ग्लोबल-आइएमई बैंक ‘फोटो अफ दी इयर’


१४ असार, काठमाडौं । फोटो पत्रकार क्लबको आयोजनामा भएको नेपाल फोटो कन्टेस्टमा फोटो पत्रकार शैलेन्द्र खरेलले खिचेको फोटो ग्लोबल-आइएमई बैंक ‘फोटो अफ दी इयर’ घोषित भएको छ । प्रतियोगितामा साढे ७ हजार तस्वीरलाई पछि पार्दैश शैलेन्द्रको फोटो सर्वोत्कृष्ट बनेको हो । शैलेन्द्रले यो तस्वीर मुस्ताङको लेतेमा २०१० अक्टोबरमा खिचेका हुन् । तस्वीरमा स्थानीय महिला पहिरोले सडक अवरुद्ध भएपछि अगाडी हेर्दैछन् । नेपाल स्माईल बिधा ‘पिएलओ लुबि्रकेन्टस नेपाल स्माईल’मा पहिलो भएको सिजन कार्कीको फोटो । दोस्रो भएको यो तस्वीर निश्चल ओलीले खिचेका हुन् । गोदावरीमा फुटपाथमा पाठोसँग खेल्दै । तेस्रो भएको नारायण महर्जनको तस्वीर । नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर दीपेन्द्र महर्जनको फोटो विजेता । यो तस्वीर जाउलाखेलस्थित चिडिया खानामा खिचिएको हो । यात्रा थुलुङको यो फोटो दोस्रो भएको छ । कीर्तिपुरको टौदहमा खिचिएको दिनेश गोलेको यो तस्वीर तेस्रो भएको छ । दया फाउन्डेसन कल्चर तथा टुरिजम संजोग मानन्धरको यो तस्वीर यो विधामा पहिलो भएको छ । यो तस्वीर माधव नारायण पर्वको पहिलो दिन सालीनदीमा खिचिएको हो । विस्केट जात्राको यो तस्वीर विशाल गौतमले क्यामरामा कैद गरेका हुन् । तेस्रो भएको यो तस्वीर रजेन्द्र केसीले खिचेका हुन् । तस्वीरमा काठमाडौंका नेवार युवतीहरुको संस्कृति देखाइएको छ । डेली लाईफ स्कुल बस कुदै गरेकी एक बालिकाको यो तस्वीर यो विधामा पहिलो भएको छ । यसलाई सुरज श्रेष्ठले पोखरामा खिचेका हुन् । पद्यमसागर कक्षपतिको यो तस्वीर दोस्रो भएको छ । तस्वीरमा हनुमानढोकामा मलेवालार्इ चारो दिँदै एक भिक्षु हुन् । दिवाकर मास्केको यो तस्वीर तेस्रो भएको छ । भक्तपुरको एक पर्वमा देखिएको दृश्य हो यो । न्यूज फोटो यो तस्वीर शैलेन्द्रको हो । मनोहरा नदी किनारमा भएको जहाज दुर्घटनाको हो, जहाँ साइकल यात्री हेरिरहेका छन् भने आकासमा अर्को प्लेन उडिरहेको छ । अशोक दुलालको यो तस्वीर दोस्रो भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरलाई उद्धार गर्दै प्रहरी । निराजन श्रेष्ठको यो तस्वीर प्रदर्शन भएको छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.