लोकसेवा आयोगले स्वास्थ्य सेवाका पाँचौ र चौथो तहमा १६ सय ५० दरबन्दीका लागि विज्ञापन


काठमाडौं : लोकसेवा आयोगले स्वास्थ्य सेवाका पाँचौ र चौथो तहमा १६ सय ५० दरबन्दीका लागि विज्ञापन गरेको छ । खुला र समावेशी दरबन्दीका लागि गरिएको विज्ञापनमा दरखास्त दिने अन्तिम मिति सामान्य दस्तुरमा आगामी साउन १ गतेसम्म र दोब्बर दस्तुरमा साउन ८ गतेसम्म छ । लोकसेवा आयोगका सबै क्षेत्रीय कार्यालयअन्तर्गत खुलाइएको विज्ञापन बुधबारको सरकारी पत्रिका गोरखापत्रमा प्रकाशित गरिएको छ । विज्ञापन गरिएका दरबन्दीमा स्टाफ नर्स, अनमि, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, मेडिकल रेकर्ड सुपरभाइजर, रेडियोग्राफी सुपरभाइजर, अहेब, ल्याब टेक्निसियन, डार्क रुम असिस्टेन, आयुर्वेदलगायत छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.