गरिबी के हो? कसरी गर्ने न्यूनीकरण?–डा. गोविन्दबहादुर थापा


गरिबीको लक्षण गरिबी कुपोषण, अशिक्षा, न्यून औषत आयु, न्यूनस्तरको बासस्थान, कमजोर स्वास्थ्य अवस्था आदिमा प्रतिविम्बित हुन्छ। ग्रामीण वा कृषि क्षेत्रको गरिबी लुकेको हुन्छ र त्यो असंगठित र संगठित आवाज दिन नसक्ने हुन्छ। तर शहरी क्षेत्रको गरिबीभने धेरै जसो सतहमा छरपष्ट देखिने, संगठि तर त्यसै अनुरुपको आवाज दिन सक्ने हुन्छ। ग्रामीण क्षेत्रको गरिबी धेरैजसो खेतीयोग्य जमिन कम भएको, भएको जमिन पनि कमसल खालको भएको, एक्लिएको (आईसोलेटेड) स्थानमा बसोबास रहेको हुन्छ। गैह्रकृषि क्षेत्रमा ज्यालाको रोजगारीका अबसरको अभाव भएको, भएका अबसर पनि नियमित नभएको वा मौसमी खालको भएको हुन्छ। शहरी क्षेत्रको गरिबी धेरैजसो झोपडपट्टी (स्लम)मा, ठूलो हुलमूलमा, अस्वस्थकर, प्रदुषित र दुर्गन्धित अवस्थामा, फोहोर पानी भएको, बासस्थान गैह्रकानुनी जमिनमा भएकोले कुनै पनि बेला जबर्जस्ती हटाईन सकिन्न, र धेरैजसो नदी, खोलाका किनारमा बाढी र पहिरोको त्रास रहिरहने ठाउँमा रहेको हुन्छ। तिनका सन्तान धेरै हुने र कुपोषणयुक्त, स्कुल नजाने र फोहोरमा खेल्ने हुन्छन्। त्यसैले उनीहरूको स्वास्थ्य अत्यन्त कमजोर मात्र होईन उनीहरू मध्ये धेरै विभिन्न रोगबाट संक्रमित पनि हुन्छन्। त्यसैले उनीहरू श्रमबजारमा पनि बिक्रीहुन सक्दैनन्। उनीहरूको जीवन परिवारको काम गर्न सक्ने पुरुषमाथि पूर्णरुपमा निर्भर हुन्छ। श्रम बिक्री बाहेक उनीहरूको अरु आय स्रोत नहुने भएकोले परिवारको काम गर्ने मानिस असक्त भएको अबस्थामा त्यो परिवार गम्भीर संकटमा पर्दछ। त्यसैले शारीरिक श्रम गर्न नसक्ने बुढा बुढी र विकलांगहरूको बोझ समेत उनीहरूले नै बोक्नु पर्ने हुन्छ। गरिब परिवारको आफ्नै जमिन नहुने र भए पनि धितोको रुपमा स्वीकार नगरिने खालको भएकोले उनीहरू बैंक तथा बित्तीय संस्थाहरूबाट कर्जा पाउन योग्य हुदैनन्। उनीहरू हरबखत खराब स्व्ाास्थ्य, भुखमरी र प्राकृतिक प्रकोपको जोखिममा बाँचरहेका हुन्छन्। उनीहरू सरकारी निकायहरू र समाजबाट तिरस्कृत भई रहन्छन्। उनीहरूको कहीँ पनि कुनै पनि किसिमको पहँ145च हुदैन। त्यो अबस्थाबाट मुक्ति पाउन उनीहरूलाई सम्भव हुँदैन। उनीहरूले सरकारी र सामुदायिक संस्थाहरूबाट प्रदत्त सेवा सुविधा लिन सक्क्दैनन्। सामाजिक कृयाकलाप र अन्तर्क्रियाहरूबाट उनीहरू आर्थिक, लैंगिक, जातीय, साम्प्रदायिक आदि आधारमा अलग्याईन्छन्। उनीहरू युद्ध, रोगब्यादि, मूल्यबृद्धि, आर्थिक मन्दी वा संकट, प्राकृतिक प्रकोपबाट सुरुमै प्रभावित हुन्छन्। उनीहरू हरबखत असुरक्षित महसुस गरिरहेका हुन्छन्। उनीहरूले सबैतिरबाट घृणा र तिरस्कार पाईरहेका हुन्छन्। उनीहरूले संधैभरी असहाय र बेसहारा महसुशस गरिरहेका हुन्छन्। गरिबीको कारण (क) गरिबीको कारण मुख्य रुपमा सम्पत्ति र आयको अभाववा न्यूनता हो। ग्रामीण वा कृषिमा आधारित अर्थतन्त्रमा गरिबी जमिनसंग सम्बन्धित हुन्छ। गरिबहरू सामान्यतया कम जमिन हुने वा जमिन नै नहुनेहरू बढी हुन्छन्। अर्थात जमिन र गरिबीबीच अत्यन्त निकट सम्बन्ध हुन्छ। केही जमिन हुनेहरूको जमिन पनि कमसल खालको, न्यून उत्पादकत्व भएको, सिंचाई सुविधा नभएको हुन्छ। (ख) शिक्षा, सीप वा कुनै किसिमको दक्षता नहुनु ,(ग) बाढी, पहिरो, आगजनी, भूकम्प आदि जस्ता प्राकृतिक प्रकोपबाट सम्पत्ति नास हुनु वा परिवारको