूल, हरिया सागसब्जी तथा अंकुरित अन्न सेवन गनर् ुपर्छ। फलफूल एवं सागसब्जीले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छन्। अंकुरित अन्नमा भिटामिन 'ई' हुन्छ। अकुरित अन्नमा भएको पोटासियमले तनाव हटाउनुका साथै वीर्य पनि बढाउँछ। यौन विशेषज्ञहरूका अनुसार यौन क्रियालाई कायम राख्ने सबैभन्दा राम्रो उपाय हो, अल्पहार अर्थात् उमेरअनुरूपको खानपान। आफ्नो उमेरअनुरूपको खानपान वा पौस्टिक आहार ग्रहण गरे यौन ऊर्जामा वृद्धि हुनुका साथै यौनजीवन सुखी रहन्छ। मानिसको उमेर जति बढ्दै गयो त्यति नै यौन क्षमतामा कमी आउँछ। ३० वर्ष काटेका स्त्री-पुरुषले नुन र चिल्लो एवं गुलियो पदार्थ सकेसम्म कम सेवन गर्नुपर्छ । ४० को उमेरपछि घिउ-तेलको सेवन कम गर्नु एवं उमालिएका परिकार प्रयोग गर्नु राम्रो हुन्छ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.