अन्तरजातीय विवाह गरेको छोराको जिउँदै काजकिरिया


तपाई कोहि कसैसंग रिस उठ्यो भने के गर्नुहुन्छ । अझ आफ्नै परिवार वा नाता गोताका मान्छेसंग रिस उठ्यो भने के गर्नुहुन्छ । सायद नबोल्ने, सम्वन्ध तोड्ने अलि बढी नै भए केही मारमुंग्री नै चल्ला । तर पांचथरमा एक बाबुले छोराले परिवारको ईच्छा विपरीत अन्तरजातीय विवाह गरेको भन्दै काजकिरिया नै गरेका छन । लुम्फाबुङ-१ पाँचथरका जितबहादुर राईले जेठा छोरा भवेन्द्रको जिउँदै किरिया गरेका हुन । भवेन्द्रले सोही गाउँकी बद्रिका शंकरसँग गत जेठ २१ गते प्रेम विवाह गरेका थिए । विवाहकै कारणले उनको परिवारले भवेन्द्रको मृत्युपछिको संस्कार �निसुई� गरिदिएको हो । नव विवाहित दम्पती घरबाट विस्थापित भएर सदरमुकाम फिदिम बजारमा बसोबास गर्दै आएका छन् । सोचविचारका साथ नै अन्तरजातिय विवाह गरेको भएपनि परिवारले नबुझेको माओवादी कार्यकर्ता समेत रहेका भवेन्द्रको भनाई छ ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.