मूली गुमाउनु,(घ) पुरानो ऋण बोक्नु पर्ने अबस्थामा हुनु, (ङ) परिवारको मूली कुनै किसिमको कुलतमा फँस्नु, (च) परिवारमा रोगीहरू हुनु, (छ) सन्तान धेरै हुनु, (ङ) धितोको अभावमा बैंक वा बित्तीय संस्थाहरूबाट कर्जा लिन योग्य नहुने भएकोले चर्को ब्याजमा ऋण लिनु पर्ने बाध्यता हुनु, आदि गरिबीमापन बिधि गरिबीमापनको सबैभन्दा सरल उपाय कूल जनसंख्यामा गरिब जनसंख्याको अनुपात हो, जसलाई ९एयखभचतथ ज्भबमअयगलत क्ष्लमभह० भनिन्छ। यो उपाय बिगतका वर्षहरूमा बिश्वभरी लामो समयसम्म प्रचलनमा रह्यो। तर यसबाट कूल गरिबहरूको संख्या मात्र निस्कने र को गरिबीको रेखाको कति तल छ र ती सबैलाई गरिबीको रेखामाथि ल्याउन कति आय थपिनु पर्दछ भन्ने कुरा थाहा नहुने भएकोले त्यो थाहा पाउन ९एयखभचतथ न्बउ क्ष्लमभह०को अबधारणा ल्याईयो। यसबाट हेड काउण्ट ईन्डेक्समा रहेको कमजोरी हट्यो। तर त्यसबाट पनि गरिबहरूको बीचको गरिबीको असमानता वा गरिबहरू मध्ये पनि सबैभन्दा गरिबहरू कति छन् भन्ने कुरा थाहा हुन नसक्ने भएकोले त्यो थाहा पाउन गरिबीको गहनता ९क्त्रगबचभम एयखभचतथ न्बउ क्ष्लमभह० अबधारणाको विकास गरियो। नेपालमा यी तीनवटै अबधारणा अनुसार, गरिबीमापनको कार्य भईरहेको छ। नेपालमा गरिबी र त्यसको मापन नेपालमा वैज्ञानिक ढंगले गरिबीको मापन कार्य २०५२/५३ मा गरिएको नेपाल जीवनस्तर सर्वे ९ल्भउब िीष्खष्लन क्तबलमबचमक क्गचखभथ, ल्ीक्क्० गरिए पछि सुरु भएको मान्नु पर्दछ। त्यसपछि यस्तो सर्वे २०६०/६१ दोश्रोपटक र २०६६/६७मा तेश्रो पटक गरिएको छ। यी अध्ययनहरूले नेपालको गरिबी मापन सम्बन्धि तथ्यांक अन्तर्राष्ट्रिय तुलनाका लागि योग्य बनाएका छन्। यी सर्वेहरू अनुसार, नेपालमा गरिबीको स्थिति निम्न बमोजिम रहेको पाईन्छ। म्ााथिको तालिका अनुसार, नेपालमा गरिबीको रेखा मूनिको जनसंख्या विगत १४ बर्षको अवधिमा ४१.७६ प्रतिशतबाट २५.१६ प्रतिशतमा झरेको छ। त्यसैगरी गरिबीको विषमता पनि ११.७५ प्रतिशतबाट ५.४३ प्रतिशतमा र गरिबीको गहनता पनि ४.६७ प्रतिशतबाट १.८१ प्रतिशतमा झरेको छ। गरिबी न्यूनीकरणको क्षेत्रमा नेपालको यो प्रसंशनीय उपलब्धि हो। यसो हुनुमा निम्नकारणहरू जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। (क) साक्षरता बृद्धि, (ख) कृषितथा गैह्रकृषि क्षेत्रको ज्यालादरमा भएको बृद्धि,(ग) ब्याबसायिक तरकारी खेतीको विकास, (घ) बढ्दो सहरीकरण, (ङ) सक्रिय जनशक्तिको हिस्सामा भएको बृद्धि, र, (च) विप्रेषण आय, आदि। गरिबी न्युनीकरणको रणनीति (क) समावेशी विकास नीति, जस अन्तर्गत मुख्यरुपमा रोजगारी केन्द्रित कार्यक्रमहरू पर्दछन्। (ख) लक्षित कार्यक्रम, जस अन्तर्गत गरिबहरू केन्द्रित रहेको क्षेत्र, समुदाय, पेशा ब्यबसाय आदिलाई लक्षित गरिएको हुन्छ। (ग) गरिवी निवारण कोषको स्थापना,(घ) विभिन्न लघुवित्त कार्यक्रमहरू। गरिबीको तुलनात्मक स्थिति (प्रतिब्यक्ति प्रतिदिन १.२५ डलरभन्दा कम आय हुने जनसंख्याको अनुपात (५ मा) क्र.सं. देश २००३ २०१० १. नेपाल ५३.१ २४.८ २. भुटान २६.२ १०.२ (२००७) ३. बंगलादेश ५०.६ (२००५) ४३.३ ४. भारत ४१.६ (२००५) ३२.७ ५. पाकिस्तान २२.६ (२००६) २१.० (२००८) ६. श्रीलंका ७.० (२००७) ४.१ ७. चीन १३.१ (२००८) ११.८ (२००९) श्रोतः― आर्थिक सर्वेक्षण २०६८/६९, नेपाल सरकार, अर्थ मन्त्रालय। weeklynepal.com

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.