कडा व्यायाम भन्दा दिनहुँ हिडडुल गर्नु निकै फाइदा


यदि सरीर सुगठिलो तथा तन्दुरस्त र स्वस्थ बनाउन भन्दै जिमखाना वा अरु कुनै व्यायामशाला जान थाल्नुभएको छ भने पख्नुहोस् । तन्दुरस्ती तथा स्वास्थ्यका लागि जिमखानाको कडा व्यायाम भन्दा दिनहुँ हिडडुल गर्नु निकै फाइदाजनक हुन्छ । वैज्ञानिकहरुले यो प्रमाणित गरेका छन् की लामो दूरीको हिँडाइ कडा व्यायाम भन्दा फाइदाजनक तथा प्रभावकारी हुन्छ । दिनहुँ सामान्य हिँडडुल गर्ने र हल्का परिश्रम गर्ने मानिसको रगतमा इन्सुलिनको मात्रा सन्तुलित हुनुका साथै रगतमा बोसोको परिमाण पनि नियन्त्रित हुने विज्ञहरुको भनाइ छ । यसले मानिसलाई मधुमेह तथा मोटोपनाको खतराबाट जोगाउँछ । नेदरल्याण्डका शोधकर्ताहरुले १९ देखि २४ वर्ष उमेर समूहका युवायुवतीमागरेको अध्ययनले यस्तो देखाएको हो । त्यसक्रममा उनीहरुले १८ जना युवायुवतीलाई ३ समूहमा विभाजन गरे । ती मध्ये एक समूहकालाई १४ घण्टासम्म कुनै व्यायम विनै राखियो । दोश्रो समूहकालाई १३ घण्टासम्म आराम दिएर १ घण्टा निकै कडा व्यायाम गराइयो भने अर्को समूहकालाई ६ घण्टा आराम, ४ घण्टाहिँडडुल तथा २ घण्टा उभिन लगाइयो । निश्चित समयपछि ती तिनवटै समूहका युवायुवतीको रगत परीक्षण गरियो । त्यसक्रममा तेश्रो समूहका युवायुवतीको रगतमा अरु दुइ समूहकोमा भन्दा कोलेस्टेरोल र लिपिडको मात्रामा निकै सुधार आएको पाइयो । शोधकर्ता टोलीका प्रमुख डाक्टर हान्स सेभेलबर्ग भन्छन्, दिनमा एक घण्टा कडा व्यायाम गर्दैमा त्यसले सरीरलाई फाइदा गर्दैन यदि अरु बाँकी समयमा निस्कृय बसियो भने । तर यदि नियमित तथा आरामदायी हल्का हिँडडुल गरेर दिनैभरी सक्रिय बन्ने हो भने त्यो कडा व्यायाम भन्दा स्वास्थ्यको लागि बढि प्रभावकारी हुन्छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.